News

radiopaschimaawaz

बिपन्न बालबालिकाहरुलाई विद्यालय झोला तथा स्टेशनरी सामग्री वितरण

रंगप्रसाद तिमिल्सैना लम्की , भाद्र २२ / लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा आज ३९औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा विद्यालयमा अध्ययनरत बिपन्न बालबालिकाहरुलाई विद्यालय झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ ।

details
radiopaschimaawaz

विद्यालय क्षेत्रमा रहेको विपद् जोखिमलाई न्युनिकरण गर्न सरोकारवाला सचेत हुनु पर्ने कार्यक्रमका सहभागिको जोड

नेत्रप्रसाद न्यौपाने लम्की,भदौ २२ विद्यालय क्षेत्रमा रहेको विपद् जोखिमलाई न्युनिकरण गर्नको लागि सरोकारवाला सचेत हुनु पर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन । लम्कीचुहा नगरपालिका अन्तरगत सञ्चालित सामुदायिक विद्यालयको संयुक्त अनुगमन तथा स्थतलगत निरीक्षण पछि लम्कीमा आयोजित समिक्षा कार्यक्रममा सहभागिले सो कुरा बताएका हुन । युरोपीयन युनियन मानवीय सहायता तथा नागरीक संरक्षण विभागको आर्थिक सहयोगमा वल्र्ड भिजन ईन्टरनेश्नल नेपालसँगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्) द्वारा संचालित“विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजना” को सहयोगमा लम्कीचुहा नगरपालिका प्रमुख, उप—प्रमुख तथा वडा नम्बर १ देखि १० सम्मका सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा नगरस्तरीय शिक्षा समितिका पदाधिकारी र नगर स्तरीय विपद् ब्यवस्थापन समितिले विहीबार नगरपालिका अन्तरगतका वडा नम्बर ३ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालय बल्चौर र वडा नम्बर ४ मा रहेको जनता माध्यामिक विद्यालय चौरीपुरको अनुगमन गरेको थियो । अनुगमनको क्रममा विद्यालयले विगतको तुलनामा हाल विपद् ब्यावस्थापन तथा प्रकोप पुर्बको तयारी बारे विद्यार्थिलाई सचेत गराउनुका साथै उनीहरुले विपद पर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकार भएको पाइएको थियो । विपद् जोखिम ब्यावस्थापनको लागि विद्यालयले गर्नु पर्ने तयारी र सुधारगर्नु पर्ने विषयमा अनुगमन टोलिले संयुक्त रुपमा छलफल गरी सुझाव समेत तयार पारेको सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्) द्वारा संचालित“विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजनाका कार्यक्रम संयोजक देवी थापाले बताउनु भयो । कार्यक्रममा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले नगरपालिका अन्तरगत रहेका अधिकाशं सामुदायिक विद्यालयको भौतिक संरचनाहरु विपद्को उच्च जोखिममा रहेको बताउदै नगरपालिकाले निरन्तर सुधारको लागि प्रयास गरी रहेको बताउनु भएको थियो । नगरपालिका बाट शिक्षाको क्षेत्रमा विनियोजित गरीने बजेट कम भएको आफुले महशुस गरी रहेको बताउदै नगर प्रमुख बजगाईले अब बजेट विनियोजन गर्दा भौतिक संरचना निमार्णमा विशेष प्राथमिकता राख्नेमा जोड दिनु भएको थियो । वल्र्ड भिजन ईन्टरनेश्नल नेपालका नित्यानन्द पाण्डेले संबिधानमा स्थानिय स्तरको विपद् ब्यवस्थापनको एकल दायित्व स्थानिय सरकारको रहने प्राबाधान राखेकाले समेत यसमा जनप्रतिनिधि सबै गम्भीर हुनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, नगरस्तरीय विपद् जोखिम ब्यावस्थापन समितिका पदाधिकारी, शिक्षा समितिका पदाधिकारी,पत्रकार लगायतकाको सहभागिता रहेको सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्) का सामाजिक परिचालक लक्ष्मि वि.क.ले जानकारी दिनु भएको छ ।

