कांग्रेस सांसद रिजालको प्रश्न : मेरो धरहरा मै बनाउँछु भन्दै उठाएको पैसा कता पुग्यो ?

 

     काठमाडौं – प्रतिपक्षी दल नेपाली कांग्रेसका सांंसदहरुले भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै दूरसंचार सेवामा एक प्रतिशत थप शुल्क लगाई संकलित रकमबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठ कको शून्य समयमा बोल्दै कांग्रेस सांसदहरुले पुरातात्विक महत्वका संचरना पुनर्निर्माणका लागि भन्दै संकलित रकमबारे सदनलाई जानकारी गराउन माग गरेका हुन् । सांसद मिनेन्द्रप्रसाद रिजालले भूकम्पपछिको पुनर्निर्माणका लागि दूरसंचार सेवामा थप एक प्रतिश त शुल्क संकलन गरी उठाएको रकमबारे सरकारको जवाफ माग गर्नुभयो ।

 

भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै नेपाल टेलिकमले ९२ करोड र एनसेलले ९७ करोडसहित दूरसंचार सेवा प्रदायक कम्पनीले २ अरब ५० करोडभन्दा बढी रकम सरकारलाई बुझाएको भन्दै पुरातात्विक महत्वका संरचना पुनर्निर्माणका लागि उठाएको पैसा कहाँ छ भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘नारामा खुब मेरो धरहरा मै बनाउँछु भनेर डंका हाकिएको छ, तर त्यो बेला उठेको पैसा, भूकम्पपछिको पुनर्निर्माणका लागि उठाइएको पैसा कता पुग्यो ? सदनलाई जानकारी गराउन ध्यानाकर्षण गराउँछु ।’उहाँले त्यो को षको अझै पनि व्यवस्था नभएको भन्दै यसबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

सांसद राजेन्द्र केसीले तत्कालीन अर्थमन्त्री रामशरण महतले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७२/७३ को बजेटमा भूकम्पले क्षति पुर्याएको ऐतिहासिक पुरातात्विक महत्वका मठ मन्दिरको क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्नका लागि ‘हाम्रो धरोहर हाम्रो दायित्व’ अभिया न सञ्चालन गर्ने र राष्ट्रिय पुनर्निर्माण कोष अन्तर्गत छुट्टै कोष निर्माण गरी दूरसञ्चार संस्थानबाट संकलित एक प्रतिशत रकम जम्मा गर्ने र पुनर्निर्माणमा लगाउने भन्ने विषयबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले जिम्मेवारी पाए दोषी पत्ता लगाउने र कारबा ही पनि गर्ने चुनौती दिनुभयो ।

 

सांसद रंगमती शाहीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न दोषीलाई अझै नियन्त्रणमा लिन नसकेको भन्दै त्यसको जिम्मेवारी महिला सांसदलाई दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद बिमला विकले रामबहादुर बमजनले महिलामाथि दुर्व्यहार गरेको तथा उनको आश्रमबाट महिला हराएको भन्ने समाचारबारे गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले बजेट विनियोजनमा सहभागी नगराएर समानुपातिक सांसदलाई विभेद गरिएको टिप्पणी गर्नुभयो ।सांसद भरतकुमार शाहले संसद आवासका लागि छुट्याएको जग्गामा सरकारले एकलौटी ढंगले मन्त्री क्वार्टर बनाउने निर्णय गरिएको भन्दै सच्याउन माग गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस