१ लाख ५० हजार पुरस्कार राशिको तेस्रो अम्मरपुर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता कार्तिक १५ देखि हुने

 लम्की /  कैलालीको लम्कीचुहा नगरपालिका–४ अम्मरपुरस्थित खेलमैदानमा १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशिको तेस्रो अम्मरपुर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। प्रतियोगिता आगामी कार्तिक १५ गतेदेखि सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
 
 
प्रतियोगितामा बढीमा १६ टिमलाई मात्र सहभागी गराइनेछ। टिम दर्ता गर्दा पहिले दर्ता गर्ने टिमलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कार्तिक ८ गतेदेखि १२ गतेसम्म आफ्नो टिम दर्ता गराइसक्नुपर्नेछ।
 
प्रतियोगिताको विजेता टिमले १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा कुल १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि रहेको छ।
 
 
पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै सचिवालय संयोजक वीरेन्द्र शाहीले सीमित १६ टिमलाई मात्र सहभागी गराइने भएकाले इच्छुक टिमलाई निर्धारित समयभित्र दर्ता गराउन आग्रह गरेका छन्।
 
 
स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
 
 
प्रतियोगिताको मुख्य प्रवर्द्धक लम्कीचुहा नगरपालिका रहेको छ भने सह–प्रायोजक बुलबुल मल्टी सर्भिस कम्पनी, टोकियो, जापान रहेको छ। आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी, स्थानीयवासी, सहयोगी तथा सरोकारवाला सबैलाई सहयोगका लागि आग्रह गरेको छ।
 
 
स्थानीय स्तरमा आयोजना गरिने यस्ता खेलकुद्ले युवाहरुलाई खेलकुदमा लाग्न प्रेरित गर्ने स्थानीय शिक्षक चक्रबहादुर सोडारीले  बताउनु भयो । पछिल्लो समयमा युवाहरु कुलतमा फस्ने गरेको बताउदै खेलकुदले युवाहरुको बौद्धिक विकासमा टेवा पुग्ने उहाँले बताउनु भयो । 
 
मातृभूमि युवा क्लबका अध्यक्ष विरेन्द्र बहादुर विष्टले यस क्षेत्रको खेलकुद् विकासको लागि सबै जागरुप हुनुपर्ने बताउनुभयो । 

 

 

 
 
 
 

प्रतिकृया दिनुहोस