करेन्ट लागेर दोस्रो नेपाल आइडल रवि ओडकी आमाको मृत्यु हार्दिक श्रद्धाञ्जली

करेन्ट लागेर दोस्रो नेपाल आइडल रवि ओडकी आमाको मृत्यु हार्दिक श्रद्धाञ्जली

पुष ११ कन्चन्पुर

दोस्रो नेपाल आइडल  रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ वर्षिया विस्ना ओडलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो । बिहान सात बजेतिर रविका कान्छा बुबाको घरमा रहेको नल्कामा पानीका लागि जाँदा चलाइएको मोटरको करेन्ट लागेको थियो ।

सेती अञ्चल अस्पतालको ईमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले करेन्ट लागेर घाइते भएकी ओडको अस्पताल पुर्याउदा मृत्यु भइसकेको पुष्टि गर्नुभयो । रविलाई जन्मदिने आमाको भने यसअघि नै निधन भइसकेको थियो ।  विस्ना रविको सौतेनी आमा हुन् ।  आमाको मृत्युको खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन् ।
 

प्रतिकृया दिनुहोस