रोहितको उत्कृष्ट पास, गणेशको निर्णायक गोल 13 SK FC लाई १–० ले हराउँदै श्री समानता युवा क्लब च्याम्पियन

थलारी धिरेन्द्र, लम्की, कैलाली

 

कैलालीको चैनपुरमा आयोजित २३औँ श्रीकृष्ण जन्माष्टमी कप २०८३ अन्तर्गतको पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा शम्भु सुनन्दा युवा क्लबको आयोजनामा सुरु भएको मट्का फोड तथा पुरुष फुटबल प्रतियोगिता सातौँ दिनमा पुगेर समापन गरिएको हो।
                                                                     

प्रतियोगिताको फाइनल खेलमा श्री समानता युवा क्लब, लम्कीचुहा–४ अमरपुर, कैलाली र 13 SK FC बीच प्रतिस्पर्धा भएको थियो। 

 

निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको दोस्रो हाफमा श्री समानता युवा क्लबका कप्तान "रोहित परियार (जुनियर नेमारले)" उत्कृष्ट पास उपलब्ध गराए। रोहित परियारको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गणेश गुरुङले निर्णायक गोल गरे। गणेशको यही एक गोलसँगै श्री समानता युवा क्लबले 13 SK FC माथि १–० गोल अन्तरको जित निकाल्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा गर्न सफल भयो।

 

 

उपाधिसँगै श्री समानता युवा क्लब लम्कीचुहा–४ अमरपुर कैलाली प्रतियोगिताको विजेता बनेको छ भने 13 SK FC उपविजेता बनेको छ। 

 

सात दिनसम्म सञ्चालन भएको प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रतिको उत्साह बढाउनुका साथै फुटबल प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। २३औँ श्रीकृष्ण जन्माष्टमी कप २०८३ यससँगै औपचारिक रूपमा सम्पन्न भएको छ।

प्रतिकृया दिनुहोस