News

पाटेबाघको छालासहित तीन पक्राउ ।

नेपालगन्ज, फाल्गुन २४ - प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले शनिवार साँझ सुर्खेतमा एउटा दुर्लभ बन्यजन्तु पाटेबाघ र चितुवाको छाला सहित तीनजनालाई पक्राउ गरेको छ । सीआईबीले सुर्खेत प्रहरीको सहयोगमा पाटेबाघ र चितुवाको दुई थान छाला र अन्दाजी ३० किलो भन्दा बढी बाघको हड्डीसहित तीनजनालाई पक्र

details

कुल जनसंख्याको ३९ प्रतिशत नगरवासी

काठमाडौं, फाल्गुन २४ - नयाँ घोषित १ सय ३३ सहित मुलुकभर नगरपालिकाको संख्या १ सय ९१ पुगेको छ । तर ती नगरपालिकाको विकास कसरी गर्ने भन्ने कानुनी व्यवस्था र संरचना भने अझै तयार हुन सकेको छैन । सरकारले बल्ल 'सहरी विकास नियमावली' बनाउने गृहकार्य थालेको छ ।

details

अमेरिकामा वृत्तचित्र 'इन्डियाज डटर' को प्रदर्शन हुने ।

वासिङ्टन , फाल्गुन २४ - सन् २०१२ को १६ डिसेम्बरमा दिल्लीमा भएको सामूहिक बलात्कारमाथि आधारित वृत्तचित्र 'इन्डियाज डटर' को अर्को साता अमेरिकामा पि्रमियर हुने भएको छ । वृत्तचित्रप्रति समर्थन जनाउन पि्रमियरमा अस्कर विजेता हलिउड अभिनेत्री मेरिल स्टि्रप र फ्रिडा पिन्टो पनि सहभागी हुँदैछन् । बारुच कलेज अफ

details

राप्रपा र राप्रपा नेपालबीच एकता प्रयास सुरु ।

२४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पार्टी एकताको प्रयास सुरु भएको छ । पार्टी एकताबारे वार्ता गर्न राप्रपाले वार्ता कमिटी बनाएको छ ।

details

संसदीय समितिको बैठकमा भाग लिने ३० दलीय मोर्चाको निर्णय ।

काठमाडौं, फागुन २४ – एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आफूले डेढ महिनाअघि गरेको निर्णय उल्टाउँदै संसदीय समितिको बैठकमा भाग लिने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरवारमा बसेको बैठकले संसदीय गतिविधिमा फर्कने निर्णय गरेको हो । आजको बैठकमा एमाओवादी अध्यक्

details

अष्ट्रेलियाद्वारा श्रीलंकालाई ३७७ रनको चुनौति ।

२४ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाले श्रीलंकालाई ३७७ रनको चुनौति दिएको छ । टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ग्लेन म्याकसवेलको शतकको मद्दतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३७६ रन बनायो ।

details

अछाम जिल्ला परिषद स्थानीय दलहरुबाटै बहिष्कार ।

२४ फागुन, अछाम । अछाम जिल्ला परिषदको वैठक जिल्लास्थित राजनीतिक दलहरुले नै बहिष्कार गरेपछि अनिश्चितकालका लागि स्थगित भएको छ । गणतन्त्र स्थापनापछिको सातौं जिल्ला परिषद वैठकमा आएका प्रमुख अतिथिले जिल्लावासीहरुको कुरा नसुनी फर्किएको भन्दै एमालेबाहेका दलहरुले परिषद् बहिष्कार गरेका हुन् । परिषद् उद्घाटनका

details

कञ्चनपुरमा हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउन शुरु ।

मिलन प्रसाद ढुङ्गाना महेन्द्रनगर, फागुन २३ । हात्तीपाइले रोग विरुद्धको नि:शुल्क औषधि खुवाउने कार्यक्रम कञ्चनपुर जिल्लामा आजदेखी शुरु भएको छ । महाकाली अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. रामविहारी चौधरीले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव केशव सावदलाई औषधि खुवाएर अभियानको शुरुव

details

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा टीकापूरमा कार्यक्रम हुदै ।

रेजी कुवँर, टीकापर फागुन २२ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा यही फागून २४ गते अर्थात भोली कैलालीको टीकापूरमा पनि बिशेष कार्यक्रमको आयोजना हूने भएको छ । मार्च ८ अर्थात फागून २४ गते कैलालीको टीकापूर स्थित टीकापूर बहुमुखि क्याम्पसमा बिहान साढे ७ बजे र टीकापूरको कान्छि बजार भानुचोक मा नारि शि

details

सिमानामा एसएसबी द्धारा नेपाली कुटिए ।

कञ्चनपुर, फागुन २२ दोधारा चाँदनी भुजा लिएर सिमावर्ती बजारबाट फर्कदै गरेका २ नेपाली युवकलाई भारतिय सिमा सुरक्षा वल (एसएसबी) ले निर्घात कुटपिट गरेका छन् । आज बिहान १० बजे दोधारा चाँदनी नगरपालिकाको सिमावर्ती बजार मेलाघाटबाट फर्कदै गरेको अवस्थामा उनहरुलाई सिमानामा कुटपिट भएको हो । दोधारा चाँदनीनगरपालि

