News

बाम गठबन्धन की दाम गठबन्धन

डोटी । वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि डोटीबाट उम्मेदवार बनेका प्रेमबहादुर आलेमगरलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंगन गर्दै पैसा बाँडेको भन्ने उजुरी परेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । निवर्तमान सांसद समेत रहेका आलेमगरलाई आयोगले २४ घण्टाभित्र चित्तबुझ्दो ज

details
radiopaschimaawaz

सुस्त मोटरसाइकल प्रतियोगिताका

नेत्र प्रसाद न्यौपाने लम्की ,कार्तिक २० लम्की जेसीज लम्की कैलालीले सप्ताहाव्यापी कार्यक्रमको पहिलो दिन आज उदघाटन तथा सुस्त मोटरसाइकल प्रतियोगिता सम्पन गरेको छ । जेसीजको पर्वका रुपमा मनाइने यस कार्यत्रलमलाई प्रत्येक वर्ष झै यस वर्ष पनि लम्की जेसीजले निरन्तरता दिदै लम्की जेसीज र लम्की लेडी जेसीज

details
radiopaschimaawaz

मेरो उम्मेदवारी नै काँग्रेसको सम्मान /राठौर

नेत्र प्रसाद न्यौपाने लम्की, २० कात्तिक नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मोहनसिँह राठौरले प्रजातान्त्रिक धारमा समाहित भएको बताउनुभएको छ । खैरीफाँटा चौराहामा सोमवार आयोजित साविक पथरैया गाविसस्तरीय अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले आफ्नो उम्मेदवारी काँग्रेसले गरेको सम्मान भएको महशुस गरेको बताउनुभयो । उहाँले जीवनभर झण्डा बोकेको एमालेले आफूलाई अपमान गरेर सडकमा फालेका बेला काँग्रेसले सम्मान दिएर ऋणी बनाएको बताउनुभयो । उहाँले आफ्नो आगामी जीवन काँग्रेसको संगठन सुदृढीकरणमा बिताउने बताउँदै यो सम्मानको ब्याज सहित फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले एमाले पार्टी भित्र लोकतान्त्रिक व्यवहार खोज्दा आफू अपमानित हुनुपरेको बताउँदै वामगठबन्धन लोकतन्त्र मास्ने अपवित्र साँठगाँठ भएको बताउनुभयो । उहाँले काँग्रेसलाई मतदान गरेर सबै लोकतन्त्रवादीहरु एकजुट हुनु आजको आवश्यकता भएको बताउनुभयो । एमालेका तर्फबाट शिक्षा राज्यमन्त्री समेत भैसक्नु भएका राठौर काँग्रेस प्रवेश गर्नुभएको थियो । काँग्रेसले तिनै राठौरलाई प्रतिनिधि सभाको उम्मेदवारका रुपमा अघि सारेको छ । सोही अवसरमा क्षेत्र नं. २ क बाट प्रदेश सभाका उम्मेदवार हिमबहादुर रावलले प्रदेश नं. ७ लाई आर्थिक रुपमा सम्वृद्ध बनाउने खाका काँग्रेससँग रहेको बताउनुभयो । उहाँले यहाँको पर्यटन, जलस्रोत, जडिबुटी, कृषि र कला संस्कृतिका माध्यमबाट प्रदेश नं. ७ लाई साँच्चैको सुन्दर सुदूरपश्चिम बनाउन सकिने बताउनुभयो । उहाँले आफू नातावाद भन्दा माथि उठेर सबै जनताको सेवकका रुपमा मतका लागि घरदैलोमा आएको बताउँदै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाजको बृहत्तर विकासका लागि समर्पित रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा क्षेत्र नं. २ ख बाट प्रदेश सभाका उम्मेदवार अरुण चौधरीले सबै जातजातिको मित्रतामा मात्रै समाजको हित रहेको बताउनुभयो । उहाँले सबै मिलेर मात्रै समाज बदल्न सकिने भएकाले विगतका तिक्ततालाई बिर्सिएर आगामी सुन्दर भविष्यको मार्ग कोर्ने बेला आएको बताउनुभयो । प्रदेशका लागि समानुपातिक उम्मेदवार सुशीला शाहीले काँग्रेसले सदैव सबै मतदातालाई समान व्यवहार गर्ने बताउनुभयो । उहाँले स्थानीय तहमा एमाले र माओवादीले जितेका ठाउँमा मात्रै विकास निर्माणका काम भैरहेको बताउँदै काँग्रेसले जितेका ठाउँलाई वेवास्ता गर्ने गरेको बताउनुभयो । साविक पथरैया गाउकार्य समितिका सभपति काशीराम देवकोटाको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य धर्मराज न्यौपाने, नमराज उपाध्याय लगायतले बोल्नुभएको थियो ।

details
radiopaschimaawaz

अनुगमन तथा मूल्याँकन सम्वन्धि तालिम शुरु

नेत्र प्रसाद न्यौपाने÷कैलाली, कार्तिक १९ बाल केन्द्रीत विपद् जोखिम न्युनिकरण कन्र्सोटियम द्वारा संचालित भ्ऋज्इ(ज्क्ष्ए “विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजना” अन्र्तगत वल्र्ड भिजन इन्टरनेश्नल नेपालसंगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज कैलाली र जिल्ला शिक्षा कार्यालय कैलालीक

details
radiopaschimaawaz

लोकतन्त्र हडप्नका लागि कम्यूनिष्ट गठवन्धन ः डा.आरजु

देवानन्द न्यौपाने लम्की कैलाली कातिक १९ / नेपाली कांग्रेसकी नेतृ तथा कैलाली क्षेत्र नं ५ कि उम्मेदबार डा. आरजु देउवाले देशलाई कम्यूनिष्ट अतिवादबाट जोगाउन नेपाली कांग्रेसलाई जिताउनु पर्ने बताएकी छन् । शनिवार कैलाली गाउँपालीकाको गदरीयामा आयोजित चुनावी भेलालाई सम्बोधा गर्दै नेतृ देउवाले लोकतन्त्र ह

details
radiopaschimaawaz

लोकतन्त्रको रक्षाको लागि कांग्रेसमा प्रवेश गरेको हु : पुर्वमन्त्री राठौर

कैलाली। नेपाली कांग्रेसका नेता तथा पुर्ब मन्त्री महोनसिंह राठौरले लोकतन्त्रको रक्षाको लागि आफु नेपाली कांग्रेसमा प्रबेश गरेको बताएका छन् । कैलालीको लम्कीमा शनिबार नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको उम्मेदवारलाई स्वागत तथा क्षेत्रीय भेलामा संबोधन गदै नेता राठोरले बाम गठबन्धनले लोकतन्त

details

कञ्चनपुर–३ मा तात्यो कांग्रेस

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखक उम्मेदवार रहेको कञ्चनपुर क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मी बढेको छ । अगामी मंसिर २१ गते हुने निर्वाचनमा क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजय गराउन शनिबार क्षेत्रीय र नगरस्तरीय प्रचार समिति गठन गरिएको छ ।

details

कैलालीमा कांग्रेसको उम्मेदवारी दर्ता

धनगढी । नेपाली कांग्रेसले कैलालीमा प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्रमा मनोनयन दर्ता गराएको छ । प्रधानमन्त्री पत्नी आरजु राणाले कैलाली क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराएकी छन् । उनले क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर निर्धारित समयमा उम्मेदवा

details

बामगठबन्धनबाट कैलालीका मनोनयन दर्ता

धनगढी । बामगठबन्धनबाट कैलालीका प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्रमा मनोनयन दर्ता गरेको छ । आज दिउँसो धनगढीको चटकपुरबाट शुरु भएको जुलुशले शहरको मुख्य भाग परिक्रमा गर्दै निर्वाचन अधिकृतको कार्यालयहरूमा बामगठबन्धनले मनोनयन दर्ता गराएको हो । बामगठबन्धनबाट प्रतिनिधिसभाका लागि क्षेत्र १ मा एमालेका

details
radiopaschimaawaz

नेपाली काग्रेस लम्कीचुहा नगर समितीको कार्यालयमा आगजनी ।

नवराज खनाल , लम्की कार्तिक १५ / नेपाली काग्रेस लम्कीचुहा नगर समितीको कार्यालय थपालीपुरमा अज्ञात समुहले आगजनी गरेको छ । नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ का नेता पुर्ब सांसद तथा संसदका अनुगमन तथा सुशासन समितिका सभापति समेत रहनु भएका महोनसिंह राठौर नेपाली काग्रेसमा प्रबेश गरे लगतै गएराति करीब साडे

details

एमालेका २ निवर्तमान सांसद काँग्रेसमा प्रवेश

काठमाडौं। नेकपा एमालेका नेता सांसदहरु एमाले त्याग्दै काँग्रेसमा प्रवेश गर्ने क्रम वढ्दो छ। एमाले अध्यक्षकै गृहजिल्ला झापाका एमालेका नेताहरु काँग्रेसमा प्रवेश गरेकै भोलिपल्ट एमालेका दुई निवर्तमान सांसद काँग्रेसमा प्रवेश गरेका छन्।

details

केपी ओलीका 'दाहिने हात' काँग्रेसमा प्रवेश, ओलीलाई ठूलो धक्का !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीका झापाका मुख्य सहयोगी (दाहिने हात) नै काँग्रेसमा प्रवेश गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा तीन पटकसम्म गाविस अध्यक्ष बनिसकेका र गाउँ विकास समिति राष्ट्रिय महासंघका सचिवालय सदस्य समेत बनिसकेका पदम गौतम काँग्रेसमा प्रवेश गरेक

details

बिचफाँटा-परासन हुँदै कुण्डा सडकको निर्माण कार्य सुरु

कञ्चनपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखक भौतिक योजना मन्त्री भएको समयमा दिवान बिष्ट समेतको पहलमा बजेट निकासा गरिएको बिचफाँटा-परासन हुँदै कुण्डा सडकको निर्माण कार्य सुरु भएको छ । नेपाली काँग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको नेतृत्वको सरकारका पालामा रातो किताबमा समाबेश उक्त सडकको न

details

काँग्रेस नेतृ आरजु राणा कैलाली ५ बाट उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा सदस्यको दोस्रो चरणमा हुने निर्वाचनको लागि ४ जना महिला सहित १० जना उम्मेदवारको नाम टुङ्ग्याएको छ । सोमबार बालुवाटारमा बसेको काँग्रेस संसदीय बोर्डको बैठकले यी ४ जना महिला सहित १० जनालाई प्रत्यक्षतर्फ टिकट दिने निर्णय गरेको काँग्रेसका प्रचारसमितिका संयोज

details

कांग्रेसले वृद्धभत्ता बढाउने, राज्यलाई भ्रष्टाचारमुक्त बनाउने

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आसन्न आम चुनावका लागि तयार पारेको घोषणापत्रमा कम्युनिष्टहरुलाई ‘हत्यारा र राज्य आतंकका पक्षपाती’ को संज्ञा दिएको छ । कांग्रेसले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि तयार पारेको ८४ पृष्ठ लामो घोषणापत्र मंगलबार सार्वजनिक गर्दैछ, जसमा वाम गठबन्धनप्रति निकै कठोर

details
radiopaschimaawaz

तेस्रो जेटी कप क्रिकेट प्रतियोगिता २०७४ को तयारी पुरा ।

नेत्र प्रसाद न्यौपाने, लम्की कात्र्तिक १३ / कैलालीको बर्दगोरिया गाउपालिका वाड नम्बर १ मा हुन गईरहेको जिल्ला अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०७४ को तयारी पुरा भएको छ । जगततारा ईङलिस बोर्डीङ स्कुलको आयोजनामा यही कार्तीक १५ गते देखि ३० गते सम्म राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद

details
radiopaschimaawaz

बर्दगोरीया गाउपालिकामा जिल्ला अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता २०७४ हुने

नेत्र प्रसाद न्यौपाने लम्की,कर्तिक ०७ कैलालीकोको बर्दगोरीया गाउपालिकामा अन्तर विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगिता २०७४ हुने भएको छ । नवबालबाटिका विद्यामन्दीर विद्यालयको आयोजनामा कार्तिक १७ गते देखी १९ गते सम्म सास्कृतिक, पहिचान व्यक्तित्व विकास एबं्म स्वस्थ्यका लागी नृत्य भन्ने नाराका साथ नृत्य प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा जिल्लाका ५० विद्याललयका करिब ३ सय विद्यार्थी सहभागी हुने मंगलबार बर्दगोरीयामा पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराईएको हो । स्थानीय कला संस्कृति लाई जर्गेना गर्दै विद्यार्थिहरुको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागेको विदेयालयका संस्थापक प्रीन्सिपल प्रमोद मल्लले बताउनु भयो । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार दितिय लाई २५ हजार,तितृय लाई १५ हजार र सान्तवना लाई १० हजार नगद,प्रमाणपत्र,ट्फि,मेडल प्रदान गरिने बताईएको छ । नृत्य प्रतियोगिता अनुमानित ५ लाख रुपैया बराबर खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता मा सहभागीहुने विद्यालयले ५ हजार शुल्क तिर्नुपर्ने भएको छ ।

details
radiopaschimaawaz

कार्तिक मसान्त भित्र नगरपालिका लाई खुल्ला दिशा मुत्त नगर घोषण गर्ने जनप्रतिनिधीको प्रतिबद्धता

