‘नेपाली टोपीः हाम्रो गौरब, हाम्रो पहिचान’

 

 ‘नेपाली टोपीः हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन मंगलबार माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् । 

माइतीघरमण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए ।

अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको अभियानले भन्दै २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् । 

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ । 

राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । 

सबैभन्दा ठूलो टोपी प्रदर्शन
टोपी दिवसका अवसरमा अहिलेसम्मकै ठूलो नेपाली टोपी प्रदर्शन गरिएको छ । समापन कार्यक्रममा बोल्दै जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्न माग गरे । 

कार्यक्रममा पूर्व पर्यटन मन्त्री आनन्द पोखरेलले नेपाली टोपी जगेर्ना सबैको दायित्व भएको बताए ।

सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउदै आइएको छ । 

टोपी दिवसमा र्याली
अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा मंगलबार बिहान झापा काँकडभिट्टा बृहत् र्याली गरिएको छ । 

ट्राभल्स सङ्घ झापाको आयोजनामा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिका जनप्रतिनिधि, होटल व्यवसायी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रमुखसहितको टोलीले ढाका टोपी लगाएर काँकडभिट्टा बजार परिक्रमा गरेको हो । 

नेपाली ढाकाटोपीलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले टोपी दिवस मनाइएको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नीरबहादुर कार्कीले बताए ।

 

टोपी दिवस ! बढ्दैछ रौनक

 


 

काठमाडौं । जनवरी १ तारिख । टोपी दिवस । अंग्रेजी नयाँ वर्षको रौनकमा विश्व डुबिरहँदा विश्वभर नै छरिएर रहेका नेपालीहरुले त्यही नयाँ वर्षमा टोपी लगाएर टोपी दिवस मनाउँछन् । पछिल्ला केही वर्षदेखि टोपी बचाउ अभियान पनि यसमा समेटिएको छ । 

विशेषगरी युवाहरुले टोपी दिवसमा ढाकाको टोपी ढल्काएर एकतावद्ध भएर हिंड्छन् । यतिसम्मकि टोपी पुरुषलेमात्र लगाउने भए पनि महिलाले समेत टोपी लगाएर ऐक्यवद्धता जनाएको पाइन्छ । 

युवाहरुले व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित गराउँदै आएका छन् । 

जागरुक युवा अभियान नेपालले केही वर्षदेखि यो अभियान चलाउँदै आएको छ । 

शताब्दीऔं देखि प्रयोग भैरहेका टोपीहरुको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको छ । 

नेपालमा भने सन् २००८ देखि मनाउन थालिएको हो । नेपालमा अझै पनि युवाले टोपी लगाउँदा हेर्ने नजर फरक छ ।

बुढापाका र उच्च ओहदामा रहेकाहरुले भने टोपी लगाउँदै आएका छन् । यसले उनीहरुको ओजसमेत बढाएको पाइन्छ । 

प्रतिकृया दिनुहोस