details

अछाम जिल्ला क्यान्सरको उच्च जोखिममा ।

मंगलसैन, फागुन २२ अछाम जिल्ला क्यान्सरको उच्च जोखिममा रहेको जिल्ला अस्पताल अछामले जनाएको छ । पछिल्लो समय अछाम जिल्लामा पनि क्यान्सर बिरामीको संख्या बढ्दै गएको पाईन्छ । खानपान, रहनसहन लगायत विभिन्न कारणले जिल्लामा क्यान्सरका बिरामीको संख्या बढ्दो क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको

details

स्वाथ्य कर्मिमाथि भएको हातपातको घोर भरत्र्सना ।

लम्की, फागुन २३ कैलालीको लम्कीमा रहेको लालरत्न अस्पतालका प्रबन्ध निर्देशक लिला राज बिष्ट माथी अस्पताल परीसरमै भएको सांघातीक हमलाको विभीन्न स्वास्थ्य सम्बद्ध संघ संस्थाहरुले निन्दा गरेका छन् । फाल्गुण २१ गते अस्पताल भित्रै बिरामीको उपचार गरिरहेको अवस्थामा बिष्ट माथि हातपात भएको प्रहरीले जनाएको छ ।

details

बैतडीमा मदिरा सेवनबाट चार सरकारी कर्मचारीले ज्यान गुमाए ।

बैतडि, फाग्ुन २३ बैतडीमा मदिरा सेवनबाट यो बर्ष मात्र चार सरकारी कर्मचारीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मालपोत, विद्युत वितरण केन्द्र पाटन, पशु सेवा कार्यालय मेलौली र प्रहरी कार्यालयका कर्मचारीले ज्यान गुमाएका हुन । सहर बजारमा जथाभावी पाइने गुणस्तरहीन मदिराका कारण ज्यान गएको

details

डा. भट्टराईले भने-भारतलाई गुहारेको छैन ।

२३ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी नेता डा. बाबुराम भट्टराईले आफूले भारतलाई नगुहारेको दाबी गरेका छन् । हालै भारत भ्रमणबाट फर्किएका भट्टराईले शनिबारको बालुवाटार बैठकमा यस्तो दाबी गरेका हुन् । प्रमुख दलका शीर्ष नेताहरुबीच संवादहिनता तोडिएर सुरु भएको वार्तालाई उनले सकारात्मक भन्दै राजनीतिक गतिर

details

जेठ १५ गते संविधान जारी हुन्छ– एमाले नेता भुसाल ।

२३ फागुन, म्याग्दी । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आगामी जेठ १५ गते नयाँ संविधान जारी हुने ठोकुवा गरेका छन् । प्रेस चौतारी नेपाल म्याग्दी शाखाले शनिबार बिहान बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले विपक्षी दलहरुसँग सुरु भएको वार्ता सकारात्मक बन्दै गएकाले अधिकतम सहमतिमा संविधान जारी

details

अपराध नियन्त्रण गर्न बाँकेका विद्यार्थीलाई विशेष तालिम ।

२३ फागुन, नेपालगन्ज । बाँके प्रहरीले प्रहरी नागरिक हातेमालो अन्र्तगत ‘शान्तिदुत’ कार्यक्रम लागू गर्ने भएको छ । कार्यक्रमको बारेमा जानकारी दिन शनिबार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा नागरिकलाई उत्तरदायी बनाउन पहिलो चरण उच्च माविका विद्यार्थीलाई तालिम दिने बताइएको छ । जिल्लाका विभिन्न स्थानका उच्

details

प्रचण्ड कहाँबाट असुरक्षित ? फेसबुकबाट की भाइबरबाट ?

२३ फागुन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले आफू असुरक्षित भएँ भनेर दिएको अभिव्यक्तिलाई उद्धृत गर्दै नेकपा एमाले नेता माधवकुमार नेपालले प्रश्न गरेका छन्, ‘कहाँबाट असुरक्षित फेसबुकबाट ? भाइबरबाट ? इमेलबाट ? कि टेलिफोनबाट ?’ प्रचण्डले आफू असुरक्षित भएँ भनेको थाहा पाउँदा बित्तिकै आफूले एमाले उपाध्

details

संघीयताको विवाद आयोगबाट टुंग्याउनु पर्छ : ज्ञवाली ।

२३ फागुन, घोराही । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संघीयताको बिषयलाई आयोग बनाएर टुंग्याउनु पर्ने बताएका छन् । प्रेस चौतारी दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष ज्ञवालीले जटिल बनेको प्रदेश निर्माणको बिषयलाई संघिय आयोग मार्फत् टुंगो लगाउनुपर्ने बताए ।

details

radio programs

View All
  • On air नेपाली सदाबहार गीतहरु -by Non Stop songs
  • up next पुराना हिन्दी गीतहरु -by