घुस दिन खोज्ने तस्करलाई थुनामा पठाउने डिएसपी पुरस्कृत

     

                        कोहलपुर/  ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेश बहादुर सिंह पुरस्कृत भएका छन् । ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले डिएसपी सिंहलाई रेकर्डमा जनिने गरी नगद पुरस्कार प्रदान गरेको हो ।पुस १३ गते डिए सपी सिंहले आफुलाई घुस दिन आएका ‘गोरु तस्कर’ हेटौंडा–४ स्थायी घर भएका अब्दुल देवान र कोहलपुर–१२ स्थायी घर भएका नवराज थापालाई घुस रकमसहित पक्राउ गरेर मुद्धा चलाएका थिए ।यसैबीच ५ नम्बर प्रदेश प्रहरी कार्यालयले क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा कार्यरत इन्सपेक्टर बोधराज रेग्मीलाई पनी पुरस्कृत गरेको छ ।

 

डिएसपी सिंहले प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी तस्करीजन्य कार्य गर्नको लागि पैसा दिन खोज्नेहरुलाई नियन्त्रणमा लिएर घुसबापत दिन खोजेको ५० हजार नगद बरामद गरेर उत्कृष्ट कार्य गरेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।प्रहरी अ नुसन्धानको क्रममा कोहलपुर प्रहरीले नियन्त्रणमा लिएका गोरु कारोबारीहरु देवान र थापाले बाँकेबाट दाङ हुँदै भारततर्फ अवैध रुपमा गोरु तस्करी गर्ने गरेको खुलेको छ ।

 

प्रदेशको सिमा क्षेत्रमा हुने गरेका तस्करी जन्य कार्य नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नुको साथै रेग्मीले मातहतका प्रहरी कर्मचारीहरुलाई उचित परिचालन गरेको ५ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस