कैलालीको मध्यवर्ती साँडेपानीमा जीप र मोटरसाइकल ठोकिदा ३ जना घाइते

 

 

 

 बौनिया / पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने कैलालीको मध्यवर्ती साँडेपानीमा जिप र मोटरसाइकल आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् ।घोडाघोडी नगरपालिका वडा नम्बर-२ साँडेपानी बजार देखि ६ सय मिटर नजिक दुर्घटना भएको हो । पूर्व दिशातर्फ गइरहेको से ६ प ५२२९ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ आउदै गरेको बा १८ च ८७१५ नम्बरको जिप आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको र एकजनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते हुनेमा कैलालीको बौनियाँ बस्ने ३२ वर्षीय चक्र बम, सोही ठाउँका अन्दाजी ५५ वर्षीय भजन सुनार र जिप चालक घोडाघोडी नगरपालिका वडा नम्बर-३ जुरपानीका वीरबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ । घाइते भएका बमलाई साँडेपानी स्थित साँडेपानी पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा रेफर गरिएको छ भने, अर्को घाइते सुनालाई नेपालगन्ज लैजाने तयारी भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिएका छन् ।

ठक्कर दिने जिप र मोटरसाइकल ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेकोे प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस