कमल सङ्घर्षको गजलसंग्रह ‘खुडी’ परिचर्चा कार्यक्रम लम्कीमा हुँदै

लम्की - गजलकार कमल सङ्घर्षको गजलसंग्रह ‘खुडी’ को परिचर्चा तथा रचना वाचन कार्यक्रम लम्कीमा हुने भएको छ । असोज ४ गते लम्की बहुमुखी क्याम्पसमा गर्न लागिएको अक्षर साहित्य प्रतिष्ठानका महासचिव मदन शाहीले जानकारी दिनु भएको छ । मंगलबार बिहान लम्की बहुमुखी क्याम्पसमा हुने खुडी परिचर्चा तथा रचना वाचनमा खुडीको गजलकार बल बहादुर रावत सानुले विश्लेषण गर्ने छन् भने समालोचना प्राध्यापक गणेश न्यौपानेले गर्ने बताइएको छ त्यस्तै वक्तामा नेपाल पत्रकार महासंघ कैलालीका सदस्य पत्रकार प्रिन्स बिक भूपेन्द्र रहनु भएको महासचिव मदन शाहीले जानकारी दिनु भएको छ।  

 

गजलकार कमल सङ्घर्षको गजलसंग्रह ‘खुडी’को शनिबार नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौंमा विमोचन गरिएको थियो ।विमोचन कार्यक्रममा आख्यानकार अमर न्यौपाने, गजलकार करुण थापा, गजलकार शीतल कादम्बिनी, गजल अध्येता डा.दीपक कुमार खड्काले खुडीमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । 

 

नेपाली गजल साहित्यका चर्चित स्रष्टा सङ्घर्षको ‘खुडी’ दोस्रो गजलकृति हो । पछिल्लो समय अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय उनका कैफियत २०७० संयुक्त गजलसंग्रह), सडक २०७३ एकल गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेखरचना प्रकाशित छन् ।सडक सर्वाधिक बिक्री भएको गजल सङ्ग्रह हो । प्रथम पटक रचना वाचनले प्रकाशन गरेको सडकको दोस्रो र तेस्रो संस्करण शिखा बुक्सले प्रकाशन गरेको छ । ‘खुडी’ अछाम सहित सुदूरपश्चिम, कर्णाली प्रदेशका केही ठाउँमा प्रचलित शब्द हो । जसको अर्थ पिँजडा भन्ने हुन्छ ।

प्रतिकृया दिनुहोस