धर्मपरिवर्तन गराउनेलाई नरकमा यस्तो छ दण्ड...

नरक एउटा यस्तो ठाऊँ हो जहाँ मान्छेले आफ्नो जीवन काकलमा गरेका पापकर्म अनुसारको फल प्राप्त गर्छ। मानिस मरेपछि जाने नरकको बारेमा धेरैको आ आफ्नै मत रहेको पाउँछौं। कुनै विद्वानहरु नरकको संख्या २१ रहेको बताउँछन् भने कसैको मतमा यो केही बढी रहेको भन्ने पनि पाईन्छ।

नरक लाई मान्ने विद्वानहरुकाक अनुसार नरकको नाम यस्तो छ  
१ तामिस्र २ अन्धतामिस्र ३ रौरव ४ महारौरव ५ कुम्भीपाक  ६ कालसूत्र  ७ असिपत्रवन  ८ सूकरमुख  ९ अन्धकूप १० कृमिभोजन  ११ सन्दंश  १२ तप्तमूर्ति  १३ वज्रकण्टकशाल्मली  १४ वैतरणी  १५ पूयोद १६ प्राणरोध  १७ विशसन १८ लालाभक्ष  १९ सारमयोदान  २० अवीचि  २१ अयःपान  

यी बाहेक पनि केही नर्कहरु रहेको भन्ने मत पनि रहेका छन्। उनीहरुका अनुसार क्षारकर्दम, रक्षोगणभोजन, शूलप्रोत, दन्दशूक, अवटनिरोध, पर्यावर्तन र सूचीमूख गरी यी सात नरक समेत जोड्दा  कूल २८ नरकहरु रहेको तर्क पनि पाउन सकिन्छ। अर्थात् मानव जीवन कालमा गरेका गल्तीहरुको यातना भाग्ने २८ ठाउँ यही नै हो । 

कुन गल्ती गरे कुन नरकमा
जो मनुष्य अर्काको धन, सन्तान अथवा स्त्रीहरुको हरण गर्दछ, त्यसलाई अत्यन्त भयानक यमदूत कालपाशमा बाँधेर बलपूर्वक तामिस्र नामक नरकमा झारिन्छ। त्यो अन्धकारमय नरकमा त्यसलाई अन्न जल पनि दिँइदैन। उसलाई बारम्बार दण्डित गरिन्छ भने  उमाथि अनेकानेक भय देखाएर पीडित बनाईन्छ।

यसमा अत्यन्त दुखी भएर मानिसहरु एकाएक मूर्च्छित हुन्छन्। यहि प्रकार जो मनुष्य अर्कालाई धोखा दिएर उसकी स्त्रीआदिको भोग गर्छ। त्यो मानिस अन्धतामिस्र नामक नरकमा झर्छ। त्यहाँका यातनाहरुका कारण मानिस जरादेखि नै कट्केको वृक्ष समान, वेदनाको कारण सुझबुझ हराएर बसिरहेको हुन्छ। अतः यो नरकलाई अन्धतामिस्र भनिन्छ।

जो मनुष्य यो लोक मा ‘यो शरीर म हुँ र यी स्त्री धनादि मेरो हो’ यस्तो बुद्धिद्वारा अरु प्राणीहरुदेखि द्रोह गरेर निरन्तर आफ्नो परिवारको नै पालन-पोषणमा लागि रहन्छ, त्यो मनुष्य आफ्नो शरीरलाई छोडेर आफ्नो पाप को कारण स्वयं नै रौरव नामक नरकमा झर्छ। यो लोकमा कुनै मानिसले जुन जीवहरुलाई जस्तो प्रकारले कष्ट दिएको थियो। उसै प्रकार परलोकमा यमयातनाको समय सोही सोही प्रकारको यातना सहन बाध्य हुन्छ । त्यसैले यो नरकको नाम नै रौरव राखिएको हो।

