किसान सहकारीको सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम धनगढी शाखाको जालीमा सम्पन्न

धनगढी /  किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धनगढी शाखाको आयोजनामा सञ्चालन भइरहेको सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम–२०८३ अन्तर्गत दोस्रो दिनको कार्यक्रम धनगढी उपमहानगरपालिका–६, जालीस्थित बासुदेव स्कुलको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ।

 

केन्द्र नं. १२२४ की केन्द्र प्रमुख कान्छी थारूको प्रमुख आतिथ्य तथा बिनोद मिजारको सभापतित्वमा सम्पन्न कार्यक्रममा १३८ जना सदस्यको सहभागिता रहेको थियो।

 

कार्यक्रममा सदस्यहरूलाई सहकारीको उद्देश्य, सदस्यको भूमिका, बचत तथा ऋणको सदुपयोग, वित्तीय अनुशासनलगायत सहकारीसम्बन्धी विभिन्न विषयमा जानकारी प्रदान गरिएको थियो। सहकारी शिक्षा प्रदान गर्नुका साथै तीज मिलन तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको आयोजकले जनाएको छ।

 

कार्यक्रमको सञ्चालन तथा उद्घोषण संस्थाकी फिल्ड सहायक निर्मला विनाडी न्यौपानेले गर्नुभएको थियो।

भदौ १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम–२०८३ अन्तर्गत संस्थाले विभिन्न शाखा तथा केन्द्रमा आबद्ध सदस्यलाई सहकारीसम्बन्धी ज्ञान, वित्तीय सचेतना तथा संस्थासँगको सम्बन्ध अझ सुदृढ बनाउन कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रममा सहभागी सदस्यहरूले सहकारी शिक्षा र मनोरञ्जनलाई एकैसाथ जोडेर आयोजना गरिएको कार्यक्रमले सदस्यहरूबीच आपसी सम्बन्ध, सहकार्य र आत्मीयता बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

 

“समृद्धिका लागि समुदायसँगसँगै” भन्ने भावनालाई आत्मसात् गर्दै सञ्चालन गरिएको कार्यक्रममा सहभागी सम्पूर्ण सदस्यप्रति संस्थाले आभार व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस