अमरावती सामुदायिक वनमा शाह प्यानल विजय

img-featured

 
नेत्रप्रसाद न्यौपाने
लम्की असोज ०७
कैलालीको जानकी गाउपालिका वडा नम्बर ९ मा रहेको अमरावती सामुदायिक वन उपभोक्ता समुहकोे  निर्वाचन शनिबार सम्पन भएको छ । निर्वाचान बाट सामुदायिक वनको अध्यक्षमा कमल शाहको पुरै प्यानल विजय भएको छ । शाहले ४ सय ९ मत प्राप्त गरि विजय भएका छन भने उहाका निकटतम प्रतिद्धवन्दी राजेन्द्र चौधरीले ३ सय २२ मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा मितु थारुले ३ सय ४६ मत प्राप्त गरि विजय भएका छन भने प्रतिद्धवन्दी रेभेन्ज शाही रबिनले ३ सय १० मत,यस्तै सचिबमा धना देबी शाहीले ३ सय ७० मत प्राप्त गरि विजय भएकी छन भने प्रतिद्धवन्दी शुशिला विकले ३ सय १९ मत प्राप्त गरेकी छन। कोषाध्यक्षमा रजविर चौधरी ३ सय ८१ मत प्राप्त गरि विजय भएका छन ।भने प्रतिद्धवन्दी शुशिल विकले ३१९ मत प्राप्त गरेका छन। सहसचिबमा शाह प्यानलकै दुखराम चौधरीले ३ सय ७६ मत प्राप्तगरि विजय भएका छन भने प्रतिद्धवन्दी रत्तन साउदले ३ सय ३६ मत प्राप्त गरेका छन । यस्तै सदस्यहरुमा क्रमश गगन सिंह भुल, ३सय ७५ मत, सुखली चौधरी ३ सय ८५ मत राम बहादुर साउँद, ३ सय९२ मत, सुर्जा शाही ३ सय ८७, मन्ना बिक, ३ सय ७६ मत, सोनिया चौधरी, ३८१ मत तेज बहादुर रावल, ४०० मत र  बिष्णा न्यौपानले ३५१ मत प्राप्त गरि निर्बाचित भएका हुन । स्वतन्त्र उपाध्यक्ष पदका उम्मेदवार रमेश रावलले भने ४७ मत प्राप्त गरेका थिए ।  सामुदायिक वनको १३ सदस्यि कार्यसमितिका लागी सबै पदमा चुनाब हुन भएको हो  । १३ सदस्यि पदाधिकारी चयनका लागी २७ जनाको उम्मेदवारी परेको थियो ।  अमरावती सामुदायिक वन उपभोत्ता समुहमा साविक पथरैया गाविसका वडा नम्बर ५,६ र ९ का १ हजार ८९ जना मतदाता रहेको वनमा ७ सय ८८ मत खसेको थियो भने जसमा ९ मत बदर भएका थिए । शनिबार हिमालय राष्ट्यि माध्यामिक विद्यालयमा सम्पन भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरु लाई  आईतबार सामुदायिक वनको प्राङ्गणमा निर्वाचन समिति संयोजक नारायणजंग शाहले पद तथा गोपनियताको सपथ समेत गराउनु भएको छ । सपथ ग्रहण पश्चात बोल्दै नवनिर्वाचत अध्यक्ष शाहले आफनो प्यानल लाई भारी मत दिई विजय गराएको मा  सम्पुर्ण उपभोत्तालाई धन्यवाद दिदै सामुदायिक वनलाई राम्रो र उपभोत्तालाई सुविधा हुनेगरि काम गर्ने उक्त कायृका लागी सम्पुर्ण उपभोत्ताले मतदान गरे जसरी सहयोग गर्नुपर्ने तबमात्र सहज तरिकाले काम हुने भएकाले अब सबै उपभोत्ताले वनबाट पाउने सुविधाहरु नवनिर्वाचित समुहले दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । 

radio programs

View All
  • On air -by
  • up next बि.बि.सी नेपाली सेवा -by