घाटगद्दीमा  रहेको काठ उपभोक्ताले उपभोग गर्न पाउनु पर्ने माग ।

फाईल फोटो

 

   

 

         लम्की / कैलालीको लम्कीचुहा नगरपालिका स्थीत वडा नम्बर १ लम्की थपालीपुरमा रहेको चेतना सामुदायिक बन उपभोक्ता समुहका समुहका उपभोक्ताहरुले घाटगद्दीमा  रहेको काठ सोझै उपभोक्ताले उपभोग गर्न पाउनु पर्ने माग गरेका छन ।

 

 

 समुहको यहि पुस १५ गते लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जनक बमको रोहबरमा भएको भेलामा गरीएका निर्णय कार्यन्वयन गर्न माग गरेका हुन । रानि,जमरा, कुलरीया सिचाई आयोजनाको नहर भित्र परि कटान भई घाटगद्दी गरीको करीब ३६ हजार बढी क्युफिट काठ वितरणमा पहिलो प्राथमिकता उपभोक्तालाई दिनु पर्ने माग रहेको केशब बजगाईले बताउनु भएको छ ।

 

 

 समुहमा रहेको काठ उपभोक्ताको माग र आवश्यक्ता अनुसार वितरण गर्दा काठको सदुपयोग हुने उपभोक्ताको बुझाई छ । तर समुहको यहि पौष २३ गते बसेको समुहको बैठकले  समुहको पुस १५ गते सम्पन्नं मिनि भेलाले गरेका निर्णय उल्टाई घाटगद्दीमा रहेको ६० प्रतिशत काठ चिरान गरेर बितरण गर्ने र ४० प्रतिशत काठ समानुपातिक अनुसार वितरण गर्ने निर्णय भएपछि उपभोक्ता ससंकित भएको उपभोक्ता ललित जैशीले बताएका छन । 

 


समितिले टेन्डर आब्हान गरी काठ चिरान तथा वितरण गदर्न उपभोक्ता भन्दा बिचौलियाहरु बढी लाभान्बीत हुने भन्दै उपभोक्ता ललित जैशीले मिनि भेलामा भएको निर्णय सामुदायिक बनका पदाधिकारीलाई अक्षरसरुपमा पालना गर्न आग्रह गरेका छन  । 

 


उता सामुदायिक बनका अध्यक्ष तोरबहादुर खत्रीले भने घाटगद्दीमा रहेको काठ दामासाहिका दरले उपभोक्तालाई बाड््दा सबै तह र बर्गका उपभोक्ताहरु लाभ लिन नसक्ने भन्दै डिभिजन बन कार्यालय पहलमानपुरको सल्लाहा र सुभाब अनुसार आफुहरुले सो निर्णय गर्नु परेको सामुदायिक रेडियो पश्चिम आवाजलाई प्रतिक्रिया दिनु भएको छ । 

 


उता डिभिजन बन कार्यालय पहलमानका प्रमुख डिभिजन बन अधिकृत दिपक ज्ञावलीले  दामासाहिको आधारमा काठ वितरण गर्नु उपभोक्ता समुहको लागि हितकार नभएको बताउनु भयो । काठ लिनको लागि उपभोक्ताको माग नै नआएको खण्डमा दामासाहिका आधारमा वितरण नगरी उपभोक्ताको माग र आवश्यक्ता पहिचान गर्नु पर्ने बताउनु भयो ।

 


उपभोक्ताहरुले भने उपभोक्ताहरुलाई काठ वितरणको लागि कसलाई कति आवश्यक छ, भनी मागपत्र विनानै उपभोक्ताको हित र आवश्यक्ता विपरीत सामुदायिक बनमा घाटगद्दी भएको काठ ठेकेदारलाई बितरण गर्न  खोजेको आरोप लगाएका छन । 


 

प्रतिकृया दिनुहोस