News

radiopaschimaawaz

मदनराज कठायत द्धारा क्यान्सर पिडितलाई करीब डेढ लाख रकम सहयोग

देवानन्द न्यौपाने बैशाख १२ / आन्द्राको क्यान्सर रोग बाट पिडित कैलालीको महोन्याल वडा नम्बर ७ कुईनेका ५ बर्षिय बालक आरएन माझिलाई अमेरीकामा रहेका एक नेपाली युवकले बुधबार डेढ लाख बराबर नगद उपचार सहयोग गर्नु भएको छ । काठमाण्डौमा रहेको कान्ति बाल अस्पतालको बेडमा करीब ३ महिना देखि उपचार गराई रहनु भएका क

details
radiopaschimaawaz

वितिय कारोबार गर्ने सबै संस्थालाई प्रदेश सरकारले एकै किसिमको कानुन बनाएर लागु गर्ने ः मन्त्री बोहोरा ।

बैशाख ११ लम्की,कैलाली सात नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहोराले वितिय कारोबार गर्ने सबै संस्थालाई प्रदेश सरकारले एकै किसिमको कानुन बनाएर लागु गर्ने बताउनु भयो । किसान माईक्रो फाइनाईन्स वितिय संस्था लम्कीको ५ औं बार्षिक उत्सव कार्यक्रमको आज कैलालीको लम्कीमा उद्घाटन गदै मन्त्री बाहोराले यस क्षेत्रका वितिय संस्थाहरुले लामो समय देखि लड्दै आएको विभेद् प्रदेश सरकारले हटाएको बताउनु भयो । कार्यक्रममा बोल्दै सहकारी संघका राष्ट्रिय प्रतिनिधि खडानन्द सापकोटाले छोटो समयमा किसान माईक्रो फाइनाईन्स वितिय संस्था लम्कीले ठुलो फड्को मार्न सफल भएको भन्दै धन्यबाद समेत दिनु भएको थियो । सिमित पुजिमा सञ्चालन भएको वितिय संस्थाले अहिले प्रदेश नम्बर ७, ६ र ५ का अधिकाशं जिल्लामा आफ्नो शाखा विस्तार गरी विपन्न बर्गका परिवारको जिवनस्तर माथि उठाई रहेको बताउदै अझै नागरीकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्न आग्रह गर्नु भयो । कार्यक्रममा बोल्ैद किसान माईक्रो फाइनाईन्स वितिय संस्था लम्कीका संञ्चालक समितिका अध्यक्ष नेत्रप्रसाद जोशिले बिभिन्न वितिय कारोबार गर्ने विकास बैंक लगायतका संस्थालाई सरकारले कर समेत केहि मात्रामा छुट गर्ने भएको भएपनी लघुविक्त कार्यक्रम सञ्चालन गर्ने वितिय संस्था विशुद्ध रुपमा सामाजिक सेवामा समेत रहेकाले सरकारले विभिन्न किसिमका कर लादि अन्याय गरेको बताउनु भयो । कार्यक्रममा किसान माईक्रो फाइनाईन्स वितिय संस्था लम्कीका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले १ करोड २० लाख पुजिमा सञ्चालन भएको लघुविक्तले अहिले ५ बर्षको अवधिमा करीब ६ करोड पुजि पुर्याएको बताउनु भयो । किसान माईक्रो फाइनाईन्स वितिय संस्था लम्कीले आजै ५ औ बार्षिक उत्सवको अवसर पारेर आफ्नै भवनको समेत सिलान्यास गरेको छ । बलियामा केन्द्रिय कार्यालय रहेको यस संस्थाले कैलाली, अछाम, डोटी, दैलेख, बझाङ्ग बाजुरा, रोल्पा, रुकुम, सल्यान लगायत ४० जिल्लामा आफ्ना शाखा कार्यालय मार्फत सेवा प्रबाह गदै आएको छ ।

details
radiopaschimaawaz

लम्की चुहा नगरपालिकामा शिक्षा भैपरी प्राविधिक समुह गठन

नेत्र प्रसाद न्यौपाने लम्की,वैशाख १० लम्की चुहा नगरपालिकाको आयोजनामा विपद जोखिम न्युनिकरण तथा विदयालय सुधार परियोजना अन्तगर्त सरोकारवालहरु संगको नक्साङ्कन कार्यक्रम सोमबार लम्कीको होटल मुनबुन भिल्लामा सम्पन भएको छ । लम्की चुहा नगरपालिकाकी उप प्रमुख टिका थापा को सभापतित्वमा भएको कार्यक्रममा लम्की चुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जनक बहादुर बम, लम्की चुहा नगरपालिका स्तरीय विपद जोखिम न्युनिकरण समितिका संयोजक उजिर सुनार, लम्की चुहा नगरपालिका विपद जोखिम न्युनिकरण कार्यक्रमका फोकल प्रसन विष्णु खनाल, लम्की चुहा नगरपालिका भित्र रहेका संघसंस्था नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा, लम्की जेसीज लाइन्स कल्ब लम्की, नगर बालसंरक्षण तथा सम्बद्र्धन समिति, सुहारा,बेस,सेवक नेपाल हरियोवन,फाया नेपाल,असल छिमेकी नेपाल लगायतका संघ संस्था का प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा संघसंस्थाले विपद जोखिम न्युनिकरण सम्बन्धी आफनो संस्थाले गरेका कामहरु र आगामी योजना समेत प्रस्तुत गरेका छन । सरोकारवालको समुहले लम्की चुहा नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र भट्टको संयोज्क्तवमा ९ सदस्यि लम्की चुहा नगरपालिकामा शिक्षा भैपरी प्रविधिक समुह गठन गरेको छ । जसको सदस्यमा लम्की चुहा नगरपालिकाका सोत व्यत्ती टिकाराम जोशी, लम्की चुहा नगरपालिका महिला बालबालिका प्रमुख कोकीला शाही,लम्की चुहा नगरपालिका विपद जोखिम न्युनिकरण कार्यक्रमका फोकल प्रसन विष्णु खनाल, लम्की चुहा नगरपालिका स्तरीय विपद जोखिम न्युनिकरण समितिका संयोजक उजिर सुनार,नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका उप सभापति विनोद अचार्य,लम्की जेसीजका अध्यक्ष राम बहादुर बोगटी,सेवक नेपाल सेफवास दोस्रो परियोजना समाजिक परिचालिका भागीरथी रेग्मी, र सामाजिक विकासका लागी सचेत समाज धनगढीका कायृक्रम अधिकृत प्रेमलाल कुश्मी रहनुभएको छ । यस्तै लम्की चुहा नगरपालिकाकी उप मेयर टिका थापा को अध्यक्ष्यतामा ३ सदस्यि सल्लाहकार समिति समेत गठन गरिएको छ । जसको सदस्यमा लम्की च’हा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जनक बम र लाइन्स कल्ब लम्कीका अध्यक्ष उमेश तिमिल्सेना रहनुभएको छ । कार्यक्रमको सहजिकरण लम्की चुहा नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र भट्ट,स्रोत व्यक्ति टिकाराम जोशी,वल्र्ड भिजन ईन्टरनेशनलका केन्द्रीय संयोजक जय प्रजापति,वल्र्डभिजनका नित्यानन्द पाण्डे,लेगर्नु भएको थियो । युरोपीयन युनियन मानवीय सहायता तथा नागरीक संरक्षण विभागको आर्थिक सहयोगमा वल्र्ड भिजन ईन्टरनेश्नल नेपालसँगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्) द्वारा संचालित“विपद् जोखिम न्युनिकरण तथाविद्यालय सुरक्षा परियोजना”अन्र्तगत सरोकारवालाहर संगको नक्साङ्कन कार्यक्रमको सन्चालन सामाजिक विकासका लागी सचेत समाज धनगढीका कायृक्रम अधिकृत प्रेमलाल कुश्मीले गर्नुभएको थियो ।

details
radiopaschimaawaz

लम्की साना सहरी खानेपानी संस्थाको सातौ बार्षिक साधारण सभा सम्पन्न ।

देवानन्द न्यौपाने लम्की चैत्र २५ / लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सातौ बार्षिक साधारण सभा कैलालीको लम्कीमा शनीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सात नम्बर प्रदेशका सांसद रतन बहादुर थापा रहनु भएको थियो । भने कार

details
radiopaschimaawaz

घोडाघोडी मिडिया गुप्र (विन्दास मिडिया) को आयोजनामा ‘विन्दास मिडिया अवार्ड’ २०७५ हुने

कैलाली ,चैत्र १७ थारु भाषा, कला, साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले धनगढीमा विन्दास मिडिया अवार्ड २०७५ हुने भएको छ । घोडाघोडी मिडिया ग्रुप (विन्दास मिडिया) को आयोजनामा बैशाख २१ गते अवार्ड वितरण कार्यक्रम हुने भएको हो । अवार्डको लागि थारु कला, संस्कृति, फिल्म, भाषा क्षेत्रमा योगदान पु¥याएका तथा क्रियाशिल रहेकाहरुलाई अवार्डको लागि निशुल्क आवेदनको लागि आहृवान गरिएको छ । एसएमएस भोटिङ प्रक्रियामार्फत प्रतियोगीहरुलाई छनौट गरी पुरस्कृत गरिने घोडाघोडी मिडिया ग्रुपका संयोजक हरेन्द्र चौधरीले जनाए । उनको अनुसार सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष÷महिला), लोक गीत गायन (महिला÷पुरुष), पप गायन (महिला÷पुरुष), फिल्म स्क्रिप्ट लेखन, गीत लेखन, फिल्म निर्देशन, म्युजिक भिडियो निर्देशन विधामा पुरुस्कृत गरिने भएको छ । साथै, सर्वोत्कृष्ट द्वन्द्व निर्देशन, संगितकार, छायाकार, सम्पादन, नवप्रतिभा, एल्बम, गीत, मोडल, म्युजिक कम्पनी, कला पत्रकारितालगायत ३५ विधामा अवार्ड वितरण गरिने संयोजक चौधरीले जानकारी दिए ।

details
radiopaschimaawaz

३५ दिने सह योग शिक्षक प्रशिक्षण तालिम तथा दिक्षान्त समरोह सम्पन

कैलालीको जानकी गाउपालिका १ दुर्गौलीमा ३५ दिने सह योग शिक्षक प्रशिक्षण तालिम तथा दिक्षान्त समरोह सम्पन भएको छ ।फाल्गुन ११ गते देख िसुरु भएको योग प्रशिक्षण तालिम शनिवार अग्नी होत्र गर्दै सम्पन गरिएको छ । जानकी गाउपालिका स्तरीय पतंजली योग समिती,गाउपालिका स्तरिय महिला पतंजली योग समित,गाउपालिका स्तरिय युवा प्रभारी योग समितीको अयोजना तथा जिल्ला पतंजली योग समितिको सहयोगमा योग प्रशिक्षण कार्यक्रम भएको हो । गाउपालिका स्तरिय पंतजली योग समितीका अध्यक्ष जित बहादुर चौधरीको सभापतितवमा भएको कार्यक्रममा पतंजली योग समिति नेपालका केन्द्रिय प्रभावरी लबदेब मिश्र प्रमुख अतिथी रहनुभएको थियो । कर्यक्रममा बोल्दै प्रमुख अतिथी केन्द्रिय प्रभवरी मिश्रले योगले मानिस शारिरिक र मानसीक रुपमा स्वास्थ्य हुनाका लागी योग गर्नुपर्ने र मानिस रोगले ग्रस्त भएका मानिसले पनि योग गर्ने जरुरी रहेको बताउदै मानिसले जसरी नुहाउने तथा अनय नित्यकर्म गर्छ त्यसरी नै योग गर्नुपर्ने बताउनुभएको थियो । कर्यक्रममा सहभागि लम्की चुहा नगरपालिका दुर्गा आधारभुत प्रथामिक विद्यालयका शिक्षक भोजराज चौधरीले ३५ दिने योगमा प्रशिक्षण लिएपछि आफनो जिवनमा अक्लपनिय परिवर्तन ल्याएको बताउदै सबैलाई योग गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रमका प्रशिक्षक समेत रहनु भएको पंतजली योग समिति कैलालीका युवा प्रभारी ठम्मन बमले सात नम्बर प्रदेशमा योग शिक्षा लाई गरुकुलिय संस्कारको विषयका रुपमा बस्नुपर्ने र अबका बालबालिकाले हाम्रो पौराण्ीक संस्कार योग र हिन्दुय मुल्य मान्यतालाई र्विसेकोमा दुख व्यत्त गर्दै ३५ दिने योग शिविर बाट प्रशिक्षती तथा दिक्षित सम्पुर्ण योग शिक्षकले अब विद्यालयमा योग शिक्षा प्रयोगातमक रुपमा दिने बताउनुभएको छ । जानकी गाउपालिका स्तरिय सोत्र केन्द्र अन्तगर्तका सामुदायिक तथा निजी विद्यालयका शिक्षक शिक्षीका तथा स्थानियहरुका लागी तालिम सन्चालन गरिएको बताईएको छ । पछिल्लो समयमा योगका शिवर तथा प्रशिक्षण तालिम तथा शिविर चलिरहदा जानकी गाउपालिकामा विद्यालयका सह योग शिक्षकका लागी ३५ दिने शिविर सन्चालन गरिएको छ । अहिले विद्यालयमा आधारभुत तहमामा विषयगत रुपमै योगको पाठ पढनुपर्ने भएकाले सह योग शिक्षक तालिमको आयोजाना गरिउको जानकी गाउपालिका स्तरिय पतंजल ियोग समितलिे जनाएको छ । योग अब बाल्य अवश्था देख िनै सुरु गर्नुपर्ने भएकाले यो तालिमको आयोजना गरिएको पतंजली योग समिती कैलालीका युवा प्रभारी ठम्मन बमको भनाई रहेको छ । समापन कार्यक्रममा पतंजली योग समिति कैलालीका युवा प्रभारी ठम्मन बम, पतंजली योग समिति कैलालीका साहित्यक प्रभारी कानती ज्ञवाली, वरिष्ठ योग शिक्षक दिर्घराज गीरी, पतंजली योग समिति कैलालीका महिला प्रतिनिधी पुष्पा कुवर,युवा सदस्य साहनु चौधरी लगायतकाले बोलनु भएको थियो । ३५ दिन सम्म सनचालन भएको योग शिविरमा जानकी गाउपालिका अन्तर्गत रहेका सामुदायिक तथा निजि विद्यालय तथा स्थानिय गरी २९ जनाको सहभागिता रहेको थियो । आजै तालिमा उत्कृष्ट सम्पुर्ण लाई केन्द्रिय प्रभारी लबदेब ले दिक्षान्त समेत गर्नुभएको थियो । जसमा सविता चौधरी प्रथम,दल बहादुर दर्लामी र राम कठरिया दितिय र जित बहादुर चोैधरी तृतिय स्थान हासिल गर्नुभएको थियो । जानकी गाउपालिकाको वडा नम्बर १ दुर्गौलीमा २०६४ साल देखी सन्चालन हुदखै आएको योग प्रशिक्षण तथा योग शिविर निरन्तर चल्दै आएको योग प्रशिक्षण कार्यक्रममा सहभागी विर बहादुर चौधरीले बताउनुभएको छ ।

details
radiopaschimaawaz

पुर्व मन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको निधन कठामाण्डौ

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । उनको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारको क्रममा शुक्रबार साझ निधन भएको हो। अपोलोमा उपचार शुरु भएको ३९ दिनमा खड्काको निधन भएको हो। उनको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई बचाउन नसकेको बताएका छन्। अपोलोका प्रबन्ध निर्देशक डा अशोक वाजपेयीले खड्काजीलाई बचाउन नसकेकोमा दुख व्यक्त गरे। नेपाली काँग्रेसले औपचारिक रुपमा खड्काको निधनको पुष्टि गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले खड्काको निधनको पुष्टी गर्दै उहाँको आत्माको शान्तिको कामना गर्दै परिवारजनमा पार्टीका तर्फबाट समवेदना प्रकट गरेका छन्। नेपाली काँग्रेसका नेता खुम बहादुर खड्काको स्वास्थ्य उपचारको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट सचिवालयले चासो राखेको थियो। भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा रहेका खड्काको आफन्तलाई फोन गरेर उपचारमा आफ्नो तथा प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आश्वस्त बनाएका थिए। डा वाजपेयीले योगीजीका तर्फबाट खड्काको उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका थिए। वाजपेयीले आफ्नो मोवाइलमा मेसेज देखाउँदै भनेका थिए, ‘ नेताजीको बारेमा बिभिन्न व्यक्तिले चासो रारवेका सन्देशले मेरो मोवाइल भरिएको छ।’ खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिन काँग्रेस नेताहरू केन्द्रिय सदस्य शंकर भण्डारी र रमेश लेरवक मंगलवार नै दिल्ली गएका थिए। खड्काको उपचारमा संलग्न बरिष्ठ चिकित्सकहरू र प्रवन्ध निर्देशक डा वाजपेयीले उनको अवस्थाअ त्यन्तै गम्भिर रहेको बताएपनि सञ्चारमाध्यम मार्फत वाहिर नल्याउन आग्रह गरेका थिए। खड्काको साँढे दुई बर्ष अघी चिकित्सक सन्दिप गुलेरिया सहितको टीमले मृगौला ट्रान्सप्लान्ट अपोलोमै गरेका थिए। खड्काको उपचारमा मृगौला ट्रान्सप्लान्ट विज्ञ डा सन्दिप गुलेरिया, छातीरोग विज्ञ डा राजेश चावला र मष्तिस्क रोग विशेषज्ञ मुकुल वर्मा नेतृत्वको अनुभवी टीम लागेको थियो। नेता खड्कालाई संकमणको खतरा रहेका कारण आइसियूमा पनि अलग्गै राखेर उपचार भइरहेको थियो।

details
radiopaschimaawaz

प्रदेश ७ को विकासका लागि जनप्रतिनिधिहरुले सरकारलाई बुझाए ६ बुदें मागपत्र

प्रदेश नम्बर ७ को विकासका लागि कैलाली जिल्लाका जनप्रतिनिधिहरुले सरकारलाई ६ बुदें मागपत्र पेश गरेका छन । शुक्रबार कैलाली क्षेत्र नम्बर २ का सांसद झपट रावलको नेतृत्वमा रहेको जनप्रतिनिधिहरुको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी प्रदेश नम्बर ७ को पूर्वी क्षेत्रको विकासमा सरकारको ध्यानाकार्षण गराएको हो । मागपत्रमा खक्रौला भन्सारको स्तरन्नोति, लम्की खक्रौला सडक ६ लेनका रुपमा विकास, कैलालीको चिसापानी देखि अछामको मंगलसेन जोडने सडककालागि बजेट विनियोजन, १० हजार ८ सय मेघावाटको कर्णाली जलविद्युत आयोजनाको निर्माण गर्नुपर्ने लगायतका मागहरु उल्लेख छन । टोलीमा सांसदहरु कमला वली, रणबहादुर रावल, रतन थापा, नन्दबहादुर साउद, उमादेवी वादी, टीकापुरका मेयर तपेन्द्र रावल, लम्की चुहाका मेयर महादेव बजगाई र पत्रकार मातृका तिमिल्सेना लगायत थिए ।

details
radiopaschimaawaz

मेयर वजगाईले चलाए अर्थमन्त्री वोहराको घरमा डोजर

कैलालीको लम्की चुहा नगरपालीकका नगर प्रमुख महादेव वजगाईले प्रदेश नम्वर सातका आर्थिक तथा योजना मन्त्री झपट वोहराको घर डोजर चलाएर भत्काएका छन् ।

details
radiopaschimaawaz

बड्घरहरुलाई कानुनी क्षमता अभिवृद्धी तालिम लम्कीमा

नेत्र प्रसाद न्यौपाने लम्की, चैत्र ०३ बड्घरहरुको लागी २ दिने कानुनी क्षमता अभिवृद्धी तालिम शनिबार देखी कैलालीको लम्की चुहा नगरपालिका १ मुनमुन भिल्ला लम्कीमा शुरु भएको छ । जानकी गाउपालिका वडा नम्बर ५ को वडा कर्यालयको अयोजनामा शुरु भएको तालिम उद्धघाटन सत्रमा जानकी गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भिम थारु सभाध्यक्ष रहनु भएको थियो । भने जानकी गाउपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरी प्रमुख अतिथी रहनुभएको थियो विशिष्ट अतिथीमा जानकी गाउपालिकाका उपाध्यक्ष उमा महतौ रहनुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी चौधरीले स्थानिय निकायमा न्यायिक समिति गठन भईसकेकाले समाजमा हुनेगरेका देवानी प्रकृतिका विवाद तथा १ वर्ष कैद सम्मका मुद्धा हेर्ने बताउदै वडा तथा गाउका बडघरहरुले न्ययायिक समिति संग सहकार्य गरेर त्यस्ता मुद्धा प्रहरी चौकीमा नभई स्थानिय न्यायिक समितिमा पठाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख चौधरीले गाउपालिकाबाट गरिरहेका कार्यक्रमका बारेमा समेत जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथी तथा उपाध्यक्ष उमा महतौले तालिमले वडा स्तरमा सनातिना झैझगडा मिलाउनमा सहयोग पुग्ने बताउदै आफु गाउपालिकाको न्यायिक समितिको संयोजक रहेकाले गाउपालिकाबाट समेत यस सम्बन्धि कार्यक्रमकालागी बजेट विनियोजन गरेको र स्थानिय स्तरमाहुने झैझगडा लाई गाउपालिकामा पठाई सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो । कार्यक्रमको उदघाटन सत्रको समापन सत्रमा बोल्दै जानकीगाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भिम थारुले नेतृत् वगर्ने मानिसको सकरात्मक सोच नहुदा समाजमा विकृति आउने तथा काम गर्न गाह्रो भएको बताउदै अब सबैले सकरात्मक सोचका साथ आर्थिक सम्बृद्धीको बाटो लाग्न आग्रह गर्दे स्थानिय निकायमा निर्वाचित भईसकेपछि मानिसहरुका धेरै ईच्छाआकंक्षा रहेको बताउदै कामको सिर्जना गरेमात्रै विकास सम्भव रहेको बताउनु भयो । कार्यक्रममा जानकी गाउपालिका वडा नम्बर ५ का पथरैया, अमौरा नवलपुर,स्कुलपुर,अमौरीका बडघर कार्यसमितिका ३० जनाको सहभागिता रहेको छ । २ दिन सम्म सन्चालहुने तालिम लाई अधिवक्ता जोहारीलाल चौधरीले सहजिकरण गरिरहनुभएको छ । जानकी गाउपालिका वडा नम्बर ५ का वडा सदस्य अनिता चौधरीको स्वागत मन्तवय संगै सुरु भएको कार्यक्रमको सन्चालन जानकीगाउपालिका वडा नम्बर ५ का सचिब भरत बहादुर थापाले गर्नुभएको थियो ।

details
radiopaschimaawaz

सुरक्षित विद्यालयको न्युनतम मापदण्ड सम्बन्धी नगरपालिका स्तरिय परामर्श कार्याशाला लम्कीमा

नेत्र प्रसाद न्यौपाने लम्की,चैत्र ०२ युरोपीयन युनियन मानवीय सहायता तथा नागरीक संरक्षण विभागको आर्थिक सहयोगमा वल्र्ड भिजन ईन्टरनेश्नल नेपालसँगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्) द्वारा संचालित“विपद् जोखिमन्युनिकरण तथाविद्यालय सुरक्षा परियोजना”अन्र्तगत सुरक्षित विद्यालयको न्युनतम मापदण्ड सम्बन्धी नगरपालिका स्तरिय परामर्श कार्याशाला शनिबार कैलालीको लम्की चुहानगरपालिकामा सम्पन भएको छ । लम्की चुहा नगरपालिकाका उपमेयर टिका थापाको सभापतित्वमा भएको कार्याशाला गोष्ठीमा जिल्ला समनवय समिति कैलालीका सभापति सुर्य बहादुर थापा प्रमुख अतिथी रहनुभएको थियो । गोष्ठीमा बोल्दै जिल्ला समन्वय समितिका सभापति तथा प्रमुख अतिथी थापाले सामुदायिक विद्यालयमा आफना बालबालिका पढाउनु पर्छ भन्ने सोच नरहेको र साम’दायिक विद्यालमा आफनो बालबालिका पढछन भन्नेर गर्भ गर्ने वातावरण बनाउन आग्रह गर्नु भयो । शिक्षा स्वास्थ्य राम्रो दिन नसके बालबालिकाको भविष्य अन्धकार हुने भएकाले यसमा शिक्षक मात्र नभई अभिभावक विद्यार्थि र शिक्षक सबै लाग्नुपर्ने बताउनु भयो । यस्तै कार्यशाला गोष्ठीमा बोल्दै लम्की चुहा नगरपालिकाकी मेयर टिका थापाले विपद बाज बाजाएर नआउने बताउदै सम्पुर्णले पुर्व तयारी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालयका स्रोत व्यत्ती सुनिल सन शाक्यले नेपालका सम्पुर्ण विद्यालयलाई सुरक्षित पार्नका लागी आधारभुत मापडण्ढ तयार गर्नका लागी कार्यशाला गोष्ठी आयााोजना गरिएको बताउदै कार्याशाला गोष्ठी बाट आएका सम्पुर्ण समस्यालाई समधानका लागी विद्यालयले स्थानिय संघ संस्था संग समन्वय गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा वल्र्ड भिजन पश्चिम नेपालका प्रमुख चेतराज भट्राई, लम्की चुहा नगरपालिका शिक्षा प्रमुख लोकेन्द्र प्रसाद भट्ट, सम्पुर्ण वडा अध्यक्षको तर्फ बाट वडा नम्बर १का वडा अध्यक्ष जनक बम, लगायतले बोल्नुभएको थियो । कार्याशाला गोष्ठीमा लम्की चुहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु ढकाल, वडा नम्बर ३ का अध्यक्ष भत्त बहादुर चलाउने,वडा नम्बर ५ का वडा अध्यक्ष माया विष्ट, वडा नम्बर ६ का वडा अध्यक्ष नेत्र सुनाखरी मगर, वडा नम्बर १० का वडा अध्यक्ष हर्क कठरिया, लम्की चुहा नगरपालिका भित्र रहेका सामुदायिक तथा निजि विद्यालयका प्रधान्ध्यापक तथा शिक्षक, लम्की चुहा नगरपालिका भित्रकाम गर्ने सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतकाको उपस्थिीत रहेको थियो । कार्यशाला गोष्ठीमा ३ समुहमा विभाजन गरी समुह क्षलफल समेत गरिएको थियो । जसमा विद्याल व्यवस्थापन समिति तथा प्रधान्ध्यापकको समुह बाट उज्यालो शिक्षा सदन उच्च माध्यामिक विद्यालयका प्रधान्ध्यापक धिरज खत्रीले समुहमा क्षलफल भएका विद्याल सुरक्षित हुनका लागी आवश्यक पर्ने विषयबस्तु लााई प्रस्तुत गर्नुभएको थियो । यस्तै संघ संस्थाको तर्फ बाट विद्यालय सुरक्षाका लागी गर्न सक्ने सहयोगका बारेमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका चेतन खड्काले प्रस्तुत गर्नु भएको थियो । भने जनप्रतिनिधीको तर्फबाट लम्की चुहा नगरपालिकाले गर्ने सहयोगका बारेमा लम्की चुहा नगरपालिका वडा नम्बर ६का वडा अध्यक्ष नेत्र सुनाखरी मगरले प्रस्तुत गर्नुभएको थियो । वल्र्ड भिजन कैलालीका संयोजक नित्यानन्द पाण्डेले स्वागत गरेको कार्यक्रमको सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्)कैलालीका कार्यक्रम अधिकृत प्रेमलाल कुश्मीले गर्नुभएको थियो ।

details
radiopaschimaawaz

घोडाघोडीका मेयर ममताप्रसाद चौधरी माथि गोली प्रहार ।

देवानन्द न्यौपाने कैलाली फाल्गुण २८ / कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद माथि गोली प्रहार भएको छ। चौधरीमाथि राती ८ वजेर १० मिनेटको आसपासमा गोली प्रहार भएको हो ।आफ्नै निवासमा बसिरहेको अवस्थामा चौधरीलाई केहि अज्ञात समुहले खुकुरी समेत प्रहार गरेको छ।मेयर चौधरीलाई शुरुमा छातीमा गोली लागेको ब

details
radiopaschimaawaz

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसादमाथि गोली प्रहार .

