News

radiopaschimaawaz

राजधानीवासीले एक वर्षमा सिध्याए २ लाख २२ हजार राँगा,भैंसी

काठमाडौं । गएको आर्थिक वर्षमा काठमाडौं उपत्यकामा २ लाख २२ हजार २ सयवटा राँगा भैंसीको मासु खपत भएको छ । साविकको पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनाले दिएको प्रारम्भिक तथ्यांक अनुसार, गत वर्षको साउनदेखि असारसम्मको १२ महिनाको अबधिमा थानकोट, फर्पिङ, भक्तपुर र बालाजु नाकाबट १ लाख ८१ हजार ५ सय ४० वटा राँगा र ४० हजार ६ सय ६० वटा भैंसी मासुका लागि उपत्यकामा भित्रिएको हो । यो अबधिमा, ९ हजार ७७ ट्रक राँगा र २ हजार ३३ ट्रक भैंसी उपात्यका भित्रिएको हो । निर्देशनालयकी सूचना अधिकृत गौरी थापाका अनुसार एउटा ट्रकमा सरदर १८ देखि २० वटासम्म राँगा भैंसी ल्याउने गरिन्छ। एउटा राँगो भैंसीको तौल २ सयदेखि ३ सय किलोसम्म हुन्छ । निर्देशनायले एउटा राँगो वा भैंसीको तौल सरदरमा २ सय ५० किलोको दरले हिसाव निकाल्ने गर्छ । यो हिसाबले उपत्यकाबासीले २ लाख २२ हजार २ सय राँगा भैंसीको ५ करोड ५५ लाख ५० हजार किलो मासु सिध्याएका छन् । राँगाभैंसीको छाला, आन्द्रा भुँडी र हड्डी कटाएर ५० देखि ५५ प्रतिशत खुद मासुको हिसाब निकाल्ने गरिन्छ । मासु मात्रैको हिसाब गर्दा पनि, ३ करोड ५ लाख किलोभन्दा बढी मासु उपत्यकामा खपत भएको छ । उपत्यकामा राँगा भैंसीको मासु किलोको ३ सय ५० रुपैयाँको हाराहारीमा बिक्री हुने गरेको छ । यो हिसाबले, १० अर्ब ६९ करोड रुपैयाँ भन्दा बढीको राँगा भैंसीको मासु उपत्यकामा बिक्री हुने गरेको छ । तर मासु पसलेले आन्द्रा भूँडी र हाड समेत सोलोडोलोमा मिलाएर बेच्ने गर्दा, यो रकम अझै बढी हुन्छ। निर्देशनालयको विवरण अनुसार राँगा भदौ महिनामा सबभन्दा बढी र कात्तिकमा सबैभन्दा कम उपत्यका भित्रिने गरेको छ । भैंसी भने कात्तिकमा सबैभन्दा बढी र चैतमा सबैभन्दा कम भित्रिने गरेको पाइन्छ । तर यी राँगाभैंसी खानका लागि गुणस्तरको हिसाबले कति स्तरीय छन् भन्नेबारे अध्ययन हुन सकेको छैन ।

details
radiopaschimaawaz

अष्ट्रेलियाका १० मन्त्रीहरुसामुहिक राजीनामा दिँदै

एजेन्सी। अष्ट्रेलियाको सरकारका १० मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्। उनीहरुले प्रधानमन्त्री माल्कोम टर्नबुललार्इ पार्टीको नेतामा हराउने अभियान चालेकोमा असफल भएसँगै राजीनामा दिने तयारी गरेका हुन्। अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले मंगलबार पार्टीको नेतृत्वको लागि भएको मतदानमा जित हासिल गरेका थिए तर उनले दोस्रो चुनौतीको पनि सामना गर्नुपर्ने बताइएको छ। उनले आफूलाई चुनौती दिने मन्त्रीहरुको राजीनामा स्वीकार गरेका छन्। जसमा गृहमन्त्री पिटर डटन र एक अन्य मन्त्री रहेका छन्। अहिले प्रधानमन्त्री लामो समयदेखिको कमजोर सर्वेक्षण तथा ऊर्जाको नीतिको कारण दबाबमा रहेका छन्। विपक्षी पार्टीले अहिले सरकार आन्तरिक द्वन्द्वमा फसेको आरोप लगाएको छ । डटनले आफू अझै पनि नेतृत्वको मतको लागि अझै पनि सक्रिय भएर लाग्ने बताएका छन्। मंगलबार लिबरल पार्टीको नेताको लागि पहिलो चरणको निर्वाचन भएको हो। यो निर्वाचनमा प्रधानमन्त्रीले ४८–३५ को जित हासिल गरेका थिए। बुधबार भविष्यको विषयमा सोधिएको एक प्रश्नमा प्रधानमन्त्रीले मुलुकको नियम नै नेतृत्वको लागि हुने निर्वाचनमा जित्ने आफ्नो आधार रहेको बताए। अष्ट्रेलियाका प्रधानमन्त्री पछिल्लो समय विवादमा तानिएका छन् । उनको उत्सर्जन घटाउने योजना र अन्य ऊर्जाको नीतिमा देखिएको असफलताको कारण उनी विवादमा तानिएका हुन्। प्रधानमन्त्रीले ८ मन्त्रीहरु आफ्नो क्याबिनेटमा रहने पुष्टि गरेका हुन्। यद्यपि बाँकी सबै मन्त्रीहरुले भने राजीनामा दिनसक्ने बताइएको छ। बुधबार प्रधामन्त्री टर्नबुलले आफू अहिले पार्टी तथा सरकार स्थिर बनाउनका लागि अघि बढिरहेको बताए। विपक्षी नेताहरुले भने अहिले आन्तरिक द्वन्द्व चलिरहेको कारण सरकार अनियन्त्रित भएको बताएका छन्। अष्ट्रेलियाको नियमअनुसार प्रधानमन्त्रीको लागि प्रत्यक्ष निर्वाचन हुँदैन तर संसदमा पार्टी तथा गठबन्धनको नेता जो चुनिन्छ, उही नै मुलुकको प्रधानमन्त्री बन्न पाउँछ।

details
radiopaschimaawaz

नेपालकी सञ्जुको भारत्तोलनमा राष्ट्रिय कीर्तिमान

५ भदौ, काठमाडौं । इन्डोनेसियामा भइरहेको १८ औं एसियाली खेलकुद अन्तर्गत भारोत्तोलनमा नेपालकी सञ्जु चौधरीले ५३ केजी तौल समूहमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सञ्जुले स्न्याचमा ७२ केजी र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कुल १ सय ५८ केजी भार उठाएर आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् । स्न्याच, क्लिन एण्ड जर्क दुवैमा उनकै कीर्तिमान रहेको छ । उनले यसअघि एसियाली खेलकुदको छनोटका बेला स्न्याचमा ७१ केजी र क्लिन एण्ड जर्कमा ८५ केजी गरी कुल १ सय ५६ केजी भार उठाएकी थिइन् ।

details
radiopaschimaawaz

कन्चनपुर बासीको सिडिओ र एसपीलाई जिल्ला छाड्न चेतावनी

कैलाली – कन्चनपुर की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै कञ्चनपुरमा बुधबार पनि बिहानैदेखि विरोध प्रदर्शन जारी रहेको छ । प्रहरीले मानसिक सन्तुलत बिग्रेका दिलिपसिंह विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै सोमबार उनलाई पत्रकार सम्मेल गर्दै सार्वजनिक गरेको थियो । तर पीडितका आफन्त र स्थानीय बासिन्दाले भने वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै विरोध गरिरहेका छन् । उनीहरुले मंगलबार दिनभर पनि महेन्द्रनगर बजारमा प्रदर्शन गरेका थिए । प्रदर्शन मा आम समुह व्यापारी स्थानिय वासी लगायतकाको सहभागिता रहेको थियो । सो क्रममा स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो । बुधबार पनि बिहानैदेखि महेन्द्रनगर बजारमा प्रदर्शन भइरहेको छ । ठूलो संख्यामा जम्मा भएका आफन्त र स्थानीय बासिन्दाले प्रहरीलाई वास्तविक हत्यारा सार्वजनिक गर्न माग गरिरहेका छन् । उनीहरुले आफूहरुको आन्दोलनमा हवाई फायर गर्ने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग समेत गर्दै आएका छन ।

details
radiopaschimaawaz

लागुपदार्थ दुव्र्यसनी तथा अन्य अपराध न्युनिकरण गर्न सबैले सहयोग गर्नु पर्ने वडा अध्यक्ष ः थारु

नेत्रप्रसाद न्यौपाने लम्की,भदौ ०५ जानकी गाउपालिका वडा नं. ८ जवलपुरमा लागु औषध तथा अन्य अपराध सम्बन्धि बृहत सचेतना कार्यक्रम मंगलबार वडा कार्यालयमा सम्पन भएको छ । पछिल्लो समयमा बढदै गएको लागु औषध दुव्र्यसन बारेमा जानकारी गराई सचेतना फैलाउने उदेश्यले कार्यक्रमको आयोजान गरिको बताइएको छ। ईलाका प्रहरी कार्यालय टिकापुरको सहयोग, प्रहरी चौकी अमरावतिको सहकार्य र जानकी गाउपालिका वडा नं. ८ को आयोजनामा कार्यक्रम सम्पन भएको हो । जानकी गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष डम्बर थारुको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रशासन कार्याृलय टिकापुरका प्रमुख बसन्त बहादुर बोहोरा प्रमुख अतिथी रहनुभएको थियो । भने विशिष्ट अतिथीमा इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी निरिक्षक राजेश शाही रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ईलाका प्रशासन कार्यालयटीकापुरका प्रमुख बोहराले कार्यक्रम गदैृमा दुव्र्यशनी न्युनीकरण नहुने भएकोले विद्यालय स्तरमा पनि प्रभावकारी रुपमा लागु पदार्थ दुव्र्यशनी न्यूनीकरणको कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भयो । उहाँले युवा देश विकासको कर्णधार भएकोले घरपरिवार अभिभावक जिम्मेवार बन्नु पर्ने बताउनु भयो विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालयका टीकापुरका प्रहरी निरीक्षक शाहीले एकल प्रयासले दुव्र्यशनी न्युनीकरण गर्न नसकिने बताउनु भयो । उहाँले समयमा सचेतना अपनाए लागु पदार्थ दुव्र्यशनीहरुलाई नियन्त्रण गर्नु सकिने बताउनु भयो। कार्यक्रममा वडाध्यक्ष डम्मरबहादुर थारुले लागु पदार्थ दुव्र्यशनी न्युनीकरण गर्ने सबै लागनु पर्ने बताउनु भयो । उहाँले व्यक्ति, समाज राष्ट्रहित विपरित भएकोले दुव्र्यशनी न्युनीकरण गरि सम्वृद्धि प्राप्त गर्न सकिने बताउनु भयो । नेकपा का प्रतिनिधि तीर्थराज उपाध्यायले लाुपर्दाथ दुव्यर्शसन सम्बन्धिको कार्यक्रमलाई प्रभावकारी बनाउन टोल समिति गठन गरी टोल –टोलमा सचेतना कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताउनु भयो । नेपाली काग्रेसका पतिनिधि जनक थापाले बालबालिकालाई सचेत बनाउनका लागि अभिभावकहरु सचेत हुन अवश्छ रहेको बताउनु भयो । उहाले अभिभावकले आफ्नो के गदैृछ कस्तो गतिविधिमा संलग्न त्यस तर्फ पनि अभिभावक सचेत रहन आवश्यक रहेको बताउनु भयो । कायक्रममा विद्यालय व्यस्थापन समिति अध्यक्ष हिरालाल भाट, राष्ट्रीय आधारभुत विद्यालय खैरीपुरका शिक्षक खेतबहादुर चौधरी, पथरैया महिला साना किसान सहकारी संस्थाका अध्यक्ष गंगा थापा, सामजसेवी बुद्धिजीवी रतिराम भाट लगायतले बोल्नु भएको थियो । कार्यक्रममा राजनितिक दल, बडघर, समाजसेवी बुद्धिजीवी, प्रहरी, ऐश्र्वय आधारभुत विद्यालयका शिक्षक विद्यार्थी, रानी आधारभुत विद्यालयका शिक्षक विद्यार्थी,सामुदायिक वनका प्रतिथि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । वडा सदस्य रामवलि चौधरीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन गिता चौधरीले गर्नु भएको थियो ।

details
radiopaschimaawaz

बालकल्याण माध्यमिक विद्यालयको नतिजा प्रकाशन तथा अभिभावक भेला सम्पन्न

नेत्रप्रसाद न्यौपाने लम्की भाद्र १ लम्कीचुहा नगरपालिको वडा नम्बर १ भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयको शैक्षिक सत्र २०७५ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा अभिभावक भेला कार्यक्रम आज सम्पन्न भएको छ । बिद्यालयका प्रधानाध्यापक रुपलाल जैशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका उपप्रमुख टीका थापा रहनु भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि उपप्रमुख थापाले शैक्षिक सुधारका लागि विद्यालयले खेलेको भुमिकाको प्रसंशा गर्दै नगरपालिकाको तर्फबाट विद्यालयलाई सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा विशिस्ट अतिथी बिद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष चन्द्रप्रसाद जैशी, शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष मयाराम उपाध्याय , पत्रकार चन्द्रप्रसाद खनाल, तारा आचार्य लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो । उक्त अवसरमा त्रैमासिक परीक्षामा प्रत्येक कक्षामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले बताउनु भएको थियो । कार्यक्रममा आजै मुना तिमिल्सैनाको अध्यक्षतामा शिक्षक अभिभावक संघको समेत गठन गरिएको छ । शिक्षक अभिभावक संघको सदस्यमा केवले जैशी, जलु न्यौपाने , धर्मा तिमिल्सैना, मनिषा रेग्मी, सीता बिष्ट , मिना न्यौपाने , श्रीराम तिमिल्सैना, जानकी खनाल, दुर्गा रावत, प्रकाश बि। क। , तेज भण्डारी , निर्मला तिमिल्सैना, नान्कला खनाल रहेका छन । विद्यालयका शिक्षिका नान्कला खनालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन शिक्षक तेजप्रसाद भण्डारीले गर्नु भएको थियो ।

details
radiopaschimaawaz

प्रहरी नायब उपरिक्षक सिंहको कार्यक्रम लागु गर्दे प्रहरी सहायक निरक्षक बुढा÷सरुवा भई आएको ५ दिनमै २ कट्टा गाँजा बरामद

नेत्रप्रसाद न्यौपाने लम्की,भदौ ०१ कैलालीको जानकी गाउपालिका वडा नम्बर ९ अमरावतीमा रहेको प्रहरी चौकी अमरावतीले पछिल्लो समयमा स्थानिय स्तरमा शान्ती सुरक्षा तथा लागुपदार्थ दुव्र्यसनी जुवातास खेल्ने लगायतका कार्यमा कडाईका साथ काम गरिरहेको छ । यस अघि डोटी बाट सरुवा भई ईलाका प्रहरी कार्यालय टिकापुर आएका प्रहरी नायब उपरिक्षक शिब बहादुर सिहले टीकापुरमा जिम्मेवारी सम्हालेको हप्ता दिनभित्रै आफ्नो ईलाकामा लागुपदार्थ दुर्व्यसन क्लिन स्विप गर्ने, आफ्नो ब्यक्तिगत मोबाईल नम्बर आम नागरिकलाई बाडेर केही सानो समस्या पर्दा समेत सिधै आफुलाई सम्पर्क गर्न अनुरोध गर्ने लगायत, गुण्डागर्दी गर्ने र लागुपदार्थ सेवन गर्ने र जुवातास खेल्नेहरु लाई ठाउँको ठाउँ समात्दै कारवाही गर्ने कार्य अघि बढाएका थिए । त्यसै कार्यलाई निरन्तरता दिदै टिकापुर ईलाका प्रहरी कार्यालय बाट सरुवा भई आउनुभएका प्रहरी सहायक निरीक्षक रण बुढा ले समेत प्रहरी चौकी अमरावतीमा साउन १६ गते हाजिर भए देखी नै यस्ता कार्यलाई कडाईका साथ लागु गरिएको बताउनुभयो । बुढाले आफु हाजिर भएसंगै स्थानिय जनप्रतिनिधी,राजनितिक दल ,समाजसेवी,बुद्धीजिवी,बडघर,सामुदायिक वनका पदाधीकारी विद्यालय व्यवस्थापन समितिका प्रतिनिधी तथा संघ संस्थाका प्रतिनिधी लाई बोलाई परिचयात्मक कार्यक्रममा बोलाई समाजमा दिनप्रतिदिन बद्ढै गईरहेको लागुपदार्थ दुव्र्यसनी,जुवातास खेल्ने जस्ता घटनालाई नियन्त्रण गर्न प्रहरी एक्लै ले केही गर्न नस्कने बताउदै त्यस्ता क्रियाकलाप भएमा प्रहरी लाई सहयोग र खबर गर्न आग्रह गरेका थिए । बुढाले आफनो कार्यक्षेत्रमा माईकि¨ गर्ने जनताका घरघरमा टोलटोलमा गई आफनो व्यक्तिगत नम्बर र कार्यालयको नम्बर बाडदै सम्पुर्णलाई यस कार्यमा सहयोग गर्न आग्रह गरेका थिए । त्यसको केही दिनमै प्र।स।नी। बुढाले जानकी गाउपालिकाको वडा नम्बर ८ पालबजारमा गाजा विक्री वितरण हुने गरेको थाहा पाएपछि आफै सादा पोशाकमा गई बिस रुपैयाको गाजा किनेको र त्यस ठाउबाट २ बोरा कट्टा बरामद गरि बेच्ने व्यत्ती र २ कट्टा गाजा ईलाका प्रहरी कार्यालय टिकापुरमा पठाएको बताएका छन । उहा आईसकेपछि गाउघरमा चोक चोकमा पुलमा बसी गाजा खाने र मुन्द्रा लाउने चुल्ठा पाल्ने केटाहरु राती राती त्यस्ता ठाउमा बस्न छोडेको स्थानिय बडघर हरुको भनाई रहेको छ । जानकी गाउपालिका अन्तर्गत रहेको प्रहरी चौकी अमरावतीमा कार्यक्षेत्र अनुसारको दरबन्दी,स्रोत साधान नहुदा अझै प्रहरी भनेका बेला गाउघर सम्म अथवा घटना भएको स्थान सम्म पुग्न नसकेको स्थानियहरले गुनासो गरेका छन । आज प्रहरी चौकी अमरावतीमा भएको भेलामा बोल्ने अधिकाशंले प्र।स।नी। बुढाले गरेको कामको मुल्याकन गर्दै सबै जना यस कार्यमा लाग्ने प्रतिबद्धता जनाएका छन । अभियान अन्तगर्त जानकी गाउपालिका वडा नम्बर ८ वडा कार्यालयको अयोजनामा ईलाका प्रहरी कार्यालय टिकापुरको सहयोग र प्रहरी चौकी अमरावतीको सहकार्यमा जानकी गाउपालिका वडा नम्बर ८ को वडा कार्यालयमा भदौ ५ गते लागुपदार्थ दुव्र्यसनी तथा अन्य अपराध न्युनिकरण सम्बन्धी बृहत सचेतना कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । उक्त कार्यक्रममा सहभागी भईदिन सम्पुर्ण वडा वासीहरुलाई वडा अध्यक्ष डम्बर बहादुर थारुले आग्रह गर्नुभएको छ । भने प्रहरी चौकी अमरावतीका प्रमुख बुढाले यस अभियानलाई निरन्तरता दिदै कार्यक्षेत्र भित्रका वडामा समेत सचेतना कार्यक्रम गर्ने बताउनुभएको छ ।

details
radiopaschimaawaz

देशभरी शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापन पत्र

नेपाल बाल विकास शिक्षक संघर्ष केन्द्रिय समितिको निर्णय अनुसार बाल विकास शिक्षकका विभिन्न सात बुदे माग राख्दै आज देशभरी शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापन पत्र बुझाइएको छ । संघर्षका कार्यक्रम अनुसार नेपाल बाल विकास शिक्षक समिति कैलालीले कैलाली जिल्लामा समेत आज ज्ञापन पत्र बुझाएको छ । नेपाल बाल विकास शिक्षक समिति कैलालीका अध्यक्ष निर्मला तिमिल्सैना, सात नम्बर प्रदेश अध्यक्ष लक्ष्मी भट्ट, प्रदेश सचिव निर्मला गिरी, जिल्ला उपाध्यक्ष गीता रावल कुवर, जिल्ला कोषाध्यक्ष चक्र बयक, जिल्ला सहसचिव पार्बती धमाला लगायतका बाल विकास शिक्षकहरुको उपस्थितिमा कैलालीका शिक्षा विकास तथा समन्वय इकाईका उपसचिव विष्णुदत्त भट्टलाई ज्ञापन पत्र बुझाएका हुन । शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा ज्ञापन पत्र बुझाउनु अघि नेपाल बाल विकास शिक्षक समिति कैलालीका अध्यक्ष निर्मला तिमिल्सैनाले बाल विकास शिक्षकका माग र संघर्षका कार्यक्रम पढेर सुनाउनु भएको थियो । उक्त अवसरमा शिक्षा विकास तथा समन्वय इकाईका उपसचिव विष्णुदत्त भट्टले बाल विकास शिक्षकका माग सम्बोधनका लागि आफुले पहल गर्ने बताउनु भएको थियो । ज्ञापन पत्रमा प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत बाल विकास शिक्षकलाई दरबन्दीमा समावेश गर्नुपर्ने , प्राथमिक तहका शिक्षक सरह सेवा सुबिधा पाउनुपर्ने , बालमैत्री कक्षाकोठाको व्यवस्थापन गर्नुपर्ने लगायतका सात बुदे माग उल्लेख गरिएको छ । संघर्षका कार्यक्रम अनुसार आज देशभ

details

झण्डै तीन बर्षपछि टीकापुर घटनाको पेशी शुरु

डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका सांसद रेशम चौधरीको पेशी बिहीबार हुने जनाइएको छ । चौधरीको मुद्दामा बिहीबार सर्वोच्चले पेशी तोकेको छ । टीकापुर घटनाको पहिलो पेशीले वादी प्रतिवादीलाई साक्षी लिएर आउन आदेश दिएको छ । घटनाको झण्डै तीन वर्षपछि भएको पहिलो पेशीले भदौ २४ गते वादी प्रतिवादीलाई साक्षी सहि

details
radiopaschimaawaz

बल्चौर देखि चिसापानी सम्म बिृक्षारोपण कार्य शुरु ।

कैलालीको लम्कीचुहा नगरपालिका ३ बल्चौर देखि चिसापानी सम्म बृक्षारोपण कार्य शुरु भएको छ । बातावरणिय पर्यावरणलाई सन्तुलित राख्नका साथै यस क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई देशैभर चिनाउनको लागि बल्चौर देखि चिसापानी सम्म सड्क किनाराका साथै रानी जमरा कुलरीया सिचाई आयोजनाको नहरको छेउछाउमा विभिन्न १० प्रजात

details
radiopaschimaawaz

बर्षाै सम्म पुल नबन्दा आवत जावातमा समस्या

कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको बरर्दगोरिया गाउ पालीका वडा नं. ३ रानिकुण्डाको नदिमा पुल नबन्दा आवात जावतमा समस्या उत्पन्न भएको छ । पुल नबनेको बर्षौ बितिसक्दा समेत सम्बन्धित निकायले पुल निर्माणमा ध्यान दिन नसकेका कारण विद्मार्थी लगाएत स्थानीयलाई आवात जावत गर्न समस्या भएको हो । चुरे पहाडबाट बगेर आउ

details

‘मिस्टर भर्जिन’ को मोफसल टुरमा दर्शकको साथ

भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’ ले मोफसल टुर सकेको छ । फिल्मको बारेमा जानकारी गराउने तथा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश्यले टुरको आयोजना गरिएको थियो ।

details
radiopaschimaawaz

प्रेमीसँग रंगेहात भेटिएकी महिलाले पतिकै लिंग टोकिदिइन्

एक भारतीय महिलाले आफ्नो पतिको लिंग टोकेर चुँडाइदिएकी छिन् । प्रेमीसँग आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेको रिसमा उनले पतिकै लिंग टोकिदिएकी हुन् । दक्षिण भारतको भेल्लोर जिल्लाको एक गाउँमा बस्ने ४५ वषर्ीया जयन्ती नामकी महिलालाई पतिको हत्या प्रयास गरेको आरोपमा मुद्दा चलाइएको छ । स्थानीय प्रहरीका अ

details
radiopaschimaawaz

यी युवतीको अनौठो दाबी: भूतसँगै प्रेम र सम्भोग

कजना महिला भूतसँग प्रेममा परेकी छिन् । भूतको प्रेममा उनी यति फसेकी छिन् कि भूतसँगको संसर्गबाट बच्चा जन्माउने उनको चाहना छ । एमथिस्ट रिल्म हो उनको नाम । आफू एउटा भूतसँग सिरियस रिलेसनशिपमा रहेको दाबी उनको छ । उनको प्रेमकहानी अनौठो छ । उनको जीवनमा भूतको प्रवेश हुनुअघि उनका एकजना प्रेमी थिए । उनले आफ

details

धनगढी जाँईमा हुने ‘हरेरी महोत्सव २०७५’ तयारी तिब्र

धनगढी २९ साउन / सूदुपश्चिमका तराईमा बसोबास गर्दै आएका संस्कृतिका धनी थारु समुदायले सामूहिक रुपमा गर्दे आएको हरेरी पूजालाई ‘हरेरी महोत्सव २०७५’ लगाउने तयारी गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईका थारु समुदायहरुले जाइँको देउथानमा ‘हरेरी महोत्सव २०७५’को तयारी सरु गरेका छन् । हरेरी महोत्सव

details
radiopaschimaawaz

भूमिहिनको समस्या समाधान गर्न कानुन बनाउछौं ः नगरप्रमुख वड

धनगढी,२९ साउन /धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले भूमिहिनको ब्यबस्थापनका लागि चाँडै कानुन बनाउने बताएका छन् । भूमिहिनहरुको प्रदेश नं ७ स्तरीय अन्तरसंवाद कार्यक्रमको मंगलबार उद्घाटन गर्दै नगरप्रमुख वडले स्थानीयमा लागि सूचिवद्ध २२ वटा एकल अधिकार मध्य भूमिको ब्यबस्थापन गर्ने कुरो पनि रहेको ब

details
radiopaschimaawaz

“मेरो छोरालाई घुँडामुनि गोली हानेर समातेको भएनी हुन्थ्यो, नमारेको भए हुँदैन थियो र?”

काठमाण्डौ साउन २९ / यही साउन २० गते काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट भएको अपहरण एवं हत्याकाण्डमा तीन आमा पुत्र वियोगमा परेका छन् । काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण र हत्यापछि प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीको आमाहरुको अवस्था पनि निशानकी आमा चमेली खड्काको जस्तै बनेको छ । नुवाक

details
radiopaschimaawaz

कर्णालीनदी कटानले टीकापुर बाढीको उच्चजोखिममा

टीकापुर नगरपालिकाको वडा नंं ५ शाहीपुरमा कर्णाली नदीबाट भइरहेको कटान रोक्न स्थानीय जैविक तटबन्ध गरिरहेका छन् । वर्षातको कारण कर्णालीनदीले शाहीपुरमा कटानलाई तिव्रतादिदा बाढीको उच्चजोखिम बढेको हो । नदीले कर्णालीशाहीपुर सामुदायिकबनमा बाढी नियन्त्रणको लागिलगाएको तटबन्ध कटान गर्दै जादा टीकापुर नगरापालिकाव

details

radio programs

View All
  • On air बि.बि.सी नेपाली सेवा -by
  • up next आजको कुरा पुनः प्रसारण -by