छाउपडि प्रथा उन्मुलनका लागि हामि लाग्छौ ः धामि, झाक्रि

 

   लम्की /  कैलालिको लम्कीचुहा नगरपालिकाले छाउपडी प्रथा उन्मुलनका लागि  सुरु गरेको एक महिने अभियान अन्तर्गत आज शुक्रबार धामी झाक्री,पण्डित, ज्योतिष र गुरुवा संग अन्तरक्रिया  कार्यक्रम संम्पन्नं गरेको छ । नगरप्रमुख महादेव बजगाईको सभापतित्वमा भएको कार्यक्रममा लम्कीचुहा नगरपालिका भित्रका बिभिन्न वडामा रहेका धामि, झाक्रि, पण्डित, ज्योतिष र गुरुवाहरु सहभागि भएका थिए । 


कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले सुन्दर नगरपालिका निमार्णको लागि सबैको सहयोग र साथको आवश्यक रहेको बताउदै यस क्षेत्रमा जडा गाढेर बसेको छाउपडि प्रथालाई न्युनिकरणका लागि सबै एकजुट हुनु पर्ने बताउदै त्यसमा धार्मिक ब्यक्तिको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । 


कार्यक्रममा मनतब्य राख्ने धामी, झाक्री, ज्योतिष र पंडिहरुले छाउपडी प्रथा उन्मुलन गर्ने अभियानको अगुवाई गर्ने प्रतिवद्धता गरेका छन् । कार्यक्रममा बोल्दै लम्कीचुहा नगपालिकाका वडा नमबर १ का स्थानिय पंडित मदनराज उपाध्यायले नगरपलिकाले थालेको छाउपडी प्रथा उन्मुलन गर्ने अभियान राम्रो भएको भन्दै अभियानको अगुवाई गरेर अगाडी बढ्ने  प्रतिवद्धता गरेका थिए । धार्मिक रुपमा पनि छाउपडी प्रथा गलत भएको भन्दै वेद, पुराण र गितामा पनि छाउपडी प्रथा मान्नु भनेर लेखेको छैन् ।

 

हिन्दु धर्ममा पनि कतै लेखिएको पाईदैन । मानिसले आफै मनोमानी रुपमा कानुनको बिपरित छाउपडी प्रथा मान्दै आएकोले छाउपडी प्रथा उन्मूलन गर्न जरुरी रहेको बताए । उनले भने  म पनि पंडित हुँ, मेरो घरमा छाउगोठ छैन । आजसम्म आफूलाई केही नभएको भन्दै गलत सोच मनबाट सबैले हटाउनु पर्छ ।” 


लम्कीचुहा नगरपालिकाका ३ का ५५ बर्षिय पंडित पुर्ण प्रसाद बजगाईले समाजमा परिवर्तन ल्याउन सबै खालका विभेदका विरुद्ध आवाज उठाई अभियान संचालन गर्नुपर्ने बताए । मैले अगुवाई गरेर जेठ १५ गते शान्ति टोलमा छाउगोठ भत्काई छाउपडी गोठ मुक्त घोषणा भएको अनुभव सुनाउदै शान्ति टोल लम्कीचुहा नगपालिकाकामा नमुना बस्ती भएको बजगाई बताउँछन् । आफूले छाउपडी प्रथाको विरुद्ध पहिले देखिनै आवाज उठाउँदै र्आएको थिए । मेरो छाउपडी प्रथा उन्मुलन गर्ने सपना पूरा हुन लागेको भन्दै नगरपालिकाको छाउपडी प्रथा उन्मूलन गर्ने अभियान सफल बनाउन अगुवाई गर्दै सक्रिय भूमिका खेल्ने बताए । 


कार्यक्रममा सहभागी लम्कीचुहा ७ खरौलाका ७५ बर्षिय भगत शोलारी दास महन्तले पहाडीहरुले मान्दै आएको छाउपडी प्रथाको बारेमा सुन्दा नराम्रो लागेको बताउँछन् । उनी भन्छन् यो चलन राम्रो होईन । महिलाहरुले धेरै समस्या भोगेको थाहा पाउदा दुःख लाग्यो । हामी मान्छे सबै एउटै हौं ? हामी त मान्दैनौंै आजसम्म केही भएको छैन । पहाडीहरुलाई मात्र देवता लाग्ने यो सत्य हुन सक्दैन ।” 


लम्कीचुहा नगरपालिका ४ बस्ने ५२ बर्षकी तुल्सी थापाले छाउ भएको बेला ७ दिन सम्म घर आउन नदिने गरेको बताउँछन् । आँगनमा देवताको थान बनाएको छ । छाउपडी लसपस भएपछि देवता रिसाउने र आफूलाई बिमार लाग्ने गरेको अनुभव सुनाउँछन् । विगत ५ बर्षदेखि ज्योतिषको काम गर्दै आएकी छुु । करिब ५ हजार मानिस आफूकहाँ आएको बताउदै काम्ने, बर्रबराउने, भुतप्रेत लागेको र देवता लागेको बिरामीलाई उपचार गरी निको भएको उनले बताईन । छाउपडी प्रथा उन्मूलन गर्ने अभियान राम्रो भएपनि तत्काल ब्यवहार नबदलिए पनि बिस्तारै ब्यवहारमा परिवर्तन ल्याउने बताईन । 


लम्कीचुहा नगरपालिकाका महिला पुरुष गरी करिब दुईसय धामी झाक्री ज्योतिष र पंडितहरुको सहभागिता रहेको थियो । लम्कीचुहा नगरपालिकाले छाउपडी प्रथा उन्मुलन गर्न विभिन्न कार्यक्रम सहित एक महिने अभियान सञ्चालन गरेको छ । अभियानका क्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर ६ चैनपुरका २३ वर्षीया सिर्जना बिकले पुस ४ गते छाउगोठ भत्काएकी थिइन् ।

प्रतिकृया दिनुहोस