लम्कीचुहा नगरस्तरीय खेलकुद प्रतियोगितामा विजेता भएका खेलाडीलाई बालकल्याण द्वारा पुरस्कार वितरण

लम्की / लम्कीचुहा नगरपालिका विद्यालयस्तरीय नगरप्रमुख तथा राष्ट्रपति खेलकुद प्रतियोगिता अन्तर्गत आयोजित विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बालकल्याण माध्यमिक विद्यालयका खेलाडी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ।

 

बालकल्याण माध्यमिक विद्यालय, लम्कीचुहा–१ भुरुवाका प्रधानाध्यापक धर्मा न्याैपानेकाे सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रमकाे प्रमुख अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद न्यौपाने रहनु भएको थियो ।

 

कार्यक्रममा शिक्षक अभिभावक  संघका अध्यक्ष सोभा जैशी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू जनक बुढा, जमानसिंह रावल, देउरुपा रोकाया, कोकिला न्यौपाने, शिक्षक अभिभावक संघका सदस्य प्रेमबहादुर बोहरा, खिमबहादुर रसाइली लगायत विद्यालयका विभिन्न तहका इन्चार्ज, शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो।

 

यही मंसिर २८ गतेदेखि पुस ०६ गतेसम्म राष्ट्रिय नमुना माध्यमिक विद्यालय मोतिपुरको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा विद्यालयकाे तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई विद्यालयमा आयाेजित एक कार्यक्रमका बीच विद्यालयका खेलाडी विद्यार्थीलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल तथा कप प्रदान गरिएकाे थियो ।

 

कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक दिपेन्द्रजंग रावलले गर्नुभएको थियो। प्रतियोगितामा सहभागी ६४ विद्यालयमध्ये  बालकल्याण माध्यमिक विद्यालयले मावि तह (कक्षा ९–१०) तर्फ नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका सहायक प्रधानाध्यापक शिवबहादुर थापाले जानकारी दिनुभयो। पुरस्कार वितरणपश्चात विद्यालयका सम्पूर्ण विद्यार्थी, पुरस्कृत खेलाडी, अभिभावक, शिक्षक तथा अतिथिहरूको सहभागितामा विद्यालयदेखि पञ्चकोशी चोक हुँदै खुसीयाली र्‍याली समेत आयोजना गरिएको थियो।

 

पुरस्कृत खेलाडी विद्यार्थीहरूको विवरण

 मावि तह (९–१०) कविता बिष्ट – १०० मि. दौड (प्रथम),  कविता बिष्ट – लङजम्प (द्वितीय) , प्रकाश बिक – लङजम्प (तृतीय) , प्रकाश बिक – १०० मि. दौड (तृतीय),  आयुशा साउद – ४०० मि. दौड (द्वितीय),  रिले १००×४ छात्रा – प्रथम (कविता बिष्ट, पूजा शाही, आयुशा साउद, हिमानी बजगाई) १५०० मि. दौड छात्रा – पूजा शाही (प्रथम) , त्रिपल जम्प छात्रा – आयुशा साउद (तृतीय) , ज्याभलिन थ्रो छात्रा – प्रमिता तिमिल्सिना (तृतीय) , भलिबल छात्रा (९–१०) – द्वितीय , कबड्डी छात्रा (९–१०) – द्वितीय,  रिले १००×४ छात्र – प्रथम (प्रकाश बिक, महेन्द्र बुढा, माहन्त चौधरी, सैलुङ चौधरी) रिले ४००×४ छात्रा – प्रथम (कविता बिष्ट, पूजा शाही, आयुशा साउद, गीता न्यौपाने) प्रावि तह पार्वती न्यौपाने – १०० मि. दौड (द्वितीय) तिर्सना डगौरा – लङजम्प (द्वितीय) भएका छन ।

 

 

प्रतियोगितामा प्रथम हुनेलाई रु. ५००, द्वितीयलाई रु. ३०० र तृतीयलाई रु. २०० नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतिकृया दिनुहोस