details
radiopaschimaawaz

१५ औं निजामती सेवा दिवसको अवसरमा जानकीमा प्रभातफेरी

नेत्रप्रसाद न्यौपाने लम्की,२२भदौ कैलालीको जानकी गाउपालिकामा १५ औं निजामती सेवा दिवसका अवसरमा प्रभात फेरीको अयोजना गरि मनाईएको छ । ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने नाराका साथ गाउपालिका बाट सुरु भएको प्रभातफेरी दुर्गौली बजार परिक्रम गरि गाउपालिकामा कोण सभामा परिन्त भएको थियो । जानकी गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी ओडको अधयक्ष्यतामा भएको कार्यंक्रममा जानकी गाँउपालि कृर्षि शाखाका प्रमृुख गोरख सिह,वडा सचिबहरुको तर्फ बाट वडा नम्बर ६ का वडा सचिब बासुदेव अधिकारी,स्वाथ्य चौकी प्रमुखहरुको तर्फ बाट मुनुवा स्वास्थय चौकीका प्रमुख विर्ख बहादुर विष्ट,लगायतकाले मन्तव्य राख्नुभएको थियो । प्रभात फेरी कार्यक्रमलाई समापन गर्दे निमित्त प्रमुख प्रशासकिय अधिकृत ओडले आज देशैभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईरहेको बताउदै स्थानिय निकाय स्थापना भएपश्चात पहिलो पटक दिवस मनाईरहेकोले आगामी दिनमा अझै व्यस्थीत तरिका बाट दिवस मनाउने र दिवसले सम्पुर्ण कर्मचारी विच चिनजानका साथै आफुले गर्ने कामकारबाहीका बारेमा समेत अनुभव आदनप्रदान गरिने र कर्मचारी बिच एकता तथा निजामती कर्मचारीहरुको हकहितका लागी समेत सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा जानकी गाँउपालिकामा रहेका विभिन्न शाखामा रहेका निजामति कर्मचारीहरुको उपस्थिती रहेको थियो । गाउँपालिकाले निजामती दिवसको पुर्व सन्ध्यामा विहिवार कार्यालय परिसर सरसफाईको कार्यक्रम समेत अयोजना गरेको थियो । कार्यक्रमको सनचालन जानकी गाँउपालिकाका प्रशासन सहायक तथा राजश्व शाखाका मेवालाल चौधरीले गर्नुभएको थियो । यसै बिच प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवक कर्मचारीमा आह्वान गर्नुभएको छ । ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उहाले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना व्यक्त गर्दै यो सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको उल्लेख गर्नुभएको छ । सरकार र जनताबीच सम्बन्ध सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राज्यका नीति तथा योजना, कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको जनाएका छन् । “जननिर्वा्चित संविधानसभाबाट संविधान निर्माण भई तीनवटै तहका निर्वाचन भइसकेको अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक संरचना पनि संस्थागत भइसकेको छ”, १५औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले “त्यसैअनुरुपको प्रशासनिक संरचनाको स्वरुप निर्धारण भइसकेको र यतिखेर प्रशासनिक संरचनालाई संस्थागत गर्ने विधि र प्रक्रिया पनि अघि बढिरहेको छ ।” “वर्तमान सरकार यही अवस्था सिर्जना गर्न प्रतिबद्ध हुँदै समृद्ध नेपाल, सुखी नेपालीको ध्येयका साथ काम गर्न अग्रसर छ । जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिले राष्ट्रको आवश्यकता हो । निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने कर्मचारीतन्त्रले व्यक्तिगत स्वार्थभन्दा मुलुक र जनताको स्वार्थलाई महत्व दिने गर्दछ”, शुभकामना सन्देशमा भनिएको छ, “यस्तो निजामती प्रशासनबाट मात्र हामीले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न सक्नेछौँ तसर्थ राष्ट्रसेवकको पहिलो अभिभारा राष्ट्रप्रति समर्पित र जनताको सेवामा कटिवद्ध रहँदै एक्काइसौँ शताब्दीका नागरिकको अपेक्षाको सम्बोधन गर्न घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्नु नै हो ।” राजनीतिक नेतृत्वले अघि बढाएको रुपान्तरणको अभियानलाई अझ गति प्रदान गर्न रत्तिभर आलश्य नगर्ने, जिम्मेवारीवोध गर्ने र दोषारोपणको संस्कृतिभन्दा माथि उठेको निजामती प्रशासनले मात्र यो परिकल्पनालाई साकार पार्न सक्ने गरी काम गर्न पनि उहाँले आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

details
radiopaschimaawaz

नेपाल राहत शिक्षक समिति लम्कीचुहाको भेला सम्पन्न

रंगप्रसाद तिमिल्सैना लम्की भाद्र १६ / नेपाल राहत शिक्षक समिति लम्कीचुहाको भेला तथा नगरपालिका स्तरीय स्थानीय राहत शिक्षक समितिको गठन कार्यक्रम आज लम्कीचुहाको राष्ट्रिय नमुना माध्यमिक विद्यालय मोतिपुरमा सम्पन्न भएको छ । नेपाल राहत शिक्षक समिति कैलालीका सदस्य अमर चलाउनेको सभापतित्वमा भएको कार्यक्रमका प

details
radiopaschimaawaz

काग्रेसको विरोध जनतालाई विकास

देवानन्द न्यौपाने कैलाली भदौ १६ / सत्तारुढदल आफ्ना निर्बाचित स्थानिय तहमा कार्यकर्ता पोस्ने काम गरी रहेका बेला नेपाली कांग्रेस भने त्यसको विरोधका रचनात्मक विकास कार्यमा जुट्न थालेको छ । नागरीकलाई राहात र विकास दिनुको साटो आफै सेवा र सुविधा मुखि बन्दै निर्बाचनताका बोलेका बाचा एक पछि अर्को भुल्दै ग

details
radiopaschimaawaz

कर्णाली नदि किनारमा गाई अलपत्र, सरोकार निकाय मुखदर्शक ।

देवानन्द न्यौपाने कैलाली लम्की भदौ १६ /करीब एक साता देखि कर्णाली नदि किनारमा २ वटा गाई अलपत्र परेका छन । कैलालीको चिसापानी र पिचमारीको विचमा रहेको कर्णाली नदिको पानीको बहावनाप्ने गेजको पुर्ब कर्णाली नदिको पारीपट्टी बद्र्रिया राष्ट्रिय निकुञ्जको भिरमा गाइ अलपत्र परेका हुन । चिसापानीका स्थानिय जिव

details
radiopaschimaawaz

टीकापुर मालपोत कार्यालयका कर्मचारीले मुक्तकमैया बाट खाएको घुस फिर्ता ।

देवानन्द न्यौपाने लम्की कैलाली भदौ १६ / कैलालीको जानकी गाउपालीका ८ पालबजार मुक्त कमैया शिविरका स्थानिय बाट मालपोात कार्यालय टीकापुरका कर्मचारीले लिएकोे अबैध रकम फिर्ता भएको छ । मुक्तकमैयालाई लालपुर्जा बनाउन मोटो रकम लाग्ने भन्दै मुक्त कमेैया शिविर पालबजारका ५७ जना बाट उठाएको रकम मध्य २ लाख ३ हजार

details
radiopaschimaawaz

महिनै पिच्छे नयाँ नयाँ कार्यको सुरुवात गर्दै वडा अध्यक्ष भण्डारी

नेत्रप्रसाद न्यौपाने लम्की,भदौ १५ कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९को अयोजनामा शुक्रबार फायरलेन सडक वृक्षरोपण कार्यक्रम सम्पन भएको छ । जानकी गाउँपालिका वडा नम्बर ९का वडा अध्यक्ष खकेन्द्र भण्डारीको अध्यक्ष्यतामा भएको वृक्षारोपण कार्यक्रममा पुर्व सभासद तथा अरुणोद्य उच्च माध्यामिक विद्यालय विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुकदैया चौधरी प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथी समेत रहेकी पुर्व सभासद चौधरीले वृक्षरोपणले गर्दा वतावरण स्वछ तथा हरियाली हुने बताउदै उहाले वडा कार्यालयले थालनी गरेको वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिदै वडाका अन्य सडकमा समेत रोपण गर्नुपर्ने तथा वडा वासी हरुका घरमा समेत बोटविरुवा रोपण गर्न उत्प्रेरित गर्नुपर्ने बताउनु भयो उहाले जहा हरियाली हुन्छ त्यस ठाउमा वातावरण स्वछ सफा हुने र मानिसलाई आवश्यक पर्ने अक्सिजन समेत प्रप्तहुने बताउदै सबैले आ आफनो घरमा पनि वृक्षरोपण गर्नुपर्ने बताउनु भयो । कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष भण्डारीले फायरले सडकमा पहिलो चरणमा ७५ वटा वोटविरुवा रोपण गरेको बताउदै आगामि दिनमा समेत वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।साथै उहाले आफुले गरेका राम्रो काममा साथ दिन र वडा वासीका विरुद्धमा काम गरे खबरदारी गर्न समेत आग्रह गर्नु भयो । वडा अध्यक्ष भण्डारीले यस अघि वडामा थुप्रै रचनात्मक काम गर्दे आउनुभएको छ । वडमा प्रत्येक महिना पिच्छे नया नया कामको सुरुवात गर्दै जानकी गाउपालिकामै नमुना वडाका रुपमा बनाउने उहाको सोच रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । वृक्षरोपण कार्यक्रममा कन्जी, अशोक,जापनीज साल,विजय साल,सिता अशोक,लहरे अशोक र स्वामीका गरी ७५ थान बोट विरुवा रोपण गरिएको छ । बोट विरुवालाई गाडेन जालीले घेरिएको छ । छतिवन सामुदायिक वन उपभोक्ता समुह र हरियोवन केयर नेपालको आर्थिक सहयोगमा गाडेन जाली लगाईएको बताईएको गाडेन जालीले घेरिएको छ । छतिवन सामुदायिक वन उपभोक्ता समुह र हरियोवन केयर नेपालको आर्थिक सहयोगमा गाडेन जाली लगाईएको बताईएको छ । वृक्षरोपण कार्यक्रममा हिमालय राष्ट्यि उच्च माध्यामिक विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर रावल लगायतकाले बोल्नुभएको थियो । वृक्षरोपण कायृक्रमामा वडा अन्तरगत रहेका विद्याल व्यवस्थापन समितिका अध्यक्ष विद्यालयका प्रधान्ध्यापक,संघसंस्थाका प्रमुख तथा प्रतिनिधी,समाजसेवी,बुद्धीजिवी,वडघर,सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधी महिला स्वास्थ्य स्वयमसेवीका लगायतकाको उपस्थिीती रहेको थियो । वडा सदस्य विजय रावलले स्वागत गरेको कार्यक्रमको सन्चालन वडा सचिब प्रेम बहादुर बुढाले गर्नुभएको थियो ।

details
radiopaschimaawaz

अज्ञात समुहको निर्घात कुटपिट बाट लम्कीमा एक जना गम्भीर घाईते ।

देवानन्द न्यौपाने लम्की कैलाली भदौ ११ / अज्ञात समुहको निर्घात कुटपिटका कारण कैलालीको लम्कीमा एक जना गम्भीर घाईते भएका छन । लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुर चोक देखि आफ्नो घर लम्की थपालीपुरमा अटो रिक्सामा जादै गरेका बिरवल खत्रीलाई अज्ञात समुहले निर्घात कुटपिट गरेको हो । घाईते खत्रीको टाउको, म

details
radiopaschimaawaz

बालविकास शिक्षकहरुको नगरपालिकाको कार्यालयमा धर्ना ।

देवानन्द न्यौपाने, लम्की भदौ ११ / लम्कीचुहा नगरपालिका अन्तरगत रहेका बिभिन्न सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षकहरुले बिभिन्न माग गदै नगरपालिकाको कार्यालयमा दुई घण्टा धर्ना दिएका छन । विभिन्न माग राख्दै ददेशैभरका बालविकास शिक्षकहरु आन्दोति भैरहेका बेला नगर स्तरीय बाल विकास समिति लम्कीचुहाले

details
radiopaschimaawaz

राति १० बजे पछि नगर क्षेत्र भित्र डिजे बजाउन नपाउने,नगर प्रमुख बजगाई

नेत्रप्रसाद न्यौपाने लम्की,भदौ ०९ ईलाका प्रहरी कार्यालय लम्की र लम्की चुहा नगरपालिकाको आयोजनामा अन्र्तक्रिया कार्यक्रम शनिबार लम्कीमा सम्पन्न भएको छ । अन्र्तक्रिया कार्यक्रमले लम्की चुहा नगरपालिका भित्र शान्ती सुव्यवस्था कायम गर्नका लागी लम्कीमा सरोकारवालको उपस्थीतीमा विभिन्न निर्णहरु गरेको छ । नगर प्रमुख महादेब बजगाईले प्रस्तुत गरेको निर्णयमा चाडपर्वहरु हरितालिका तिज दशै तिहार जस्ता चाडपर्व लाई मध्यनजर गर्दै समाज लाई असर नगर्ने गरि मनाउने निर्णय गरिएको छ । राति १० बजे पछि बजार क्षेत्र सार्वजनिक स्थल टोल तथा घर आगनमा तिज बन्द गर्ने निर्णय गरेको छ ,। साथै भेलाले सामाजिक विकृतीको रुपमा रहेको घरेलु मदिरा पुर्णरुपमा निषेधीत गर्ने र मदिरा विक्री वितरणमा नगरपालिकाले कार्यविधि बनाएर लागु गर्ने भएको छ । साथै जुवातास लाई पुर्णरुपमा निषेधीत गर्ने र प्रहरीले कडाईका साथ अभियान गर्ने लागुपदार्थ दुव्र्यसनीय निराकरणका लागी सचेतना मुलक कार्यक्रा सन्चालन गर्ने निर्णय समेत गरेको छ । साथै नगर क्षेत्र भित्र रातिको १० बजे पछि कुनै पनि ठाउमा डीजे साउण्ड पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । उपप्रमुख टिका थापाको सभापतित्वमा भएको अन्तकृया कार्यक्रममा नगर प्रमुख महादेब बजगाई प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशी,ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी नायब निरीक्षक नवराज शाही,नेकपा का नेता दल बहादुर विष्ट,नेपालि कंग्रेसका नगर सभापति राम बहादुर विष्ट लम्की चुहा नगरपालिकाका १० वडाकै जनप्रतिनिधी विभिन्न संघसंस्था प्रतिनिधी लगायतकाको उपस्थिती रहेको थियो । यसै बिच कैलालीको लम्की चुहा नगरपालिका भित्र रहेका करीब ३७ वटा ग्रामीण बिधुत सहकारी संस्थाको भेलाले शनिबार नगरपालिका भित्र रहेका बिभिन्न ठाउँमा राती १० बजे पछी डिजे साउण्ड बजाउन नपाउने, अति अपाङ्ग राज्यबाट रातो कार्ड प्राप्त गरेका अशक्त्त अपाङ्ग र दुष्टि बिहिन अपाङ्गहरुलाई ग्रामीण बिधुत सहकारी संस्था बाट प्रति २२ युनिट सम्म बिधुत छुट गर्ने , उज्यालो नगर बनाउन प्रत्येक सडक बिधुत पोलका बल्ब लगाई सडक बत्ती लगाउने ,कार्यालय व्यव्स्थापन गर्नु पर्ने, लगायतका निर्णहरु गरेको छ ।

details
radiopaschimaawaz

लम्की की वृद्ध महिला कर्णाली नदीमा मृत फेला

नेत्रप्रसाद न्यौपाने लम्की,भदौ ०८ हिजोबाट बेपत्ता भएकी लम्कीचुहा नगरपालीका वडा नम्बर १ की ७५ वर्षिय सुनकला बडुवाल आज मृत अवश्थामा फेला परेकी छन । हिजो साझा घरमा सामान्य विवाद पछी मर्छु भनी निस्केकी बडुवाल कर्णाली नदीको किनारमा मृत अवश्थामा फेला परेकी हुन । उनको शव पोष्टमार्टमका लागी टिकापुर अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र खत्रीले सामुदायिक रेडियो पश्चिम आवाज लाई जानकारी दिनुभएको छ ।

details
radiopaschimaawaz

कैलाली जिल्ला प्रमुख थापाद्वारा आफुले पाएको चार लाख ४१ हजार तलवभत्ता बालबालिकाको शिक्षामा खर्चिने घोषणा

धनगढी । भदौ ८ जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले आफूले पाउने तलवभत्ता वापतको रकम विद्यालयको पहु“चभन्दा बाहिर रहेका बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन् । विहीबार कैलाली जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकारी सम्मिलित धनगढीमा भएको एक कार्यक्रममा जिल्ला प्रमुख थापाले यस्तो यस्तो घोषणा गरेका हुन् । उनले हालसम्म जिल्ला समन्वय समितिबाट पाएको चार लाख ४१ हजार रुपैया त्यस्ता बालबालिकाका लागि खर्च गरिने बताए । प्रमुख थापाले जिल्ला शिक्षा तथा समन्वय इकाइ कैलालीबाट कार्यविधी बनाई १३ वटै स्थानीय तहसंग समन्वय गरी खर्च गरिने बताए । शिक्षामा ठूलो लगानी गर्दा पनि गुणस्तर बढन नसक्नु दखद् भएको भन्दै यसअघिको भन्दा फरक किसिमले काम गर्न नसके जिल्लाको शैक्षिक विकास गर्न नसकिने बताए । जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख थापाले वालवालिकाको खुद् भर्नादर ९७ दशमलव ७ पुगेको कैलालीमा विद्यालयको पहुच भन्दा बाहिर रहेका २ दशमलव ३ प्रतिशत बालबालिकालाई शिक्षा दिन यसपछि पाउने रकम पनि खर्च गर्ने बताए ।

details
radiopaschimaawaz

निर्मला हत्या प्रकरण प्रहरीले चलायो गोली, ६ जना गम्भीर घाइते

युवराज न्यौपाने,भदौ ७ कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको वास्तविक हत्यारा सार्वजनिक गर्न माग गर्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले दर्जनौं राउन्ड गोली चलाएको छ । जिल्ला प्रसासन कार्यालय कञ्चनपुर अगाडि प्रहरीले गोली चलाएको हो । गोली लागेर ६ जना प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा लगिएको छ । प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतर्फ अगाडि बढेपछि प्रहरीले गोली चलाएको स्थानीय कृष्ण पाण्डेले जानकारी दिए । प्रहरीले भने गोली नचालाएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान सेठीले अश्रुग्यास प्रहार गरिएको बताए । महेन्द्रनगरका उद्योगी व्यवसायी र अधिकारकर्मीले बिहानै देखि आन्दोलन गरिरहेका छन् । प्रदर्शनकारीले चोकचोकमा टायर बालेर प्रदर्शन गरेका छन् । आन्दोलनका कारण बजार ठप्प भएको छ । मंगलबार र बुधबार पनि महेन्द्रनगर तनावग्रस्त भएको थियो ।

details
radiopaschimaawaz

नेकपामा कुन प्रदेशको अध्यक्ष को नाम सहित हेर्नुहोस ?

काठमाडौं, भदौ ७ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सात प्रदेशमध्ये २ वटा प्रदेश कमिटी अध्यक्षको टुंगो लागेको छ । ् अन्य पाँच प्रदेशमा अध्यक्षका आकांक्षी धेरै भएपछि सहमतिमा साझा नाम सिफारिस गर्न कार्यदल असफल भएका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको आन्तरिक परिपत्रमा प्रदेश कमिटी तथा जिल्ला कमिटीहरु एकीकरण गर्न बनेका कार्यदललाई सम्बन्धित कमिटीमा रहने सदस्य र नेतृत्व समेत सिफारिस गर्न निर्देशन दिइएको थियो । निर्देशन बमोजिम तलदेखि माथिसम्मका सबै कमिटी सहित प्रदेश नेतृत्वको नाम सिफारिस गर्नेमा प्रदेश ७ पहिलो बनेको छ । प्रदेश ७ को कार्यदलले जिल्ला कमिटी, जिल्ला सचिवालय, जिल्ला कार्याल, प्रदेश कमिटी, प्रदेश सचिवालय र प्रदेश कार्यालयको समेत एकीकरण गरेको छ । त्यस्तै प्रदेश अध्यक्षमा तत्कालिन एमालेका पोलिटव्युरो सदस्य कर्णवहादुर थापा र सचिवमा तत्कालिन माओवादीका लक्ष्मीप्रसाद जोशीको नाम सिफारिस गरेको छ । प्रदेश र मातहत कमिटी एकीकरणमा स्थायी कमिटी सदस्यद्धय भीम रावल र लेखराज भट्टले अभिभावकीय भूमिका निर्वाह गरेकाले सबै विषय सहज रुपमा समाधान भएको अध्यक्षमा प्रस्तावित नेता थापाले बताए । अब प्रदेश इन्चार्ज र सहइन्चार्ज पार्टी केन्द्रीय कमिटीले तय गर्नेछ । प्रदेश ७ का ९ मध्ये ५ जिल्लाको नेतृत्व तत्कालिन एमाले र ४ को नेतृत्व तत्कालिन माओवादीले गर्नेछन् । प्रदेश नेतृत्व सिफारिस गर्नेमा प्रदेश ५ पनि परेको छ । यद्यपि प्रदेश ५ को कार्यदलले भने अध्यक्षमा तत्कालिन एमाले र तत्कालिन माओवादीबाट एक एक जनाको नाम सिफारिस गरेको छ । प्रदेश बाँडफाँड गर्दा तत्कालिन एमालेले अध्यक्ष पाएमा दलवहादुर राना मगर र माओवादीले पाएमा गणेशमान पुन बन्ने समझदारी भएको कार्यदल सदस्य मणि थापाले बताए । उनका अनुसार प्रदेश कमिटी अध्यक्ष कसले पाउने भन्ने तय भएपछिमात्र सचिव तय गरिनेछ । प्रदेश कमिटी इन्चार्जमा घनश्याम भुसाल, छबिलाल विश्वकर्मा र मणी थापामध्ये एक हुनेछन् । यद्यपि इन्चार्ज कार्यकारी पद नभएकाले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि इच्छुक रहेको स्रोतको दाबी छ । प्रदेश ७ र ५ बाहेक अन्य प्रदेशले अध्यक्षको नाम सिफारिस गर्न सकेका छैनन् । कतिपय प्रदेश कार्यदलमा त अध्यक्षका आकांक्षीको बारेमा छलफल समेत भएको छैन । ७ प्रदेशमध्ये तत्कालिन एमालेले ४ र माओवादीले ३ प्रदेशको नेतृत्व पाउने समझदारी यसअघि नै भइसकेको छ । जसमध्ये एमालेले प्रदेश १, ३, कर्णाली र ७ नम्बर प्रदेशको अध्यक्ष पाउने र माओवादीले २, ४ र ५ नम्बरको नेतृत्व पाउने सम्भावना छ । सोही समझदारी बमोजिम प्रदेश ७ को अध्यक्षमा तत्कालिन एमालेका नेता कर्ण थापाको मात्र नाम सिफारिस भएको छ ।

details
radiopaschimaawaz

मुस्लिम धर्मावलम्बी बकर इद मनाइँदै

भदौ ६,मुस्लिम धर्मावलम्बी बकर–इदले हर्ष र उत्साहका साथ मनाइरहेका छन्। मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन्। इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ। बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरुले बकर–इदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन्। यो इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गर्ने चलन छ। बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ। बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने चलन छ। आजको दिन सार्वजनिक विदा दिइँदै आएकोमा यो वर्षबाट कटौती गरिएको छ। तर प्रदेश १, २ र ५ मा प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ।

details
radiopaschimaawaz

प्रदेश नम्बर ७ को नाम ‘खप्तड’, राजधानी ‘गोदावरी’ राख्न सुझाव

भदौ ६, २०७५ कैलाली प्रदेश नम्बर ७ को स्थायी राजधानी र प्रदेशको नाम सिफारिस गर्न गठिन विशेष सुझाव समितिले २२ दिनपछि सुझाव बुझाएको छ। समितिले लामो छलफल र बहसपछि प्रदेशको नाम र स्थायी राजधानीको स्थानबारे प्रतिवेदन सभामुख अर्जुनबहादुर थापालाई बुझाएको हो। समितिले बुझाएको प्रतिवेदनमा नाम र स्थायी राजधानी कुन क्षेत्रमा सिफारिस गरिएको छ भन्नेबारे भने गोप्य राखिएको छ। स्रोतका अनुसार प्रतिवेदनमा गोदावरी क्षेत्रमा प्रदेशको स्थायी राजधानी र प्रदेशको नाम खप्तड राख्न सिफारिस गरिएको छ। ‘हामीले सुरुदेखि नै छोटो मिठो नाम राख्ने सोचमा थियौं,’ समितिका एक सदस्यले भने, ‘अन्ततः त्यस्तै नाम भेटिएको छ।’ नाम र राजधानीका विषयमा सर्वसम्मत भएको उनले दावी गरेका छन्। ‘जति कठिन हुन्छ भन्ने थियो त्यति भएन,’ उनले भने, ‘हामीले निर्विवाद रुपमा नाम र स्थान सिफारिस गरेका छौं।’ प्रदेश ७ को नाम ‘खप्तड’ राख्नुपर्ने माग भइरहेको थियो। खप्तडसँगै सेती–महाकाली, सुन्दरपश्चिम, अपी शैपाल आदि नाम चर्चामा रहेको थियो। नाममा विवाद नरहे पनि प्रदेशको राजधानीका विषयमा भने लामो समयदेखि आन्दोलन भइरहेको थियो। तत्कालीन विकास क्षेत्रको सदरमुकाम रहेको दिपालयलाई नै प्रदेश राजधानी बनाउनु पर्छ भन्दै त्यस क्षेत्रका स्थानीयबासीले माग गर्दै आएका छन्। मंगलबार प्रदेश सरकार गठनको ६ महिना पुगेकै दिन सभामुखलाई विशेष सुझाव समितिले स्थायी राजधानी र प्रदेशको नामबारे प्रतिबेदन बुझाएको हो। सुझाव समिति गत साउन १४ मा गठन भएको थियो। सुरुमा एक साताको समय दिइएको समितिले समयसीमाभित्र सुझाव बुझाउन नसकेपछि चौथो पटक समय थप गरिएको थियो। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा गठित समितिमा सत्तापक्षकै प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट, चुनकुमारी चौधरी र बलदेव रेग्मीका साथै प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य श्यामलाल राना थारु रहेका छन्।

details
radiopaschimaawaz

नेपालद्वारा श्रीलंकालाई १९५ रनको लक्ष्य प्रस्तुत, आरिफले बनाए ८९ रन

काठमाडौं, भदौ ६ । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा श्रीलंकाको क्लबलाई १९५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । नौ विकेटको क्षतीमा नेपालले सो लक्ष्य प्रस्तुत गरेको हो । ४८।४ ओभरमा नेपालले सबै विकेट गुमाउँदै सो स्कोर बनाएको हो । नेपालका लागि आरिफ शेखले आज उत्कृष्ट खेले । उनले ११८ बलमा ८९ रन बनाए । आरिफले ८२ बलमा ५० रन पूरा गरेका थिए । अन्य ब्याट्सम्यानले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् । नेपालको ओपनिङ खराब रह्यो। नेपालले १०० रन पूरा गर्दा महत्वपूर्ण ७ विकेट गुमाएको थियो । सुवास खकुरेल १०, अनिल शाह शून्य, ज्ञानेन्द्र मल्ल २१ दिपेन्द्र शून्य, रोहित पौडेल १२, सोमपाल शून्य र विनोद भण्डारी १६ रनमा आउट भए । यस्तै बसन्त रेग्मी १६ रनमा आउट भए । आज पारसले खेलेका छैनन् । पहिलो अभ्यास खेलको नेतृत्व ज्ञानेन्द्रले गरेका छन् । नेपालले अहिले श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग खेलिरहेको हो । नेपाको ओपनिङ खराब रह्यो। नेपालले १०० रन पूरा गर्दा महत्वपूर्ण ७ विकेट गुमाएको थियो । सुवास खकुरेल १०, अनिल शाह शून्य, ज्ञानेन्द्र मल्ल २१ दिपेन्द्र शून्य, रोहित पौडेल १२, सोमपाल शून्य र विनोद भण्डारी १६, बसन्त रेग्मी १६ र ललित भण्डारी ११ रनमा आउट भए । आज पारसले खेलेका छैनन् । पहिलो अभ्यास खेलको नेतृत्व ज्ञानेन्द्रले गरेका छन् । नेपालले अहिले श्रीलंकाको स्थानीय क्लब प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग खेलिरहेको हो । एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली टिम श्रीलंका भ्रमणमा छ । श्रीलंकामा एक साता रहँदा नेपालले तीन फरक फरक क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपालले आगामी शुक्रबार ब्लुमफिल्ड र आइतबार कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेल्नेछ । एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । त्यसपछि नेपाल सोमबार एसिया कप छनोट प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछ । छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एशिया कपमा भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछ ।

details

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by