किसान बहुउद्देश्यीय सहकारीद्वारा सदस्यलाई १० लाख ४६ हजार १ सय ६३ रुपैयाँ सुविधा वितरण
लम्की / किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई सुविधा बापत १० लाख ४६ हजार १ सय ६३ रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको छ।
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, लम्की शाखाअन्तर्गत लम्कीचुहा नगरपालिका–१, थपालीपुरमा रहेको केन्द्र नं. २४५५ की शेयर सदस्य गोमा बुढाको केही समयअघि निधन भएपछि उहाँका श्रीमान् जगतबहादुर बुढालाई सदस्य सुरक्षण कोषबाट सुविधा बापत ४ लाख ३६ हजार ३ सय ९६ रुपैयाँ बराबरको रकम चेकमार्फत हस्तान्तरण गरिएको हो। सोमबार आयोजित श्रद्धाञ्जली तथा सुविधा वितरण कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको थियो। यस्तै सहकारी संस्थाको लम्की शाखाअन्तर्गत लम्कीचुहा नगरपालिका–१, थपालीपुरमा रहेको केन्द्र नं. ४९१ की शेयर सदस्य सपुरा प्याकुरेलका श्रीमान् कलप्रसाद प्याकुरेलको केही समयअघि निधन भएपछि सपुरा प्याकुरेललाई सदस्य सुरक्षण कोषबाट सुविधा बापत ६ लाख ९ हजार ७ सय ६७ रुपैयाँ बराबरको रकम चेकमार्फत हस्तान्तरण गरिएको हो।
किसान बहुउद्देश्यीय सहकारी संस्थाकाे केन्द्रीय कार्यालयका अनुगमन विभाग प्रमुख प्रकाशकुमार जिसीको सभापतित्वमा भएको कार्यक्रमकाे प्रमुख अतिथिमा लम्कीचुहा नगरपालिका–१ का वडा सदस्य रामबहादुर चलाउने रहनुभएको थियो।
कार्यक्रममा सहकारी संस्थाका केन्द्रीय कार्यालयका तालिम विभाग प्रमुख नारायण चौधरी, सहकारी संस्थाका लम्की शाखा प्रमुख रामबहादुर चौधरीलगायतले शोक मन्तव्य राख्नुभएको थियो। उहाँहरूले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामबहादुर चलाउनेलगायतका वक्ताहरूले किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरूको सुख–दुःखमा साथ दिँदै आएको भन्दै संस्थाले सञ्चालन गर्दै आएका सेवा तथा सुविधाको प्रशंसा गर्नुभएको थियो। उहाँहरूले सदस्यको मृत्युजस्तो दुःखद् अवस्थामा सदस्य सुरक्षा कोषमार्फत परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउनु सहकारीको महत्वपूर्ण र सकारात्मक कार्य भएको बताउनुभएको थियो।
कार्यक्रममा बाेल्दै सहकारी संस्थाकाे केन्द्रीय कार्यालयका अनुगमन विभाग प्रमुख प्रकाशकुमार जिसीले संथाले सदस्यहरूकाे हरेक सुख र दुःखमा साथमा रहने गरेको बताउनुभयो ।
कार्यक्रममा सहभागी शाेक मन्तव्य दिने वक्ताहरूले सहकारीले सदस्यलाई आर्थिक कारोबारमा मात्र सीमित नराखी आपत्विपत्मा समेत सहयोग गर्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले सदस्यहरूमा सहकारीप्रतिको विश्वास र अपनत्व अझ बढाउने बताएका थिए।
कार्यक्रममा सहकारी संस्थाका लम्की शाखा प्रमुख रामबहादुर चौधरीले संस्थाले आफ्ना सदस्यलाई प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाका बारेमा जानकारी गराउनुभएको थियो। उहाँले संस्थाले सदस्यको आर्थिक तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभएको थियो।
श्रद्धाञ्जली तथा सुविधा वितरण कार्यक्रममा सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरू, महिला समूहका सदस्य, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रममा सहकारी संस्थाका फिल्ड सहायक उर्मिला शाहीलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित सहभागीहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।
यसैबीच पछिल्लो समय बढ्दै गएको जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले सहकारी संस्थाले मृतक सदस्यको सम्झनास्वरूप उहाँको घरआँगनमा लिच्चीको बिरुवासमेत रोपेको छ। कार्यक्रमको सञ्चालन सहकारी संस्था लम्की शाखाका लेखा सहायक योगेश भण्डारीले गर्नुभएको थियो।












प्रतिकृया दिनुहोस