कैलालीको गोदावरीमा लाग्ने बाह्र राशि दर्शन मकर मेलाको तयारी तिव्र

 

अत्तरिया / कैलालीको गोदावरीमा लाग्ने बाह्र राशि दर्शन मकर मेलाको तयारी तिव्र पारिएको छ। आयोजक गोदावरी धाम समितीले आज धनगढीमा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी दिएको हो ।

 

गोदाबरी धार्मिक स्थलमा सरसफाई ,बाटो निर्माण कार्य लगाएत अन्य तयारी शुरु गरिएको धामका अध्यक्ष पदमराज जोशीले जानकारी दिनु भयो । हरेक १२ बर्षमा कुम्भ मेला ,६ बर्षमा अर्ध कुम्भ र हरेक बर्ष मकर मेला लगाउने योजना रहेको जोशीको भनाई छ । कुम्भ मेलाको इतिहाँसमा प्रत्येक बर्षमा एक न एक १२ राशीमा कुम्भ मेलाको योग हुने किम्बदन्ती रहंदै आएको छ ।

 

अहिले सम्म कुम्भ मेला ४ वटा भारतमा हुने र बाँकी ८ वटा देब लोकमा रहेको ईतिहासमा उल्लेख गरिएको छ । ८ वटा देब लोकमा रहेका कुम्भ मेला मध्य एउटा ४ बर्ष अगाडी गोदावरीमा लगाइएको कुम्भ मेला रहेकोे जोशीको दाबी छ । १२ दिन सम्म चल्ने मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ पारायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने छन ।

मेला अवधिभर सुदूरपश्चिम लगायत सिमावर्ती भारतका विभिन्न ठाउँहरुबाट लाखौ भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको छ । सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी तेघरी घोषणा भएकोले पनि यस पटक अझै धेरै उत्साहाका साथ मकर मेला सम्पन्न हुने आयोजकको विश्वास रहेको छ । मकर मेला यहि पुस ३० गतेदेखी माघ १२ सम्म लाग्ने भएको छ ।

मकर मेला सम्पन्न गर्नको लागी बिभिन्न समितीहरु पनि बनाइएको छ । मेलाको सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले उदघाटन गर्ने कार्यक्रमको तय भएको छ । जोशीले उदघाटन सत्रमा सुदुरपश्चिम प्रदेशका मन्त्री सांसद,स्थानिय जन प्रतिनिधी सबैको सहभागीतामा रहने जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस