लम्की महोत्सव २०८२ को भोली छैठौं दिन चर्चित गायिका एलिना चौहान आउदै

लम्की /  लम्की महोत्सव २०८२ को भोली छैठौं दिन चर्चित गायिका एलिना चौहानको प्रस्तुती रहने भएको छ । भोली मंसिर १५ गते चर्चित लोक प्रीय गायिका एलिना चौहान संगै गायक दिनेश बजगाई, गायक विष्णु सिजाली मगर, मोडेल अनु खड्का, उद्घोषक आर.जे. राष्कोटी र उद्घोषिका अनिता धामीको प्रस्तुती रहने लम्की महोत्सव २०८२ का कलाकार संयोजक मनिष न्यौपानेले सामुदायिक रेडियो पश्चिम आवाज र सुदूरपश्चिम टेलिभिजनलाई जानकारी दिनु भएको छ । 


आज पाचौं दिन, आज दर्शकहरुको घुइँचो लागेको थियो । महोत्सवमा हजारौ दर्शकले महोत्सवको अवलोकन गरेका आयोजकले जनाएको छ । महोत्सवमा आज गायिका तथा उद्घोषिका अनिता धामी,  जीबव र्यापर, बाल गायिका कल्पना बिष्ट र गायिका सृजना क्षेत्रीको प्रस्तुती रहेको  संयोजक मनिष न्यौपानेले सामुदायिक रेडियो र सुदूरपश्चिम टेलिभिजनलाई जानकारी दिनु भएको छ ।  

समुन्नत लम्कीचुहाको आधार शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ मंसिर १० गतेदेखि सुरु भएको लम्की महोत्सव २०८२ मंसिर २१ गतेसम्म सञ्चालन हुनेछ । लम्कीचुहा उद्योग बाणिज्य संघको आयोजनामा भएको यस बर्षको महोत्सव विगतका बर्षका भन्दा केही फरक हुने आयोजकले दावी गदै आएको छ । महोत्सवमा २ सय बढी व्यापारीक तथा सेवा मूलक स्टल, कृषि प्रर्दशनी, रमाईलो मेला रहेका छन । महोत्सवमा विभिन्न सामानहरु समेत राखिएका छन । घरायसी सामान देखि अन्य तत्ता, कपाडा, भाडा, नर्रसरी, जुताचप्पल, नमकिन लगायतका स्टल रहेका छन । महोत्सवमा थारु गाउँमा विभिन्न थारु समुदायका खानपिनका परिकाहरु समेत राखिएका छन ।  भने रमाइलो मेलाले महोत्सवको रौनक अझै बढाएको छ । 

 

प्रतिकृया दिनुहोस