यस्तै नै महारौरव नरक पनि अर्को यस्तै नरक हो। यो नरकमा त्यो व्यक्ति जान्छ, जो अरु कसै को परवाह नगरी आफ्नो नै पालन पोषण गर्छ। त्यहाँ काँच्चो मांस खानेवालाहरुलाई मासुको लोभमा नै फसाईन्छ। जो क्रुर मनुष्य यो लोकमा आफ्नो पेटपाल्नकोलागि जीवित पशु या पंक्षिहरुलाई मारेर खान्छ, त्यो हृदयहीनलाई यमदूत कुम्भीपाक नरकमा लगेर उम्लिँदै गरेको तेलमा डुबाइन्छ। जो मनुष्य यो लोकमा माता-पिता, ब्राह्मण अथवा वेदलाई विरोध गर्छन्, त्यसलाई यमदूत कालसूत्र नामक नरकमा लगिनन्छ। यो नरकको घेरा दसहजार योजनको हुन्छ। यस भूमि तामाको भूमि हो। यो तामा युक्त भूमिमा माथिबाट सूर्यको राप र तलबाट अग्नी प्रज्वलित गराईन्छ।  त्यहाँ पुगेको मान्छे भोक र प्यासले व्याकुल हुन्छ र उसको शरीर बाहिर र भित्रदेखि नै जल्न थाल्दछ। त्यो कहिले उठ्छ, कहिले सुत्छ, कहिले छटपटाउँछ, कहिले बस्छ र कहिले एता९उता दौडन थाल्छ। यहि प्रकारले नै त्यो नर-पशुको शरीरमा जति रोम हुन्छन्। त्यति नै हजार वर्षसम्म त्यसको यही दुर्ग्ति हुन्छ। जो पुरुष कुनै प्रकार आपत्ति न आए पनि आफ्नो वैदिकमार्गलाई छोडेर अन्य पाखण्डपूर्ण धर्मको आश्रयलिन्छ या दिलाउछन्। त्यसलाई यमदूत असिपत्रवन नामक नरकमा कोडहरुबाट पिटाईन्छ। उसका सबैं अंगहरु अत्यन्त वेदनाले चिच्याउँदै उ भूमिमा गिर्न थाल्छ।

यो लोक मा जो पुरुष राजा या कर्मचारी गैरअपराधी मनुष्यलाई दण्ड दिन्छ, अथवा ब्राह्मणलाई शरीरदण्ड दिन्छ, त्यो महापापी मरेर सूकरमुख नामक नकरमा झर्छ। त्यहाँ जब महाबली यमदूत उसको अंगलाई कुचल्छन्, तब त्यो कोल्हू-उखूलाई पिसेर रस निकाल्ने मेसिनमा हालेको उखूहरुको समान पीडित हुन्छ जुन प्रकार यो लोकमा त्यसले सताएका निरपराधी प्राणीहरु कराउने गर्थे त्यसै प्रकारले आर्तस्वरले ऊ पनि कराउछ र कहिले मूर्छित हुन्छ।

जो पुरुष यो लोकमा खटमत आदि जीवहरुको हिंसा गर्छ, त्यो उनीहरुदेखी द्रोह गर्नुको कारणले अन्धकूप नामक नरकमा झर्छ। त्यहाँ ती पशु, मृग, पंक्षी, सर्प आदि विषधारी जन्तु, मच्छर आदि जीव जोदेखि त्यस मानिसले द्रोह गरेको हुन्छ। त्यसलाई हरतरफ काटिन्छ। जो पुरुष यो लोक मा पञ्च महायज्ञ नगरी तथा जे मिल्छ त्यसलाई अरु कसैलाई नदिइ स्वयम् नै खान्छ त्यसलाई काग समान मानिन्छ। त्यो परलोक मा कृमिभोजन नामक नरक मा झर्छ। त्यहाँ एकलाख योजन लम्बाई र सो बराबरकै चौडाईको एउटा कीराहरु रहेको कुण्ड हुन्छ। त्यसै कुण्डमा कीराहरु ले त्यसलाई खान्छन्। 

