दुवै मिर्गौला फेल, मुटुमा समेत समस्या : जीवन बचाउन अम्बर आउजीको मार्मिक अपिल, उपचारका लागि आर्थिक सहयोगको याचना
देवानन्द न्यौपाने
लम्की / कैलालीको लम्कीचुहा नगरपालिका–३ का ४२ वर्षीय अम्बर आउजी यतिबेला भारतको गुजरातस्थित सुरतमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेका छन्। रोजगारीका लागि भारत पुगेका उनी विगत ३० वर्षदेखि त्यहीँ पसिना बगाउँदै परिवारको जीविका चलाउँदै आएका थिए। तर, नियतिले यस्तो बज्रपात गर्यो कि अहिले आफ्नै जीवन बचाउनसमेत उनी सहयोगी मनहरूको




















































