कर्णाली प्रदेशको उत्कृष्ट धार्मिक तथा पर्यटकीय स्थल ‘दोभान’

कर्णाली प्रदेशको उत्कृष्ट पर्यटनको रुपमा रहेको पञ्चपुरी नगरपालिका र चौकुने गाँउपालिकाको अर्थात भेरी कर्णालीको संगम स्थल दोभान तिर्थ पर्यटनका रुपमा फड्को मार्दै छ । हिन्दुहरुको आस्थाको केन्द्रविन्दु रहेको भारतको गया वनारस लगायत अन्य ठा¤उमा मानिसहरु गएर नदिमा डुबुल्की मार्ने पृत आत्माको शान्तिको कामना गर्ने गरेको तपाई हामीले देखेकै छौं । तर त्यही काशी , गया वनारसमा जाने सुन्दर जल तपाई हामी सामु कलकल गर्दै बगिरहेका छन । तेहि बगिरहेको धार्मिक आस्थाको केन्द्रविन्दुको रुपमा रहेको दोभानमा अहिले पृत मोक्षका लागि धार्मिक महोत्सव समेत भई त्यस क्षेत्रका बासिन्दाले पृत मोक्षका लागि आ–आफ्नो तर्फबाट दान गरि जल अर्पण र डुबल्की मार्दै मृत आत्माको शान्तिको कामना समेत गरेका छन् । त्यस आध्यामिक तथा धार्मिक क्षेत्रमा अहिले शिवालय मन्दिरको समेत स्थापना भइसकेको छ । धार्मिक मान्यता अनुसार दोभानमा गई डुबुल्की मार्दा सबै पाप नष्ट हुने परम्परागत सोचाई अनुरुप त्यस क्षेत्रका बासिन्दा प्रत्येक पुर्णीमा , औंसिमा , मागे संक्रातीमा दोभानमा गई डुबूल्की मार्ने गरेका छन् ।

                                 भेरी कर्णालीको संगम स्थल दोभान माथि चैकुने नगरपालिकावाट देखियको दृस्य

तिर्थ पर्यटनका लागि धेरै राम्रो सम्भावनाको खानी भएको दोभान भौतिक पुर्वाधार बाटोघाटो ,पुल पुलेसो,र बस्नका लागि हाटलको व्यवस्थाका साथै र प्रचार प्रसारको अभाव रहेको छ । नजिकको तिर्थ हेला भनेझैँ हामीले सुर्खेतमै रहेको यस धार्मिक क्षत्रको मुल्यांंकन समेत नगरि गया वनारस र काशी गई आफ्नो मनको र पृतीको आत्माको शान्तिको लागि कामना समेत गरिरहेका छौं ।

नेपालमा धेरै तिर्थ पर्यटनका सम्भावनाका क्षेत्रहरु छन् । वुद्धको जन्मस्थल लुविनी ,हलेशी महादेव मनकामना पलान्चोक भगवति पाथिभारा मन्दिर, पशुपतिनाथ धनकपुर धाम वाल्मिकी आश्रम, वराहक्षेत्र गुहेश्वरी कालिगण्डगी नारायणघाट र भेरी कर्णालीको संगम स्थल काशीको गया भन्दा कम छैनन् । यि सबै धार्मिक क्षेत्रको उचित व्यवश्थापन भौतिक पुर्वाधार संरक्षण सम्वर्दन र प्रचार प्रसार गरी यस पश्चिम क्षेत्रको वा प्रदेश नं. ६ कै उत्कृष्ट रुपमा रहेको दोभान स्थललाई व्यवश्थित बनाउन सके नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्मका धार्मिक आस्थाका आन्तरिक तथा वाह्य पर्यटन लाई यस क्षेत्रमा आउने वातावरण बनाई आर्थिक, भौतिक, सामाजिक क्षेत्रमो अमुल्य परिवर्तन आउने कुरामा दुईमत छैन । पर्यटन क्षेत्रको विकास जस्तै धार्मिक क्षेत्रको विकासमा पनि आर्थिक मेरुदण्डको रुपमा रहेको छ । बड्दो धार्मिक आस्थाका कारण नेपालमा रहेका तिर्थ स्थलका रुपमा अहिले घुइचो लाग्छ । वैजनाथ धाम, पञ्चदेवल, पशुपति,मानसरोवर,खप्तड,रामारोशनमा भारतिय लगाएत अन्य मुलुकका दर्शनार्थीहरु नेपालमा आउने गरछन् । त्यस्तै हामीले प्रदेस नं. ६ मा रहेका दोभानमा समेत दर्शनार्थीहरुलाई पनि आकर्षण गर्न सके त्यस क्षेत्रको विकास सुनिच्छित छ ।


ऐतिहासिक महत्व बोकेको पञ्चपुरी र चौकुने गाँउ पालिकाको मध्यविन्दु वा भेरी कर्णालीको संगम स्थल पूर्व पश्चिम राजमार्गको कर्णाली पुलदेखि १४ कि.मी तथा प्रदेस नं. ६ को राजधानी विरेन्द्रनगर वजार देखि १७ कोषको दुरिमा रहेको धार्मिक आस्था बोकेको दोभानलाई तिर्थ पर्यटनको रुपमा विकास अहिले पृती मोक्ष धार्मिक महोत्सवको आयोजना समेतको आयोजना गरिरहेको छ । मन्दिर निर्माण पर्यटन प्रवर्धन र प्रचार पसारमा लागि अहिले पञ्चपुरी नगरपालिकाबाट पन्ध्र लाख र चौकुने गाँउपालिकाले चौध लाख रुपैयाँ बजेट समेत छुट्याई त्यहाको भौतिक पुर्वाधारको लागि अग्रसरता देखाएका छन । दोभान शिवधाम धार्मिक तथा पर्यटकिय स्थलको नामले सस्ँथा समेत दर्ता गरि अघाडि बढिरहेको छ । यसरी तिर्थ पर्यटनका रुपमा दोभान अहिले फड्को मार्दै छ ।

प्रतिकृया दिनुहोस