अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाको ८ औं बार्षिक साधारण सम्पन्नं ।

 

   लम्की /   कैलालीको लम्कीमा रहेको अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाको ८ औं बार्षिक साधारण सभा सम्पन्नं भएको छ । संस्थाका अध्यक्ष खगेन्द्र प्रसाद धमालाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथीमा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई रहनु भएको थियो । संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद देवकोटाको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा राष्ट्रिय सहकारी संघका प्रतिनिधि खडानन्द सापकोटा, धनन्जय न्यौपाने, धुब्र भण्डारी, प्रयाग खनाल किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाह लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

 

सभामा संस्थाका अध्यक्ष खगेन्द्र धमालाले संस्थाको प्रगति प्रतिबेदन, संस्थाका ब्यवस्थापक नवराज न्यौपानेले संस्थाको कार्यक्रम तथा प्रगति प्रतिबेन एवम् आयब्याय प्रस्तुत गर्नु भएको थियो ।  २०६७ साल बाट सञ्चालनमा आएको सहकारी संस्थाले हाल २० वटा लघुबितिय शाखा बाट ग्रामिण क्षेत्रमा सेवा समेत प्रबाह गदै आएको छ ।

 

बिनाधितो कर्जा, कृर्षि तथा ब्यापार उद्यमशिलतामा सहकारीले समुह मार्फत बिनाधितो ऋण दिदै आएको छ । संस्थाले कैलालीका बिभिन्न पालिकामा लघुबित्त मार्फत सेवा प्रबाह गरी रहको छ । संस्थाले आर्थिक बर्ष २०७४/०७५ सम्म ५३  लाख १६ हजार शेयर पुजि जम्मा गर्न सफल भएको छ । भने  १ करोड, ३८ लाख ५६ हजार ६ सय ११ रुपैया निक्षेप संकलन गरेको छ । सहकारीले २ करोड ७० लाख १३ हजार १ सय ४८ रुपैया बिनाधितो आफ्ना सदस्यलाई बिभिन्न शिर्षकमा ऋण लगानी गरेको प्रतिबेदनमा उल्लेख छ ।

 

यस्तै संस्थाले आर्थिक बर्ष  २०७४/०७५ मा ३० लाख १८ हजार २ सय ३१ रुपैया कुल आम्दानी गरेकोछ, भने २४ लाख २७ हजार ३७ रुपैया कुल खर्च भएको उल्लेख छ । यसरी संस्थाको खुद मुनाफा ५ लाख ९१ हजार १ सय ९४ रुपैया रहेको संस्थाका मुख्य ब्यवस्थापक नवराज न्यौपानेले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिनु भएको छ । संस्थाले बिभिन्न क्षेत्रबाट  सहयोग पु्रयाउने सहयोगि, कर्मचारी, ऋणिका साथै उत्कृष्ट समुहलाई समेत सम्मान गरेको जनाएको छ ।

 

अध्यक्षमा पुनः धमाला निर्बाचित ।


यसैबिच सहकारी संस्थाले  आगामि कार्यकालको लागि पुनः खगेन्द्र प्रसाद धमालाको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति सर्बसम्बत रुपमा चयन गरीएको छ । जसको उपाध्यक्षमा जयन्द्र जैशी, सचिवमा प्रेम विष्ट, कोषाध्यक्षमा धर्मा कुमारी डा“गी, सदस्यहरुमा प्रेमबहादुर भुल, रामबहादुर विष्ट, सरला कुमारी शर्मा अधिकारी, खकेन्द्रराज जोशी, विष्णु प्रसाद खनाल, एकेन्द्र बहादुर विष्ट निर्बाचित भएका हुन ।

यस्तै आजै प्रेमभक्त रेग्मीको संयोजगत्वमा ३ सदस्यीय   लेखा समिति समेत चयन गरीएको छ । जसको सदस्यमा जनक बटाला, मनिषराज जैशी रहेका छन । 

 

प्रतिकृया दिनुहोस