हृदय रोगीलाई विवाहको महत्व

 

विवाह तपाईंंको स्वास्थ्यका लागि महत्वपूर्ण हो । शोधकर्ताहरूले भनेका छन्, यदि हाई कोलेस्«ोलजस्ता कारणले मुटुमा समस्या आउने खतरा छ भने विवाहका कारण तपाईंको जीवन लामो हुने सम्भावना बढेर जान्छ । बेलायतका झन्डै १० लाख वयस्कमा गरिएको शोधका आधारमा यी तथ्यहरू बाहिर आएका हुन् । शोधकर्ताहरूले भनेका छन्, ‘एउटा माया गर्ने साथीले तपाईको स्वास्थ्यमा हेरचाह मात्र गर्दिनन्, सबै कामका लागि पे्ररणा पनि दिन्छन् ।’ शोधमा संलग्न सबैले आफूमा उच्च रक्तचाप, कोलस्ट्रोल या डाइविटिजको समस्या भएको बताएका थिए । तर अविवाहितभन्दा विवाहित स्वस्थ र तन्दुरुस्त देखिएका थिए ।


एस्टन मेडिकल स्कुलले उक्त अनुसन्धान गराएको हो । स्कुलका डाक्टर पोल कार्टर उनका सहकर्मीले भने, ‘मुटु रोगसम्बन्धी समस्या भएकालाई विवाहले बचाउन सक्ने सम्भावना धेरै पाइयो ।’ ब्रिटिस कार्डियोभास्कुलर सोसाइटीले गरेको शोधमा पनि यो कुरा उल्लेख गरेको छ ।
मुटुको विरामीका लागि हाइकोलस्ट्रोल र उच्च रक्तचाप भएका व्यक्ति विवाहपछि उसको जोखिम कम हुने शोधकर्ताको अनुमान छ । विवाहले मुटुका विरामीको मृत्यु मात्र होइन, अन्य रोगबाट हुने जोखिमलाई पनि कम गर्न सकिन्छ । अध्ययनको नतिजाअनुसार हाइकोल्डस्ट्रोल भएका ५०, ६० र ७० वर्ष उमेर समूहका महिला र पुरुषमध्ये यदि विवाहित छन् भने उनीहरूलाई बाँच्ने सम्भावना १६ प्रतिशतसम्म बढी हुन्छ । यही अवस्था मधुमेह र उच्च रक्तचाप भएका विरामीमा पनि पाइयो ।


त्यसो त यौन सक्रियता, एक अर्कामा बेग्लै बसोबास गर्ने पति–पत्नी, सम्बन्ध विच्छेद भएका व्यक्तिका बारेमा भने स्पष्ट भन्ने आधार भेटिएको छैन । यसका साथै अनुसन्धानकर्ताले विवाहित व्यक्तिसँग आफूखुसी जीवन बिताइरहेको छ कि छैन भन्ने प्रश्न पनि सोधेका थिए । जीवनमा खुसी रहनु महत्वपूर्ण मानिन्छ । विवाहित जीवनमा कुनै व्यक्तिगत आकांक्षाले खासै फरक पर्दैन ।


शोधकर्ता डाक्टर कार्टर भन्छन्, ‘हामीले हृदयरोगका कारणबारे अझै केही अध्ययन गर्नुपर्ने हुन्छ । तर शोधबाट यो स्पष्ट भयो, यदि विवाहित जीवन छ भने ऊ केवल हृदयरोगबाट मात्र बचेको हुँदैन, अन्य हरेक जोखिमका लागि सहयोगी बन्छ । तर हामी हृदयरोगबाट बच्न प्रत्येक मानिसले विवाह गर्नै कुराको सिफारिस गर्न सक्दैनौं । विवाहले हृदयरोग निदानमा सकारात्मक प्रभाव पर्न सक्छ है भन्ने सन्देश मात्र दिन चाहन्छौं ।’

यी हुन् हृदयरोगका कारण
धूमपान, उच्च रक्तचाप, उच्च ब्लड कोलस्ट्रोल, मधुमेह, मोटोपन वा बढी वजन
नियमित कसरत नगर्नु, वंशाणु हृदयरोगी

प्रतिकृया दिनुहोस