बाल अधिकार र बाल विबाह न्युनिकरण बारे बालक्लब र सरोकारवालालाई अभिमुखिकरण ।

img-featured

 
 
 
देवानन्द न्यौपाने लम्की असोज १० / बाल अधिकार र बाल विबाह न्युनिकरण बारे बालक्लवका सदस्य र सरोकारवालालाई आज देखि २ दिने अभिमुखिकरण कार्यक्रम लम्कीमा शुरु भएको छ । कार्यक्रममा नगरवाल अधिकार संरक्षण तथा सम्बद्र्धन समिति लम्कीचुहाका पदाधिकारी, विभिन्न सामुदायिक विद्यालयका अभिभावक समितिका सदस्य, प्रधानाध्यापक, आमा समुह, महिला समुहका साथै बालबालिकाको क्षेत्रमा गठित संघ संस्था एवम् विभिन्न समुदाय र सामुदायिक विद्यालयमा गठित बालक्लवहरुका सदस्यहरुको सहभागिता रहेको छ । 
 
समाजमा बढ्दै गैरहेको बालबिबाह न्युनिकरणको लागि समाजमा जनचेतना फैलाउने उद्देश्यका साथै अभिभावकहरुलाई बालअधिकारको बारेमा बर्तमान नेपालको कानुनमा समाबेश भएका कुरालाई जानकारी गराई सु–शुचित गर्ने उद्देश्यले सञ्चालन भएको तालिम २ दिन सम्म सञ्चालन गरीने गुड् नेवर्स इन्टर नेश्नल कैलालीले जानकारी दिएको छ ।
 
 महिला विकास सञ्जाल कैलालीको आयोजना तथा गुड् नेवर्स इन्टर नेश्नलको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा गुड् नेवर्स इन्टरनेश्नलका कैलाली जिल्ला कार्यक्रम संयोजक देवेन्द्र भण्डारी, गुड् नेवर्स इन्टरनेश्नलको बालबालिका कार्यक्रमका एकेन्द्र न्यौपाने, बाल अधिकारकर्मि एवम् नगर बाल अधिकार संरक्षण तथा संम्बद्र्धन समितिका सचिव रंगप्रसाद तिमिल्सैना, महिला अधिकार कर्मि एवम् महिला विकास सञ्जाल कैलालीका अध्यक्ष गिता गड्तोला थापाले सहजिकरण गरी रहनु भएको छ । तालिम भोली सम्म सञ्चालन हुनेछ ।
 
 

radio programs

View All
  • On air -by
  • up next बि.बि.सी नेपाली सेवा -by