लम्की महोत्सव २०८२ मा आज लोकप्रीय गायिका एलिना चौहानको प्रस्तुती, भोली नायक पल शाह र गायिका टीका प्रसाइँ आउदै
लम्की / लम्की महोत्सव २०८२ को छैठौं दिन आज चर्चित गायिका एलिना चौहानले दर्शकलाइ मनोरञ्जन दिएकी छन । भोली मंसिर १६ गते चर्चित लोक प्रीय नायक पल शाह र चर्चित लोकप्रीय गायिका टीका प्रसाईँको प्रस्तुती रहने लम्की महोत्सव २०८२ का कलाकार संयोजक मनिष न्यौपानेले सामुदायिक रेडियो पश्चिम आवाज र सुदूरपश्चिम टेलिभिजनलाई जानकारी दिनु भएको छ ।
आज छैठौं दिन पनि दर्शकहरुको घुइँचो लागेको थियो । महोत्सवमा हजारौ दर्शकले महोत्सवको अवलोकन गरेका आयोजकले जनाएको छ । समुन्नत लम्कीचुहाको आधार शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ मंसिर १० गतेदेखि सुरु भएको लम्की महोत्सव २०८२ मंसिर २१ गतेसम्म सञ्चालन हुनेछ । लम्कीचुहा उद्योग बाणिज्य संघको आयोजनामा भएको यस बर्षको महोत्सव विगतका बर्षका भन्दा केही फरक हुने आयोजकले दावी गदै आएको छ । महोत्सवमा २ सय बढी व्यापारीक तथा सेवा मूलक स्टल, कृषि प्रर्दशनी, रमाईलो मेला रहेका छन । महोत्सवमा विभिन्न सामानहरु समेत राखिएका छन । घरायसी सामान देखि अन्य तत्ता, कपाडा, भाडा, नर्रसरी, जुताचप्पल, नमकिन लगायतका स्टल रहेका छन । महोत्सवमा थारु गाउँमा विभिन्न थारु समुदायका खानपिनका परिकाहरु समेत राखिएका छन । भने रमाइलो मेलाले महोत्सवको रौनक अझै बढाएको छ ।












प्रतिकृया दिनुहोस