नेत्र प्रसाद न्यौपाने लम्की,कार्तिक ०८ कार्तिक मसान्त भित्र नगरपालिका लाई खुल्ला दिशा मुत्त नगर घोषण गर्ने जनप्रतिनिधीले प्रतिबद्धता जाहेर गरेका छन ।कैलालीको लम्की चुहा नगरपालिकामा १ दिने खुल्ला दिशा मुत्त घोषणका लागी अभिमुखिकरण कार्यक्रम यस्तो बताएका हुन । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढी कैलालीको समन्वय र युनिसेफ नेपालको सहकार्यमा तथा लम्की चुहा नगरपालिकाको अयोजनामा भएको कार्यक्रमका सभापति लम्की चुहा नगरपालिकाका मेयर महादेब बजगाई रहनुभएको थियो । कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीका ईन्जिनियर दल बहादुर शाह, युनिसेफका होमनाथ आचार्य लम्की चुहा नगरपालिकाका वाड नम्बर १ देखी १० सम्मका वाड अध्यक्ष,सदस्य हरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कै्रलालीका अधिकंश साविकका गाविस लगायतका स्थानिय निकाय खुल्ला दिशा मुत्त क्षेत्र घोषण भईसकेको र नेपाल सरकारको निति अनुसार कैलालीलाई सन २०१७ सम्म घोषण गरि सक्नुपर्ने भएकाले यस्तो अभियान चलाएको बताईएको छ । ७ नम्बर प्रदेशको सबैभन्दा पहिला कैलालीको खुल्ला दिशा मुत्त क्षेत्र घोषण साविकको पवेरा गाविसबाट सुरुवात भएको बताएको छ । कार्यक्रममा खुल्ला रुपमा दिशा गर्दा १ ग्राम दिशामा १ करोड भाईरस,१० लाख ब्याक्टेरीया,१ ह्जार परिजिवि र १ सय अण्डा उत्पादन गरी भिङ्गाल मानिसहरुको खानामा छोडने र जसले गर्दा महामारी लगायतका रोग सार्न सक्ने बताएको थियो । अभिमुखिकरण कार्यक्रम पश्चात लम्की चुहा नगरपालिकामा वाड नम्बर १ मा ३६०० घरधुरी रहेकोमा ३ हजार ५ सय ९८ घरमा बनेको र २ घरमा बन्न बाकी रहेको,वाड नम्बर २मा १ हजार ५ सय ६६ घरधुरी रहेकोमा १ हजार ५ सय ४२ ले बनाएका र २४ घर बाकी ,वाड नम्बर ३ मा १ हजार ४सय २० घरधुरी रहेकोमा १ हजार ४ सय १५ ले बनाएका र ५ घर बाकी, वाड नम्बर ४ मा १ हजार ८ सय ९५ घरधुरी रहेकोमा १ हजार सात सय ९५ ले बनाएका र १ सय घरधुरीमा बाकी रहेको, वाड नम्बर ५ मा १ हजार १ सय ७७ घरधुरी रहेकोमा १ हजार १ सय ५३ घरमा बनेको र २५ घरधुरीमा बन्न बाकी रहेको यस्तै वाड नम्बर ६ मा १ हजार ९ सय १ घरधुरी रहेकोमा १ हजार ८ सय १७ घरमा बनेको र ८४ घर मा बन्न बाकी, वाड नम्र ७मा १ हजार ३ सय ६४ घरधुरी रहेकोमा १ हजार ३ सय ३९ घरधुरीले बनाएका र २५ भर बन्न बाकी रहेका ,वाड नम्बर ८मा १ हजार २ सय ३० घरधुरी रहेकोमा १ हजार १ सय १७ घरधुरीमा बनेको र १०२ घर बन्न बाकी रहेका छन । भने वाड नम्बर ९ मा १ हजार ५ सय ७४ घरधुरी रहेकोमा १ हजार ५ सय ५३ भरमा बनेको २१ घरमा शौचालय बन्न बाकी र वाड नम्बर १०मा ९९३ घरधुरी रहेकोमा ९६१ घरमा शौचालय बनेको ३२ घर बन्न बाकी रहेको तथ्याक बलिया स्वास्थ चौकीका प्रमुख तप्त बहादुर भण्डारीले प्रस्तुत गर्नु भएको थियो । साविकको प्रतापुर गाविस भने खुल्ला दिशा मुत्त गाविस घोष्ण भईसकेको बताईएको छ । लम्की चुहा नगरपालिकाकालाई यहि कार्तिक मसान्तमा खुल्ला दिशा मुत्त नगरपालिका घोषणका लागी आ अफनो वाडमा शौचालय बनाउने प्रतिबद्धता समेत सम्पुर्ण वाडका जनप्रतिनिधीहरुले गर्नुभएको छ । कार्यक्रमको सनचालन बलिया स्वास्थ्य चौकीका प्रमुख तप्त बहादुर भण्डारीले गर्नुभएको थियो ।

details

radio programs

View All
  • On air नेपाली लोक गीतहरु -by
  • up next खबर संक्षेप -by