दलित अधिकारबारे कन्फ्युज

हिन्दु धर्ममा आस्था राख्छु, देशलाई नै हिन्दु राज्य बनाउनुपर्छ भन्ने अभियानमा पनि सरिक छु । धार्मिक आस्था बोकेपछि विभिन्न धार्मिक कार्यक्रममा सरिक हुनु स्वाभाविक हो । हालै म एउटा धार्मिक कार्यक्रममा सहभागी हुने अवसर पाएँ । आफू सहभागी भएको कार्यक्रमको सम्पूर्ण विवरण खुलाउन चाहन्न । किनभने उक्त कार्यक्रमबाट धेरैले ज्ञान हासिल गरे । जुन कार्यक्रम हिन्दु धर्मविरुद्ध चलखेल गर्ने अन्य समुदायका लागि जवाफ बनेको थियो । मेरो मनमा गढ्ने केही कुरा भए पनि धेरैजसो राम्रो काम भएकाले उक्त कार्यक्रम र पण्डितबारे केही उल्लेख गर्न चाहन्न ।

पण्डितजीसँग मैले दोहोरो संवाद गर्न चाहिनँ । मलाई खड्केको कुरा तरुण साप्ताहिकमा लेख्छु, त्यसपछि त्यही लेख अगाडि राखेर छलफल गर्छु भन्ने लागेको छ । हामी सबै नेपाली एक हौं भन्ने हाम्रो भिजन उहाँले बुझ्नु हुन्छ कि भन्ने उद्देश्यले मैले यो आलेख तयार गरेकी हुँ । उहाँले जातै उल्लेख गरेर प्रवचन दिन थाल्नुभयो । दमाईले सिएको लुगा लगाएर म यहाँ छु, कामीले बनाएको औंठी लगाएर मैले छोराको स्वयंम्बर गरे भन्नुभयो । जात छुटाउने, वर्ग विभाजन गर्ने शब्द प्रयोग गरेर उहाँले प्रवचन दिनुभयो । जुन मेरा लागि सैह्य भएन । 

हिन्दु धर्मले कसैप्रति भेदभाव गर्दैन भन्ने कुरा प्रवचनका क्रममा गुरुले भन्नुभयो । गुरुले उदाहरण दिँदै भन्नुभयो, दलितलाई मन्दिरमा पूजा गर्न दिएकै छौं, मेरो छोराको विवाहमा पञ्चेबाजा बजाइयो, पञ्चेबाजा बजाउन सुरु गर्नुअघि हामीले पूजा ग¥यौं, त्यसपछि मात्र मैले छोरालाई टीका लगाइदिएँ ।  मलाई यस्तो लाग्यो, यी उदाहरण रीतिरिवाज हुन् । यी कुरा हामीले परम्परादेखि मान्दै आएका छौं । यो परम्परादेखि चलिआएको कुरालाई परिवर्तन गरौं हामीले भनेका होइनौं । सम्भवतः परम्परादेखि चलिआएको राम्रो कुरालाई परिवर्तन गरौं भनेर कसैले भन्दैन होला ।

छुवाछुतजस्तो कुसंस्कारलाई हटाउ भन्ने हाम्रो भनाइ हो । हामी पनि मानव हौं, हामीमाथि दोस्रो दर्जाको व्यवहार नहोस् भन्ने हाम्रो कुरा हो । यस्ता कुसंस्कार हटाउन खोज्दा हाम्रा पण्डितजीहरू हामीले अधिकार खोजेको ठान्छन् । हाम्रो समाजमा पानी छोएको निहुँमा एउटा बालक निर्घात पिटिन्छ । हालैको घटना हो, एक बालक निर्घात पिटिए, जसको उपचार गर्नसमेत खर्च अभाव भयो । अनाहकमा त्यस्ता बालक किन पिटिन्छन् ? यसको जवाफ ती पण्डितले के दिनुहुन्छ ? प्रत्येक दिन समाजमा हुने यस्ता घटनाको जवाफ पनि ती पण्डितले दिनुपर्छ । 

हामी उहाँहरूसँगै सहकार्य गरेर अघि बढ्न चाहन्छौं । समाजका विद्यमान कुसंस्कार हटाउँ, हामी सबै मानिस हौं, त्यस्ता कूरीतिलाई धर्मसँग नजोडौं । धर्मलाई दोष दिएर व्यक्तिलाई अपराध गर्न छुट दिनु हुँदैन । पण्डितजीको कुरा सुन्दा यस्तो लाग्छ, धर्मले डो¥याएको हाम्रो समाजलाई दलितले पण्डितविरुद्ध बोल्ने अधिकार काहीँकतै उल्लेख छैन । हो, हाम्रो कुरा पनि त्यही हो, कुनै शास्त्रमा नभएको कुरा समाजको अगुवाले गर्न पाउँदैनन् । यदि पहिला गरिन्थ्यो भने त्यसलाई अन्त्य गरिनुपर्छ । 

दलितले गैरदलितको विरोध गर्नु भनेको पाप हो भन्ने ती पण्डितको निष्कर्ष थियो । यस्ता कुरा ती एक पण्डितको मात्र होइन, राज्यमा धेरै पण्डितहरूको मनमा पनि त्यही कुरा खेलिरहेको छ । राजधानी र त्यस वरपरका क्षेत्रमा छुवाछूत अन्त्य भएको होला । त्यतिले मात्र पुग्दैन, देशभरि नै छुवाछूत अन्त्य हुनुपर्छ । छुवाछूत अन्त्यको एकसूत्रीय अभियान लिएर हामी अघि बढेका छौं । सम्भवतः सहरमा केन्द्रित दलित बालबालिकाले विभेदको महसुस गरेका छैनन् । तर सामाजिक सञ्जालमा विभेदबारे उनीहरू जानकार हुन्छन् । उनीहरूको मनस्थितिमा पनि छुवाछूतको प्रभाव पर्न सक्छ । त्यो प्रभाव पर्न दिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । 

मेरा सन्तानले विभेदको अनुभूति गर्न पाएका छैनन् । ग्रामीण क्षेत्रमा यस्ता विभेद सीमित होला भन्ने लाग्थ्यो । तर त्यस्तो होइन रहेछ, विभेद मानसिक रूपबाट हट्नुपर्दो रहेछ । हामी एउटै स्कुलमा सँगै पढ्थ्यौं, उनी पण्डितकी छोरी हुन् । नाम उल्लेख गर्दिनँ । स्कुल पढ्दा हामीमा कुनै छुवाछूत भेदभावको लेससमेत थिएन । सबै कुरा ठीकठाकै थियो । पछि विवाह भएर हामी एउटै गाउँमा पुग्यौं । एउटै गाउँमा भएपछि भेट भयो, रमाइलो भयो । 

यो नुवाकोटको कुरा हो, म पनि बुहारी ऊ पनि बुहारी । हाम्रा धारापानी एउटै ठाउँमा थियो । मैले त पहिलेजस्तो ठाने, सरासर गएँ, त्यसबेला ऊ त आफ्नो भाँडा लिएर फुत्तै निस्की । मैले किन टाढा भागेको भनें । यहाँ त छुनु हुँदैन नि भन्ने जवाफ उसले दिई । तँ त काठमाडौं पढेकी होइन भनेर सोधें । हो, भन्दै उसले तर के गर्नु यहाँ आएपछि रीतिरिवाज मान्नैपर्छ भन्ने जवाफ दिई । 

काठमाडौंमा पढेर आएको मान्छे, यस्ता छुवाछूतको भावना हटाउनुपर्छ, तँ र म सँगै पढेको यहाँ आएपछि मलाई नै विभेद त गर्नुहुँदैन नि भने । ऊ निःशब्द भई । हाम्रो उद्देश्यलाई समाजका यस्ता पण्डितले जहिले पनि दोधारमा पारिदिन्छन् । पण्डितहरूमा रहेको त्यस्तो भ्रम नहट्नु वा हामीले हटाउन नसक्नु पनि दोष होला, तर धर्मलाई सहारा लिएर विद्यमान कूरीति जीवन्त राख्न विडम्बनाबाहेक केही होइन भन्ने लाग्छ । 

समाजलाई प्रवचन सुनाउने पण्डितजी र बाटो देखाउने सञ्चारजगत परिवर्तनका संवाहक हुनुपर्छ । दलितले छोए पाप लाग्दैन, समाजमा सबै मिलेर अघि बढे समृद्धिको बाटो समातिन्छ भन्ने सन्देश उहाँहरूबाट आउनुपर्छ । यस्ता कुरा पण्डितको मुखबाट जनमानसमा पुग्यो भने मात्र हाम्रो उद्देश्यसँग मेल खान्छ । हाम्रो उद्देश्य पूरा गर्न उहाँहरूको साथ र सहयोग भए त्यस्ता कुसंस्कार हट्नलाई समय पर्खिनुपर्दैन थियो । हाम्रो अभियानमा साथ दिनुस् भन्दा जहिलेसम्म विरोध ठानिन्छ, त्यो अर्को विडम्बना हुन्छ । 

कुरा पण्डितको मात्र होइन, समाजलाई बाटो देखाउने सञ्चार जगत पनि गम्भीर भएको पाइँदैन । मूलधारका सञ्चारमाध्यममा दलितप्रति सद्भाव र माया पाइन्छ । तर सामाजिक सञ्जाल र अनलाइन पत्रकारितामा प्रयोग गरिने भाषा दलितलाई हेप्ने किसिमको पाइन्छ । जस्तो, हालै एउटा समाचार पढ्न पाइएको थियो । समाचारको शीर्षक थियो, ‘कामीको छोराको क्षेत्रीकी छोरीसँग विवाह ।’ समाचारमा दलितलाई यातना दिएको उल्लेख छ । यद्य

प्रतिकृया दिनुहोस