जो व्यक्ति यो लोकमा चोरी धोखाले ब्राह्मणको अथवा आपत्ति समय न आय पनि अरु कसैको सुवर्णरत्न आदिको हरण गर्छ, यमदूत त्यो मरे पछि सन्देश नामक नरकमा लगेर आगोमा जल्दै गरेको फलामले त्यो व्यक्ति डामिन्छ। जो पुरुष यो लोकमा अगम्या स्त्रीको साथ सम्भोग गर्छ अथवा कुनै स्त्री अगम्य पुरुषदेखि व्यभिचार गर्छे, त्यो मरेपछि त्यसलाई यमदूत तप्तूर्ति नामक नरकमा लगेर कोर्राहरुदेखि पीटछन् तथा पुरुषलाई आगोमा जलिरहेको फलामको स्त्रीरूपी मूर्तिसँग र स्त्रीलाई पनि आगोमा तप्त फलामको पुरुषरुपी मूर्तिसँग आलिंघन गराइन्छ। जो पुरुष यो लोकमा पशुआदि सबैसँग व्यभिचार गर्छ, त्यसलाई मृत्यु पछि यमदूत वज्रकण्टक शाल्मली नामक नरकमा झारिन्छ। त्यहाँ वज्र समान कठोर काँटावाला समरको वृक्षमा चढाएर तलबाट तताईन्छ।

जो राजा या राजपुरुष यो लोक मा श्रेष्ठकुल मा जन्म लीएर पनि धर्म को मर्यादा लाई उल्ल४न गर्छ, त्यो मर्यादातिक्रमण को कारण मरे पछि वैतरिणी नदी मा हाल्छन्। यो नदी नरकहरु को खाई को समान हो खाई को समान हो, त्यस् मा मल, मूत्र, पीब, रत्त, केश, नख, हड्डी, छाला, मांस आदि गन्दा चीजले परिपूर्ण छ। त्याहाँ झरे मा व्यथ्कतलाई जल को जीवहरु काटछन्। किन्तु यो देखि उस को शरीर छूट दैन, पाप को कारण प्राण त्यसलाई वहन गरे को हुन्छ र त्यो दुर्ग्ति को फल सम्झेर मनही मन सन्तप्त हुन्छन्।

जो पुरुष शैच र आचारको नियमलाई परित्याग गरेर तथा लज्जा तुच्छ सम्झेर यो लोक मा शूद्रहरु को समान आचरण गर्छ, तिनीहरु पनि मरे पछि पीव, विष्टा, मूत्र, कफले परिपूर्ण पूयोद नामक समुद्रमा झरेर अत्यन्त घृणायुक्त वस्तुलाई मात्र खान्छन् । जो पुरुष लोकमा ब्रह्मणादि उच्च वर्णको पुरुष कुकुर वा गधा पाल्छ र पशुवध गर्छ, त्यो पुरुष मरेपछि प्राणरोध नामक नरकमा झर्छन् र त्यहाँ यमदूतले उनीहरुलाई लक्ष्य बनाएर वाणले वेधन गर्छन्। 

जो पाखण्डी र पुरुष पाखण्डपूर्ण यज्ञमा पशुहरु को वध गर्छ, त्यसलाई परलोक मा विशसन नामक नरक मा हालेर त्यहाँको अधिकारी धेरै पीड़ा दिने गर्छन्। जो ब्राह्मण कामातुर भएर आफ्नो सवर्ण पत्नीलाई वीर्यपान गराउँछ, त्यो पापीलाई मरेपछि यमदूत वीर्यको नदी ९लालभक्ष०नामक नरकमा हालेर वीर्य पिलाउँछन्। जो कुनै चोर, राजा अथवा राजपुरुष यो लोकमा कसैको घरमा आगो लगाइदिन्छ, कसैलाई विष पिलाउँछ, गाउँ तथा व्यापारीको टोलीलाई लुट्छ, त्यसलाई मरेपछि सारमेयदन नामक वज्रको समान दारा भएको बीस यमदूत कुकुर बनेर धेरै बेगले टोक्छन्।

जो पुरुष यो लोकमा व्यापारमा यदि कुनै पनि झुठ बोल्छ भने मरेपछि आधारहीन अवीचिमान नामक नरकमा पर्छ। त्यहाँ सय योजन उचाइ भएको पहाडबाट तलतिर टाउको गराएर झारदिन्छन्। त्यहाँ झारेमा त्यसको शरीर धेरै टुक्रा भएपनि त्यस को प्राण भने जाँदैन।

जो लोकमा जो ब्राह्मण अथवा ब्राह्मणी वा व्रतमास्थित व्यक्ति र अरु कोही मद्यपान गर्छ तथा जो क्षेत्रीय अथवा वैश्य सोमपान गर्छ, उनीहरुलाई यमदूत अयःपान नामक नरकमा लगेर उसको छातीमा खुट्टा राखेर मुखमा आगोले गलाएको फलाम हालिदिन्छन्। जो पुरुष लोकमा निम्न श्रेणीको भएर पनि आफूलाई ठूलो सम्झेर जन्म, तप विद्या, आचार, वर्ण वा आश्रमका आफूभन्दा ठूलाको सत्कार गर्दैन, त्यो मरेपछि क्षारकर्दम नामक नरकमा पर्छ । जसलाई यमदूतले तलतिर टाउको गरेर झारदिन्छन् र अनन्त पीडा भोग्नुपर्ने हुन्छ। जो पुरुष नरमेधादिद्वारा भैरव, यक्ष, राक्षस आदिको पूजा हवन गर्छ त्यो मरेपछि रक्षोगणभोजन नामक नरकमा कुल्हाडीले काटेर टुक्राटुक्रा हुन्छन्। 

जो निरपराध जीवलाई फकाएर आफूसँग बोलाएर रस्सीले बाँधेर खेलबाड गर्दै पीड़ा दिन्छन् उनीहरु मरेपछि शूलप्रोत नामक नरकमा भालाद्वारा वेधन गरिन्छन्। त्यो समय विशाल चुच्चो भएको नरकको भयानक पक्षी ठुंग्न थाल्छन्, तब गरेको सबै पाप याद आउँछ। यो लोकमा सर्पको समान उग्रस्भाववाला पुरुषहरु जीवहरुलाई पीड़ा दिन्छन्, तिनीहरु मरेपछि दन्दशूक नामक नरकमा पर्छन्। त्यहाँ विभिन्न प्रकारका भयानक सर्पले उनीहरुलाई मुसालाई जस्तै खाइदिन्छन्।

जो व्यक्ति अन्य प्राणीलाई अधेंरो ठाउँमा, कोठामा वा गुफा आदि मा हाल्दिछन् त्यसलाई परलोक म यमदूत त्यस्तै स्थान हालेर विषैली नामक आगोको धूवाँमा घोटछन्। त्यसैले त्यो नरकलाई अवटनिरोधन भनिन्छ। जो गृहस्थ आफ्रनो घर आएको अतिथिलाई क्रोधपूर्ण भएर हेर्छ त्यो नरक गएपछि तब त्यो पापदृष्टिनेत्र लाई गिद्ध, काक आदि वज्र को समान चुच्चोभएको पक्षी बलात् त्यसलाई ठुंग्छन्। अतः यो नरकलाई पर्यावर्तन भनिन्छ।

जो आफूलाई ठूलो धनवान् सम्झेर अभिमानवश सबैलाई टेडो नजरले हेर्छ त्यो मरेपछि सूचीमुख नरकमा झर्छ। त्यहाँ त्यो अर्धपिशाच पापात्माको सबै अङ्गलाई यमदूत कपड़ालाई जस्तैसूईले सिउँछन्।

प्रतिकृया दिनुहोस