सन् नेपाल लाईफ ईन्स्योरेन्स धनगढी शाखा द्धारा विरामीलाई फलफुल वितरण ।

img-featured

 
 
 
देवानन्द न्यौपाने लम्की असोज ६ / सन् नेपाल लाईफ ईन्स्योरेन्स धनगढी शाखाले आज सेति अञ्चल अस्पतालमा रहेका करीब ७० जना बढीलाई फलफुल वितरण गरेको छ । कम्पनी आफ्नो स्थापनाको एक बर्ष पुरा गरेको अवसरमा मनाइरहेको बार्षिक उत्सव कार्यक्रम सामाजिक उत्तरदाईत्व अन्तरगत अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गरेको शाखा प्रबन्धक लक्ष्मीकान्त जैशीले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिनु भएको छ ।
सन् नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका अवसरमा कारोबार प्रारम्भ गरेको थियो । कम्पनीले स्थापनाको एक बर्षको अवधिमा देशका विभिन्न जिल्लागरी २० वटा शाखा, २२ वटा उपशाखाको स्थापना गरी सेवा प्रबाह गदै आएको छ । कम्पनीले कारोबार शुरु गरेको नौ महिनाको अवधिमा २०७५ अषाढ मसान्त सम्म बैदेशिक रोजगार विमा बाहेक विभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९ हजार ८ सय २१ पेलीसी बिक्रि गरी कुल २९ करोड ६९ लाख, ७५ हजार, ६ सय पैसठ्ठी प्रीमियर संकलन गर्न सफल भएको विज्ञाप्ती मार्फत जानकारी गराएको छ ।
 
कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुजि २ अर्ब, पुर्याउन ६० करोड मुल्यको आई.पि.ओ. सेयर सर्बसाधारणमा विक्रिका लागि ल्याउने तयारी समेत गरेको जनाएको छ । बार्षिक उत्सवको अवसरमा सम्पुर्ण सेवाग्रहीमा शुभकामना समेत विज्ञाप्ती मार्फत दिएको छ ।
 

radio programs

View All
  • On air -by
  • up next बि.बि.सी नेपाली सेवा -by