सुदूरपश्चिमेली नेपाली समाज इजरायलको प्रथम अधिवेशनबाट नयाँ कार्य समिति गठन, महिला संयोजकमा निर्मला तिमिल्सैना चयन
नेपालको सुदूरपश्चिम घर भएका नेपालीहरुले ईजरायलमा सुदूरपश्चिमेली नेपाली समाज गठन गरेका छन् । विभिन्न कामको सिलसिलामा ईजरायलमा कार्यरत नेपालीहरुले शनिबार उक्त समाज गठन गरेका हुन ।

अनलाईन भर्चुअल मार्फत भएको प्रथम अधिवेशनले कृष्ण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा आशिका कुमारी भण्डारी, उपाध्यक्ष नविन जोशी, महिला उपाध्यक्ष भावना साउँद, महासचिव विनोद कुमार ठगुन्ना, सचिव नबराज विष्ट, कोषाध्यक्ष खगिसरा बुढा(ज्योती), सह- कोषाध्यक्ष जिवन डगौरा, नेपाल संयोजक अनिता शाह, महिला संयोजक निर्मला तिमिल्सैना, सदस्यहरु नरेन्द्र सिंह विष्ट, राजेश राना, धर्मदास राना, निरुता खड्का सिराडी, नन्दकली राना रहेका रहेका छन ।

प्रथम अधिवेशको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै इजरायलका लागि नेपाली राजदुत धन प्रसाद पण्डीतले ईजरायलमा रहेको सुदूरपश्चिमका युवाहरु एक सुत्रमा बाधिने प्रयास गरेको भन्दै प्रशंसा गरेका थिए । उनले सुदूरपश्चिमका मात्रै तपाईहरु कति जना यहाँ बस्नु हुन्छ एकीन तथ्यांक त छैन । तर पनि तपाईहरुले आफ्नो जन्मभुमि सम्झीएर केही गर्ने प्रयासको थालनी गर्नु भएको छ, यो प्रशंसा योग्य छ, तपाईहरु रोजगारीको शिलशिलामा इजरायल आउनु भएको छ, सर्वप्रथम आफ्नो शारिरिक, मानसिक स्वास्थ्यको ख्याल गर्नु होला । यहाँ सिकेका सीपहरु सुदूरपश्चिममा यहाँहरुले पुराउनु पर्छ । राजदुत पण्डितले भने–सुदूरपश्चिम विकासका सम्भावनै सम्भावना भएको ठाउँ हुँदा हुँदै पनी त्यहाँ गरिबी, पछौटेपन अझै कायम छ । सुदूरपश्चिम धार्मिक , साँस्कृतिक, पर्यटकीय, रुपमा प्रचुर सम्भावना बोकेको क्षेत्र हो यहाँहरु त्यस ठाउँको विकासको लागि आआफ्नो क्षेत्र बाट लाग्न जरुरी छ ।

इजरायलमा बस्दै आएका कैलालीका रमेश जोशीले सञ्चालन गरेको कार्यक्रको अध्यक्षता लामो समय देखी ईजरायलमा बस्दै आएका तर्दथ समितिका अध्यक्ष विष्णु चौधरीले गरेका थिए भने आशिका भण्डारीले स्वागत गरेकी थिईन ।
यस्तै कार्यक्रममा अन्तराष्ट्रिय, सुदूरपश्चिम समाजका अध्यक्ष शेर बहादुर राउत, संस्थापक अध्यक्ष एंबम संरक्षक धनराज बलायर, सुमी शाह, ज्योती शर्मा, एनआरएनका इजरायलका महासचिव अलि मिया, लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।

सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली भन्ने मुल उद्देश्य राखेर संस्थाको गठन भएको संस्थाका महाँसचिव विनोद ठगुन्नाले जानकारी दिए । ठगुन्नाले भने–यो विशुद्ध सामाजिक संस्था हो । यस्ले इजरालयमा बस्ने सुदूरपश्चिमका युवाहरुले आफ्नो कला सस्कृत, भेषभुषा, रितीरिवाज, चालचलन लाई विश्वभर चिनाउन भुमिका खेल्ने छ ।

सुदूरपश्चिको विकासको सम्भावनालाई उजागर गर्न विदेशमा रहेका नेपालीहरुलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने छ । विश्वका २२ वटा देशमा अन्तराष्ट्रीय सुदूरपश्चिमी समाज नेपालको गठन भएको छ ।
सुदूरपश्चिमेली नेपाली समाज, ईजरायलको प्रथम ऐतिहासिक अधिवेशनबाट नवनिर्वाचित सम्पूर्ण पदाधिकारी ज्यूहरूलाई हार्दिक बधाई तथा उज्ज्वल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।












प्रतिकृया दिनुहोस