स्रष्टा मिलन तथा रचना वाचन कार्यक्रम सम्पन्न ।



   

लम्की / अक्षर साहित्य प्रतिष्ठनको आयोजनामा स्रष्टा मिलन तथा रचना वाचन कार्यक्रम शनिबार लम्कीमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी स्रष्टाहरुले समाज र देश परिवर्तनमा साहित्यको महत्वपुर्ण भुमिका रहेकोले राज्यले भाषा, कला, साहित्य र गीत संगितको संरक्षण र प्रवद्धन लागि कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिए ।भाषा र संस्कृतीले देशको पहिचान झल्काउने भएकोले स्थानीय सरकारले भाषा,कला, साहित्य र गीत संगितको विकासमा लगानी गर्नु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कर्ण बहादुर थापाले स्थानीय सरकारले भौतिक विकास मात्र नभई सामाजिक विकासका काम गर्नु पर्ने भन्दै कला साहित्यको विकास बिना अन्य विकासले पूर्णता नपाउने बताए । 

त्यसैगरी विशिष्ठ अतिथि एवं अक्षर साहित्य प्रतिष्ठनका सल्लहकार संयोजक रोशन बोहराले कार्यक्रम माथि समीक्षात्मक संक्षिप्त टिप्पणी राख्दै गीत संगीत विनाको जीवन अधुरो र अपुर्ण हुने बताए । त्यसैगरी विशिष्ठ अतिथि एवं अक्षर साहित्य प्रतिष्ठनका सल्लहकार बुद्धिप्रसाद खनालले यस क्षेत्रमा अक्षर साहित्य पुतिष्ठानले कला साहित्यको विकासमा आफ्नो गतिबिधी मार्फत जागरण गर्दै आएकोले सबैको सकारात्मक सहयोग हन’पर्ने बताए ।

 


 


 

साहित्यकार तथा विशिष्ठ अतिथि कैलाश बियोगीले छोटो समयमा अक्षर साहित्य प्रतिष्ठनले सफलता हाँसिल गरेको छ । अक्षर साहित्य प्रतिष्ठन द्धारा संचालित स्रष्टा आँगन तथा सम्मान कार्यक्रम नपालकै नौलो र एक फरक कार्यक्रम भएकोले राष्ट्रिय पहिचान बनाउन सफल हुने बताए । विशिष्ठ अतिथि एवं वरिष्ठ लोक गायीका सिता विकले लोकगीत अहिले लोप हुने अवस्थामा पुगेको बेला स्थानीय सरकारले संरक्षणमा जोड दिनुपर्ने बताईन । सुदूरपश्चिको पहिचान र सम्पत्तीको रुपमा रहेको देउडा गीत हराउने अवस्थामा छ । आधुनिकताले देउडा गीत कमजोर बन्दै गएकोले यसतर्फ सबैको ध्यान जानुपर्ने देउडा गाएक बिस्ना बिसीले बताईन ।

 

 

 

प्रतिष्ठानका अध्यक्ष धनराज अविरलको अध्यक्षतामा भएको कार्यक्रममा स्रष्टाहरुले रचना वाचन गरेका थिए । गजल, कविता मुक्तक हाइकु लोगगीत र देउडा गीत मार्फत स्रष्टा तथा कलाकारह?ले देशपे्रम सँगै सामाजिक न्यायको वकालत गरेका थिए । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तले न्याय नपाएको गुनासो रचना मार्फत गरेका थिए । देशमा सरकार भएको महसुस जनताले गर्न पाउन’पर्छ भन्दै न्याय मर्न दिनु हुदैन भन्ने पक्षमा रचना गुन्जिएका थिए . सामाजिक विभेदका विरुद्ध तिखो प्रहार गरेका स्रष्टाहरुले बैदेशिक रोजगारले देशको सृजनशिलता कमजोर बनाएकोले देशमै रोजगारको ब्यवस्था हुनुपर्ने आवाज रचनामा उठाएका थिए । कार्यक्रमा ५० जना भन्दा बढी स्रष्टा तथा कलाकारले गजल, कविता मुक्तक हाइकु लोगगीत र देउडा गीत प्रस्त’त गरेका थिए । प्रतिष्ठानका महासचिब मदन प्यासीले संचालन गरको कार्यक्रममा स्वागत मन्तब्य कृष्ण उपाध्यायले गरेका थिए ।

प्रतिकृया दिनुहोस