दिपेन्द्र माध्यामिक विद्यालयको २३ औं बार्षिक उत्सव सम्पन्नं ।

 

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ थपालीपुरमा रहेको दिपेन्द्र माध्यामिक विद्यालयको २३ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्नं भएको छ । विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष दलबहादुर बुढाक्षेत्रीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद रतन बहादुर थापा रहनु भएको थियो ।

शिक्षीका कमला कुमारी मिश्रको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जनक बम, समाजसेवि भक्त बहादुर थापा, तोर बहादुर खत्री, धनबहादुर थापा हुर्मत चलाउने, ललित जैशी लगायतकाले शुभकामना मन्तब्य दिनु भएको थियो । भेलामा आर्थिक बर्ष २०७४÷०७५ को ८७ लाख, ९६ हजार ३ सय ४६ रुपैया ८६ पैसा बरारको आर्थिक प्रतिबेदन विद्यालयका प्रधानाध्यापक पर्स चलाउनेले प्रस्तुत गर्नु भएको थियो । 


भेलामा  विद्यालय सञ्चालनमा विभिन्न क्षेत्र बाट सहयोग गर्ने समाजसेवि हुर्मत चलाउने, गंंगाराम सञ्याल, चेतना सामुदायिक बन, जालवा सामुदायिक बनलाई सम्मान पत्र सहित दोसल्ला ओठार सम्मान समेत गरीएको थियो । भने कार्यक्रममा विद्यार्थिले बिभिन्न संस्कृति झल्कने सांस्कृतिक झाकी समेत प्रस्तुत गरेका थिए ।

 


जनता मावि चौरीपुरले आउदो शैक्षिक सत्र देखि प्राविधिक कक्षा सञ्चालन गर्ने ।

 

यसैबिच उता लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा रहेको जनता माध्यामिक विद्यालय चौरीपुरको शिक्षक अभिभावक पुर्नर गठन तथा अन्तरक्रिया कार्यक्रम आजै सम्पन्नं भएको । विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष बलबहादुर बुढाको सभापवतित्वमा भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथीमा वडा नम्बर ६ का वडा अध्यक्ष नेत्र सुनाखरी मगर रहनु भएको थियो  ।

 

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपिराम जैशी, वडा सदस्य जमानसिंह देउवा, विद्यालय ब्यवस्थापन समितिका सदस्य रुपा ऐडी, विद्यालयका सहायक प्रधानाध्यापक दिपचन्द्र अधिकारी, गोविन्द थापा लगायत अभिभावक एवम् विद्यार्थिहरुको समेत सहभागिता रहेको थियो । भेलाले आउदो बर्ष देखि विद्यालयले प्राविधिक विषयमा जे.टी.ए. पढाईको लागि आवश्यक पहल गर्ने समेत निर्णय भएको छ ।

 

यस्तै भेलाले आजै धोज बहादुर रावतको अध्यक्षतामा नया शिक्षक अभिभावक संघ पनी चयन गरेको छ । जसको सदस्यमा धर्मदत्त न्यौपाने, दुर्गा रावल, नर्पता बिक, राधा चौधरी, निता श्रेष्ठ, भगवती चौधरी, सारदा देउवा, गोपिराम जैशी, गोविन्द थापा लगाएतका रहेको सहकर्मि दिपेस रावलले जानकारी दिनु भएको छ ।

प्रतिकृया दिनुहोस