आजराती कैलाली लगायत सुदुरपश्चिममा पानी पर्ने

 लम्की / कैलाली लगायत तराई क्षेत्रमा आजराती साधारणतया बादल लागेर एक दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम देखि भारी पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आजराती सुदुरपश्चिमको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बादल लागेर केही स्थानमा हल्का देखि मध्यम पानी सम्भावना रहेको छ ।

 

पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बादल लागेर मध्यमदेखि भारी पानी पर्नेे सम्भावना रहेको छ । कैलालीको लम्की लगायत केही क्षेत्रमा आज दिउँसो मध्यम पानी परेको छ । यो खबर तयार पार्दा सम्म समेत लम्की लगायतका ठाउँमा पानी परिरहेको छ । 


भोली असार ३० गते सोमबार हिमाली क्षेत्रमा हल्का देखि मध्यम  पानी पर्ने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बादल लागेर केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम पानी पर्ने  सम्भावना रहेको छ ।

 

कैलाली लगायत तराई क्षेत्रमा आंशिक देखि साधारणतया बादल लागेर केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम पानी पर्नेे सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस