युवाहरु विदेशिनु रहर नभई बाध्यता हो : मानवअधिकारकर्मी धनराज अविरल
माल्टा (यूरोप) / देशमा रोजगारी नभएपछि युवाहरु विदेशिनु रहर नभई बाध्यता भएको मानवअधिकारकर्मी धनराज विक अविरलले बताएकाछन् । सुदूरपश्चिम सेवा समाज माल्टाले पौष ४ गते माल्टामा आयोजना गरेको आप्रवासी नेपालीहरुको आत्मीयता आदानप्रदान एवम् विधान अनुमोदन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अविरलले देशको मुहार फेर्नलाई युवाहरुलाई स्वदेशमै रोजगारी दिएर सरकारले विदेश जानबाट रोक्नुपर्ने बताएकाहुन् ।
जुनसुकै कारणले वैदेशिक रोजगारमा निस्कनु परेपनि आप्रवासी नेपालीहरुले देशलाई सधैं माया गर्नुृपर्ने उनले बताएका थिए । वैदेशिक रोजगारमा रहेका आप्रवासी नेपालीहरुको मानवअधिकारको रक्षा र विभिन्न कारणले कानुनी समस्यामा परेका नेपालीहरुको उद्धार गर्नेकाम सरकारको भएकोले सरकार आफ्ना नागरिकको सुरक्षाको पक्षमा जिम्मेवार बन्नुपर्नेमा अविरलले जोड दिएका थिए । सिस्टम र सीपको विकास गरेर भविष्यमा आफ्नै देशमा केहीगर्ने सोच राखेर हामी सबैले काम गर्नुपर्ने अविरलले बताए ।
समाजका अध्यक्ष दिपक सिंह ठगुन्नाले संस्थागत विकासको लागि सबैले मिलेर काम गर्नुपर्ने बताएका थिए । नेपालबाट सुदूरपश्चिम सेवा समाज माल्टाका लागि विधान निमार्ण गरी विधान लगायतका आवश्यक सामाग्री लेटरप्याड, सदस्यताकार्ड, नगदी रसिद्, स्टयामप्याड र ब्यानर बनाई माल्टासम्म ल्याई सहयोग गरेकोमा पत्रकार, तथा मानवअधिकारकर्मी धनराज अविरललाई समाजको तर्फबाट धन्यवाद् समेत व्यक्त गरेका थए । अध्यक्ष ठगुन्नाले पत्रकार साहित्यकार मानवअधकिारमकर्मी र मनोसामाजिक परामर्शकर्ता धनराज अविरलले नोपलमा सामाजिक क्षेत्रमा सक्रिय रहेर गरेका सामाजिक योगदानका कामको प्रंशसा गरेका थिए ।
उनले भने,“सुदूरपश्चिम सेवा समाज माल्टालाई संस्थागत विकास गर्दै प्रभावकारी रुपमा अगाडी बढाउनको लागि अविरललाई आजको कार्यक्रमबाट संस्थाको प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ ।” समाजका वरिष्ठ उपाध्यक्ष जनक कुँवरले अतिथिहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्दै संस्थालाई उचाईमा पुगाउन अझैं राम्रा काम गर्नुपर्ने बताए । कार्यक्रमको औचित्यमाथि प्रकाशपार्दै कोषाध्यक्ष दिनेश नगरीले समाजका लागि सकारात्मक सोचराख्नु पर्ने बताए । त्यसैगरी सल्लाहकार सदस्य बलदेव भण्डारीले संस्थाको विकासका लागि सबै एकभई मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमस्थलमा नेपालको राष्ट्रिय झण्डा राखेर ज्ञातअज्ञात सहिदप्रति मौनधारण गर्दै नेपालको राष्ट्रिय गीत बजाएर राष्ट्रप्रति सम्मान प्रकट गरेर कार्यक्रम संचालन गरिएको थियो । समाजका सम्पूर्ण पदाधिकारीलाई यस समाजका सल्लाहकार संयोजक नरेन्द्र पाण्डेले विधान बमोजिम सपथ ग्रहण गराएका थिए । ३० जना भन्दा बढिको सहभागिता रहेको कार्यक्रममा कार्यसमितिका केही सदस्य फेरबदल गरिएको थियो भने विविध प्रश्तावमाथि छलफल गरी निर्णय पारित गरिएको कार्यक्रम संचालक महासचिब शिव विक (शिशिर) ले बताए । विभिन्न उपसमितिहरु गठन गरी आगामी कार्ययोजना समेत तयार पारी कामगर्ने विषयमा छलफल भएको उपाध्यक्ष तबिता क्षेत्रीले बताईन् ।












प्रतिकृया दिनुहोस