देवानन्द न्यौपाने कैलाली फागुन २८ / लम्की कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि अहिले केही समय अघि खुकुरी र गोली प्रहार भएको छ । आफ्नै निवासमा बसिरहेको अवस्थामा आज राति ८ बजेर १० मिनेटतिरको समयमा अज्ञात समूहले गोली प्रहार गरेको बताइएको छ । उनको छातीमा गोली गालेको बताइन्छ । मेयर च

details
radiopaschimaawaz

काठमाण्डौमा हुने फुल कन्ट्याक करातेमा लम्की डोजोले पनी प्रतिस्प्रधा गर्ने ।

देवानन्द न्यौपाने कैलाली फागुन २८ / नेपाल क्योकुसिन कराते डो संघ ब्रजको आयोजनामा यहि चैत्र २ गते देखि काडौमा शुरु हुन लागेको १५ औं पुरुष तौल समुह तथा १४ औं राष्ट्रिय महिला खुल्ला फुल कन्ट्याक कराते प्रतियोगितामा कैलाली बाट ४ जना खेलाडिले सहभागिता जनाउने भएका छन । न्ोपाल क्योकुसिन कराते डो संघ ब्रज

details
radiopaschimaawaz

सामाजिक अभियान्ता चर्चित हास्य कलाकार धुर्मुस र सुन्तली जिवन विमा अभियानमा बेस्त ।

देवानन्द न्यौपाने कैलाली फागुन २८ / बिभिन्न सामाजिक कार्यमा सक्रिय सामाजिक अभियान्ता चर्चित हास्य कलाकार धुर्मुस र सुन्तली अहिले जिवन विमा अभियानमा बेस्त रहेका छन । देशका बिभिन्न ठाउमा भुकम्प पिडित तथा दलित एवम् निम्न आयस्तर विपन्न बर्गका परिवारलाई नमुना बस्ती निमार्ण गरि करोडौ नेपालीको मन जित्न सफ

details
radiopaschimaawaz

राष्ट्रिय सभाका सदस्य ओली द्धारा विद्यार्थिलाई स्टेशनरी सामाग्री वितरण

नेत्र प्रसाद न्यौपाने लम्की, फाल्गुन २७ /कैलालीको लम्की चुहा नगरपालिका १ लम्कीमा रहेको शहिद स्मृति माध्यामिक विद्यालयमा आईतबार एक भव्य कार्यक्रमका बिच शैक्षिक सामाग्री वितरण गरिएको छ । यस क्षेत्रमा विभिन्न साजमाजिक क्षेत्रमा काम गदेैं आईरहेका लायन्स क्लब र लियो कलब तथा राष्टिय सभाका सदस्य माननिय कम

details

‘बोक्सी’काण्डमा ‘मेलमिलाप’ गराउने मेयरलाई उन्मुक्ति ?

२६ फागुन, कैलाली । बलात्कारको घटनामा मेलमिलाप गराउने दरबारमार्गका प्रहरीहरु अघिल्लो महिना आन्तरिक कारवाहीमा परे । तर, यस्तै प्रकृतिको जघन्य अपराध मानिने कैलालीको ‘बोक्सी’ काण्डमा मेलमिलाप गराउने घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई भने कानूनले छुन सकेन । मेयर चौधरी सत्तारुढ नेकपा एमालेका नेत

details

राधामाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो

२५ कैलाली, फागुन । बिहीबार देशभर धुमधामसँग अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थिए । पुरुषहरुले पनि महिलालाई समान व्यवहार गर्ने मात्र होइन, महिला हिंसाविरुद्ध हातमा हात मिलाएर लड्ने प्रतिवद्धता जनाए ।तर, कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा भने २० वर्षीया एक युवती भने लगातार ६ घन्टासम्म कुटपिटमा

details

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by