ठुलो परिमाणमा भारतीय रुपैयाँ सहित एक जना पक्राउ

img-featured

 
 
देवानन्द न्यौपाने कैलाली लम्की असोज ७ / कैलालीमा अबैध रुपमा नेपाल भित्राउन लागिएको ठुलो परिमाणमा भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । शसस्त्र प्रहरीले कैलालीको भजनी नगरपालिका वडा नम्वर ३ कुसुम घाट बाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैँया ल्याउदै गर्दा लम्की चुहा नगरपालिका १ का ३१ वर्षिय कृष्णराज जैेशी     ( कठायत )लाई पक्राउ गरेको हो ।   
 
भारतको तिकुनिया बजार  बाट से ४ प ६७६० नम्बरको मोटरसाईकलमा आलुको बारो भित्र लुकाई ल्याउदै गर्दा सिमा क्षेत्रमा चेकजाचको क्रममा जोशीलाई पक्राउ गरीएको शसस्त्र प्रहरी वल कैलाली ३४ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी नायव उपरिक्षण विष्णु भट्टले जानकारी दिनु भयो ।
 

radio programs

View All
  • On air -by
  • up next बि.बि.सी नेपाली सेवा -by