लम्की महोत्सव २०८२ को आज चौथों दिन, गायिका रचना रिमाल लगायतका कलाकारको प्रस्तुती, महोत्सवमा हजारौं दर्शकको घुईँचो, भोली बाल गायिका कल्पना बिष्ट लागयतका कलाकार आउदै

लम्की /  लम्की महोत्सव २०८२ को आज चौंथो दिन, आज दर्शकहरुको घुइँचो लागेको थियो । महोत्सवमा हजारौ दर्शकले महोत्सवको अवलोकन गरेका आयोजकले जनाएको छ । महोत्सवमा आज चर्चित गायिका तथा उद्घोषिका रुपा घर्ती मगर, गायक तथा उद्घोषक आर.जे. राष्कोटी, चर्चितकलाकारहरु गायिका रचना रिमाल, गायक कमल वि.सी., मनिष खड्का, मोडेल नेहल्जा कुश्मी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारले दर्शकलाई रमाएका थिए । भोली महोत्सवको पाँचौं दिन मंसिर १४ गते आईतबारका दिन गायिका तथा यद्घोषिका अनिता धामी,  जीवब र्यापर, बाल गायिका कल्पना बिष्ट र गनयिका सृजना क्षेत्रीको प्रस्तुती रहने  कलाकार संयोजक मनिष न्यौपानेले सामुदायिक रेडियो र सुदूरपश्चिम टेलिभिजनलाई जानकारी दिनु भएको छ ।  

 

समुन्नत लम्कीचुहाको आधार शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ मंसिर १० गतेदेखि सुरु भएको लम्की महोत्सव २०८२ मंसिर २१ गतेसम्म सञ्चालन हुनेछ । लम्कीचुहा उद्योग बाणिज्य संघको आयोजनामा भएको यस बर्षको महोत्सव विगतका बर्षका भन्दा केही फरक हुने आयोजकले दावी गदै आएको छ । महोत्सवमा २ सय बढी व्यापारीक तथा सेवा मूलक स्टल, कृषि प्रर्दशनी, रमाईलो मेला रहेका छन । महोत्सवमा विभिन्न सामानहरु समेत राखिएका छन । घरायसी सामान देखि अन्य तत्ता, कपाडा, भाडा, नर्रसरी, जुताचप्पल, नमकिन लगायतका स्टल रहेका छन । महोत्सवमा थारु गाउँमा विभिन्न थारु समुदायका खानपिनका परिकाहरु समेत राखिएका छन ।  भने रमाइलो मेलाले महोत्सवको रौनक अझै बढाएको छ । 

 


 

 

प्रतिकृया दिनुहोस