गजल बाचन कार्यक्रम सम्पन्न

लम्की / कैलालीको टिकापुरमा आज एक कार्यक्रमका विच गजल बाचन कार्यक्रम सम्पन्न भएको छ । ए.एफ्.यू. साहित्य सञ्जाल तथा प्राकृतिक स्रोत व्यवस्थापन कलेज टिकापुरको आयोजनामा ए.एफ्.यू. मा गजल वाचन कार्यक्रम सम्पन्न भएको हो । ए.एफ्.यू. साहित्य सञ्जालका अध्यक्ष चक्रराज जोशीको सभाअध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा टिकापुर नगरपालिकाका नगर उप–प्रमुख खडक बहादुर शाह रहनु भएको थियो  ।


कार्यक्रममा प्रमुख गजलकारहरु दुर्गा जोशी, मनोज खड्का मिलन, अटल उपेन्द्र, समिर ओझाले गजल वाचन गरेका थिए । कार्यक्रममा दर्जनौँ साहित्य प्रेमी युवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विद्यातर्फ साहित्यकारहरुले आ–आफ्ना रचना वाचन गरेका थिए ।    

 

प्रतिकृया दिनुहोस