जनतालाई निराशा हुन दिने छैन– प्रदेश सांसद शाह

लम्की /कैलाली क्षेत्र नम्बर २ क बाट निर्वाचित प्रदेश सभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा नेपाली काङ्ग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले आफ्नो क्षेत्रका जनता लाई निराश नहुने गरि बिकास गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।     

                                  

नेता शाहले त्रिबेणि धाम संरक्षण समाज मोहन्याल ७ बढीगाँउले आयोजना गरेको माघी मेलामा बोल्दै भूगोलको भौगोलिक बनावट अनुसार पहिचान गरि सरोकारवाला जनताको भावना र आवश्यक्ता अनुसार बिकास निर्माण गरि आफ्नो ५ वर्षे कार्यकाल भित्र आफुलाइ जनताको गुनासो र निराशाका शब्द सुन्ने अबस्थाको सृजना हुन नदिने बताउनु भएको हो ।

 

आफुलाइ जसरी जनताले बिश्वास गरेर सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित गरेर जिम्मेवारी दिएका छन् । आफू प्रदेशसभा सदस्यमा निर्वाचित भैसके पछि माननिय नसोची जनताको कारिन्दा सम्झेर सबै पार्टीका कार्यकर्ता र जनता कोसाँझा ब्यक्ती भएकोले सबैका सल्लाह ,सुझावलाई सम्बोधनगरि बिकास निर्माणकार्यमा सहभागीता गराउने समेत नेता शाहले बताउनु भएको छ।   

 

त्रिवेणि धाम तीन वटा मात्र नदि कर्णाली ,भेरी र बादेखोला को मात्र नभाइ मोहन्याल, चौकुने र पन्चपुरी तिनवटा पालिकाको त्रिबेणि संगम भएकोले तीन वटा पालिका र सुदूरपश्चिम तथा  कर्णाली प्रदेशको पहलमा कर्णाली,भेरी नदिमा तीन खुट्टे झोलुङ्गे पुलको निर्माण गरि पबित्र भुमीमा धार्मिक पर्यटन बनाइ पर्यटक र भक्तजन भित्राइ धार्मिक तिर्थस्थल बनाउने कार्यमा आफुले सक्दो सहयोग शाहले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

 

प्रतिकृया दिनुहोस