राष्ट्रिय माध्यामिक विद्यालय ब्यावस्थीत नगरमा  आजदेखि खेलकुद सप्ताह शुरु ।


कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ब्यवस्थीत नगरमा रहेको राष्ट्रिय माध्यामिक विद्यालय बल्चौरमा आज मंगलबार देखि अन्तर सदनात्मक  विद्यालय सप्ताहाब्यपि खेलकुद प्रतियोगिता शुरु भएको छ ।

 

हरेक बर्ष झै यस बर्ष पनी विद्यालयको बार्षिक कार्यक्रम अन्तरग अन्तर सदनात्मक  विद्यालय सप्ताहाब्यपि खेलकुद प्रतियोगिता शुरु भएको विद्यालयका प्रधानाध्यापक धर्मराज जैशीले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिनु भएको छ ।

विद्यार्थि हरुको अन्तरनिहित प्रतिभा प्रस्ष्फुटनका साथै विद्यार्थिका लागि खेल नै स्वाथ्यको आधार भन्ने मुल नाराका साथ आयोजना गरीएको खेलकुद प्रतियोगितामा विद्यालयमा गठित बिभिन्न सदन र आधारभुत तथा माध्यामिक तहमा रहेका बिभिन्न उमेर एवम् कक्षा समुहका बालबालिकाहरु सहभागिता जनाउने छन ।

 

सप्ताहब्यापीरुपमा शुरु भएको प्रतियोगितामा हाईजम्प, सटजम्प, सुईयोधागो खेल, १ सय, २ सय ५ सय मिटर दौड, कर्बदी, फुटबल, भलिबल, क्रिकेट खेल लगायत अन्य चित्रकला, हस्तकला, निबन्धलेखन, कबिता लेखन प्रतियोगिता हुनेछन ।

 विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केहरसिंह बुढाको सभापतित्वमा भएको सप्ताह ब्यापि खेलकुद प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथी लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउने रहनु भएको थियो । भने विशिष्ट अतिथीमा विद्यालयका पुर्ब विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर रावल रहनु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक धर्मराज जैशीको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक रामप्रसाद तिमिल्सैनाले गर्नु भएको थियो ।

 

फोटोहरु ः रा.मा.वि. बल्चौरका शिक्षक तिलक गड्तोलाको फेसबुक बाट


 

प्रतिकृया दिनुहोस