लम्की जेसीज बर्ष सन् २०१९ का नव निर्बाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम (फोटोफिचर सहित )

 एक बर्षिय कार्यकालमा  सामुदायिक पुस्तकालयको स्थापना गर्छु ः  नव निर्बाचित अध्यक्ष  ढुङ्गना 

लम्की जेसीज बर्ष सन् २०१८ को उत्कृष्ट सदस्यमा बविता पाण्डे सम्मानित

 

   लम्की/  लम्की जेसीज बर्ष सन् २०१९ का नव निर्बाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्नं भएको छ । यहि पौष २१ गते लम्कीमा सम्पन्नं लम्की जेसिजको १९ औं शाखा अधिवेन बाट निर्बाचित कार्यसमितिका पदाधिकारी र मनोनीत गरीएका जेसिजका अन्य पदाधिकारीहरुलाई एकै साथ आज मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराइएको लम्की जेसिज बर्ष सन् २०१८ का अध्यक्ष रामबहादुर बोगटीले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिनु भएको हो ।

 

पौष २१ गते सम्पन्नं निर्बाचन बाट लम्की जेसिजको आगामि कार्यकालका लागि अध्यक्षमा मोहन ढुङ्गाना, कार्यकारी उपाध्यक्षमा नेत्रप्रसाद जैसी र घनश्याम डागी, उपाध्यक्षमा देवानन्द न्यौपाने, अनिता जैसी, तिर्थ थापा र चक्र उपाध्याय निर्बाचित हुनु भएको थियो ।

 

जेसिजको विधान अनुसार अन्य महासचिवमा बबिता पाण्डे न्यौपाने, कोषाध्यक्षमा रामबहादुर चलाउने, कनुनी सल्लाहकारमा ललित देउवा, मिडिया संयोजकमा हिक्मत उपाध्याय आलोक, तालिम संयोजकमा विरेन्द्र शाही, सदस्यता बृद्धी संयोजकमा हंशकला रेग्मी, व्यापार संयोजकमा विद्या न्यौपाने, खेलकुद संयोजकमा रज बहादुर थापा, शाखा सम्पादकमा प्रकाश विष्ट, लगायतका अन्य पदमा मानोनित गरीएको थियो । 

लम्की जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी राम बहादुर बोगटीको अध्यक्ष्यतामा सुरु भएको पदस्थापन कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रिय अध्यक्ष महेश पौडेल रहनुभएको थियो । विशिष्ट अतिथीमा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा एरिया डी का निरुपीत कार्यकारणी उपाध्यक्ष श्याम सुन्दर पौडेल र नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा एरिया डी का निरुपीत उपाध्यक्ष रुक्मणी सिग्देल रहनुभएको थियो । 

पदस्थापन कार्यक्रममा लम्की जेसीजका संस्थापक अध्यक्ष हेमन्तकुमार बस्नेत पुर्व अध्यक्ष खडानन्द सापकोटा,लोकराज तिमिल्सेना, मल्लसिह, भुवन बास्तोला, जुगराम चौधरी, लम्की जेसिजका संस्थापक अध्यक्ष शुशिला शाही, पुर्ब अध्यक्ष कल्पना गिरी, बर्तमान अध्यक्ष देवकी कार्कि, बौनिया जेसिजका अध्यक्ष तथा अन्य कार्यसमिति सदस्यहरु, लम्की चुहा नगरपालिका अन्तर्गत रहेका बैंक तथा वितिय संस्थाका प्रमुख, विभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा लम्की जेसिजका बर्ष १८ का अध्यक्ष रामबहादुर बोगटीले कार्यक्रममा आमनत्रीत गरेका सबै अतिथी तथा कार्यसमितिका सदस्यहरुलाई मायाको चिनो प्रदान समेत गर्नु भएको थियो । साथै आफ्नो कार्यकाल सफल बनाउने सबैप्रति धन्यबाद समेत ब्यक्त गर्नु भएको थियो । 

 

लम्की जेसीज बर्ष सन् २०१८ को उत्कृष्ट सदस्यमा बविता पाण्डे सम्मानित

 

 

लम्की जेसिज बर्ष २०१८ को उत्कृष्ट सदस्यमा तत्कालिन कार्यकालकी बरिष्ट कार्यकारी उपाध्यक्ष बविता पाण्डे न्यौपाने सम्मानित भएकी छन । बर्ष १८ का अध्यक्ष रामबहादुर बोगटीले आफ्नो कार्यकालमा शाखा र संस्थाको लागि सबै भन्दा बढी लगनशिल र इमान्दार एवम् कार्यसम्पादन मुल्याङ्कनको आधारमा बविता पाण्डेलाई सम्मान पत्र सहित दोसल्लाले ओढाई सम्मान गर्नु भएको थियो । 

 एक बर्षिय कार्यकालमा  सामुदायिक पुस्तकालयको स्थापना गर्छु ः  नव निर्बाचित अध्यक्ष  ढुङ्गना 


 सपथ ग्रहण पछि लगतै बोल्दै नव निर्बाचित लम्की जेसिज बर्ष सन् २०१९ का अध्यक्ष मोहोन ढु¨ानाले आफ्नो एक बर्षिय कार्यकालमा लम्कीमा लम्की जेसिज सामुदायिक पुस्तकालय बनाउने प्रतिबद्धता गर्नु भएको थियो । उहाले यस क्षेत्रका सबै युवालाई क्षमतावान र सकारात्मक गोरेटो तर्फ आकषर्ण गराई समाजलाई सम्बृद्धि तथा आफ्नो ब्यक्तित्व र नेतृत्व विकासकालािग यस क्षेत्रका विद्यालयमा  अभियानकै रुपमा अगाढि बढाउने प्रतिबद्धता जनाउनु भयो ।

जेसिज ब्यक्तित्व र नेतृत्व विकास गर्ने विद्यालय भएकाले यसमा सबै युवाहरु लाग्नु पर्ने आवश्यक्ता औल्यउदै लम्की जेसिजले दिएको जिम्मेवारीलाई आफ्नो एक बर्षिय कार्यकालमा उदारणिय बनाउने प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

 

कार्यक्रमको पहिलो समुह लम्की जेसिज बर्ष २०१८ का महासचिव ललित देउवाले सञ्चालन गर्नु भएको थियो । भने दोस्रो समुह बर्तमान महासचिव वविता पाण्डे न्यौपानेले सञ्चालन गर्नु भएको लम्की जेसिज बर्ष २०१९ का सञ्चार प्रमुख हिक्मत उपाध्याय आलोकले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिनु भएको छ ।

प्रतिकृया दिनुहोस