सुर्खेतका एक युवक कार्तिक २० गते देखि बेपत्ता ,खोजीकार्यमा सहयोग गरिदिन आग्रह
सुर्खेत / सुर्खेतका एक युवक कार्तिक २० गते देखि बेपत्ता भएका छन ।
जिल्लाको चौकुने गाउँपालिका वडा नं.१० घाटघाउँका ३१ बर्षिया पुरन बि.क कार्तिक २० गते देखि बेपत्ता भएका हुन । कार्तिक २० गते कुइने जान्छु भनी हिँडेका पुरन अहिले सम्म पनि सम्पर्कमा नआएको बुवा सार्के बि.क ले बताएका छन ।
पुरनको दाहिने हातको बूढी औंला छैन । लामो समय देखि मदिरा सेवन गरिराख्ने पुरन बि.क ले झारफुक र वैधको सल्लाहमा केही महिना पहिले मदिरा छोडेका थिए । तर वैधको सल्लाहको विपरित गएर मदिरा खाएको दिन देखि छोरा बेपत्ता भएको बुवा सार्के बि.क ले बताए । बेपत्ता भएका पुरन बि.क को श्रीमती २ छोरा र १ छोरी रहेका छन ।
यति बेला परिवारले सबै सँग खोजी कार्यमा सहयोग गरिदिन आग्रह गर्दै फेला पार्नु हुने महानुभावहरूले सम्पर्क नं। ९७४९४५२४०६ अथवा नजिकैको प्रहरी कार्यालयमा खवर गरिन आग्रह गरेका छन ।












प्रतिकृया दिनुहोस