विरेन्द्र वनको अध्यक्षमा पुनः कठायत 

 

            पहलमानपुर / विरेन्द्र सामुदायीक वनको अध्यक्षतामा पुनः शुरेस कुमार कठायत निर्वाचित भएका छन । आईतवार वनको दोस्रो साधारण सभाबाट उनलाई पुनः अध्यक्षमा निर्वाचित गरिएको हो । वनका अध्यक्ष शुरेस कुमार कठायतको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी घोडाघोडी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष भिमबहादुर वम रहेका थिए ।

 जसको उपाध्यक्षमा छोटेलाल चौधरी, सचिवमा रत्नाकुमारी जोशी, सह–सचिवमा महेन्द्र वुढा, कोषाध्यक्षमा उमा पौडेल रहेका थिए । त्यस्तै सदस्यहरुमा पार्वती वुढा, देवी विष्ट, चन्द्रा कुंवर, लक्ष्मी मिश्र, जालुराम चौधरी र शान्ताकुमारी वडाईला रहेका छन । 

यसैगरी, साधारण सभाले नरबहादुर देउवाको संयोजकत्वमा लेखा समिती चयन गरेको छ । जसको सदस्यमा मोहन जोशी र जगदिश चौधरी रहेका छन । यसैगरी, विजयराज स्वांरको संयोजकत्वमा अनुगमन समिती चयन गरेको छ भने सदस्यमा दिपक वम, सेगनाथ चौधरी रहेका छन भने प्रेमराज सापकोटाको संयोजकत्वमा सल्लाहकार समिती चयन गरिएको छ भने जसको सदस्यमा हरिराम डगौरा र मेनुका खड्का रहेका छन । 

कार्यक्रममा सव डिभिजन वन कार्यालयका प्रतिनिधी जुगराम चौधरी, सामुदायीक वन समन्वय समिती पहलमानपुरका अध्यक्ष पुस्कलबहादुर वम, समाजसेवी लक्ष्मण शाही, विजयराज स्वांर, छोटेलाल चौधरी, प्रेमराज सापकोटा, मायाराम चौधरी, लगायतले मन्तव्य व्यक्त गरेका थिए । 


कार्यक्रममा वनकी कोषाध्यक्ष उमा पौडेलले आर्थिक वर्ष २०७४/०७५ को ३ लाख ३६ हजार ८ सय ८७ रुपैया बराबरको प्रस्तुत गरेको कार्यक्रममा वनका उपभोक्ता कलम कठायतले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन लक्ष्मी मिश्रले गरेकी थिईन ।
 

प्रतिकृया दिनुहोस