स्कुलतह देखि क्याम्पसतह सम्म अलग-अलग ब्यक्ति संग प्रेममा ठोकिन पुगेको छु ।
बुवा नरहरी जैसी र आमा नामसरा देवी जैसीको तेस्रो सन्तान अटल उपेन्द्रको अछाम रानिवन जन्मथलो हो।हाल कैलालीको लम्कीचुहा ७ खरौलामा बस्दै आउनु भएका उनै सर्जक साहित्यकार संगको साहित्य कुराकानी अबको क्रममा।
यहाँलाई हार्दिक स्वागत छ साहित्यकार र साहित्यका कुरामा ।
धन्यवाद अनि नमस्कार
- तपाइको जन्म स्थान कुन ठाउँ हो । अहिलेको बसाई कुन ठाउँ छ ?
मेरो जन्म अछाम रानिवन ७ अर्थात अहिलेको तुर्माखाद ६ रानिवनमा भएको हो। अहिलेको बसाई लम्किचुहा ७ खरौला हो। हाल परदेशमा छु ।
-बुवा आमाको कति औं सन्तान हो तपाई ? भाई बहिनी कति हुनु हुन्छ ?
म तेस्रो सन्तान हु ,भाई बहिनी त कुरा नगरौ ८ मात्रै हौ ।
- बिवाहित हो नि तपाई ? प्रेम बिवाह गर्नु भएको की मागी बिवाह ?
म बिवाहित हो मेरो एउटा छोरा छ , मेरो बिवाह प्रेम र मागी दुईटै हो
- आफनो बालापन सम्झिनु हुन्छ ?
मेरो उधेक लाग्दो बालापन सम्झिन्छु । बालापन रमाइलो हुने अहिले अरुको देख्दैछु । तर मेरो यसो भएन ।
- बचापनमा बाआमा संग कुनै पल होला जुन बिर्सन नसकिने।
बचपन देखि आजसम्म बा आमा संगका हरेक पल बिर्सन सकिने जस्ता छैन । बा आमा सङ्गका हरेक पल नै सम्झन लायक नै हुन्छन् प्राय जसो मेरा।
-विद्यार्थी हुदाँ कसैसंग माया प्रेम भयो की भएन ?
साथिभाईहरु सङ्ग माया प्रेम थियो। त्यो समयमा मेरा जति माया प्रेम गर्ने मान्छे को होला र
- पहिलो प्रेमिकालाई सम्झिनु हुन्छ ?
पहिलो प्रेमिका सम्झिने बिषयमा यी प्रेम, दुख र पिडा कहिलै बिर्सिन चाहेर पनि बिर्सिन नसकिने क्षण भित्र पर्छन् । तर प्रेममा स्कुल तह देखि क्याम्पस तह सम्म अलग अलग ब्यक्ति संग ठोकिन पुगेको छु। चाहे त्यो प्रेम थियो चाहे कुनै म मा भ्रम मात्रै पनि। तर प्रेम सबैलाई गर्न सकिन्छ ।
-तपाईको साहित्यिक यात्रा कसरी सुरु भयो ?
साहित्यिक यात्राको कुरा गर्दा म कक्षा ७ देखि मैले अध्यन गरेको शिक्षालय श्री जन जागृति उ.मा.बि चौरीमा भयो र त्यहीँ अध्यन को क्रममा आदरणीय ब्यक्ति डी.पी दोभान र एम.पी केयरलेसका मलाई गजल सुन्ने अवसर मिल्यो र मैले पनि लेख्न सुरु गरे।
- प्रारम्भिक आफ्नो लेखाइको प्रेरणाका स्रोतहरु बारे सम्झँदा, यहाँको आँखामा अनायास उभिन आउने व्यक्तित्वहरु कुनै छन् कि ? अनि पहिला र आजभोलीका प्रेरणा–स्रोतहरुमा अन्तर के देख्नुहुन्छ ?
मेरा प्रेरणा का स्रोत र गजल भने पछि आँखामा अनायास आईरहने नाम भनेकै आदरणीय ब्यक्ति डी.पी दोभान ,एम.पी केयरलेस कैलालीको हकमा । त्यस पछि मेरो केही बसाई अछाममा भयो र त्यहा पनि आदरणीय ब्यक्ति हिमालय शर्मा अनि समकालीन साथीहरू जीवन सरोवर र दिनेश घोडासैनीको संगतले लेखाई अगाडी बढयो ।प्रेरणा मिलिरहन्छ जसरी मिले पनि यसमा अन्तरको के कुरा गर्नु र प्रेरणा मिलिरहे भयो ।
- परदेशमा हुनुहुन्छ, आधाभन्दा बढी समय काममै सकिन्छ होला । लेख्ने र पढ्ने समय कसरी मिलाउनुहुन्छ ?
अब प्रदेशको कुरा गर्दा सबैको सोच के हुन्छ ।भने बिहान देखि बेलुका सम्म काम मै हुन्छ भन्ने हो । हुन पनि त्यहीँ नै हो तर मेरो हकमा भन्नू पर्दा मलाई पढ्न र लेख्न प्रसस्त समय मिल्छ।
- आफू केटाकेटी हुँदाको कुनै दुःखद स्मरण र त्यसले आफ्नो जीवनमा परेको छापबारे हाम्रा पाठकलाई केही जानकारी दिनुहुन्छ कि ?
केटाकेटीमा के के भए के के भए यता त्यति धेरै लेखेर साध्य नै छैन। खासै रमाइलो भएन जहाँ सम्म सम्झना छ।
- कुनैपनि विषय वस्तुको छनोट पछि लेख्न बस्नुहुन्छ कि बसेर कल्पनामा लेख्नुहुन्छ ?
मेरो हकमा मलाई कुनै पनि बिषय बस्तुको छनोट जरुरी छैन।अहिले म यता कुराकानीमा छु यदि मेरो दिमागमा केही कुरा आएर बस्यो भने अहिले नै लेखी दिन सकिन्छ ।
- आफ्नो लेखनी कुनै लोकप्रिय लेखकको धारसँग मिल्दोजुल्दो छ जस्तो अनुभूति भएको छ ?
अहिले को नेपाली साहित्य लाई नियालेर हेर्ने हो भने कुनै न कुनै सङ्ग मिल्न सक्छ होला ।
- कविता, गजल ,मुक्तक या कथा के लेख्दा आनन्द आउँछ तपाईंलाई ?
मैले लेख्ने भनेको गजल मुक्तक हो । तर सिमित थान कविता पनि लेखेको छु । आफ्नो सन्तान त जो कोहिलाई मन पर्छ नै।तर साहित्य को कुनै पनि चिज पढ्दा आनन्द चाहिँ आउँछ नै।
- कृति निकाल्नु भएको छ ? कृति निकाल्ने तयारी गरिरहनु भएको छ ?
कृति निकाल्ने केही पहिले सोच त थियो । कृति को लागि गजल पनि छ्न । अहिले सोच अलि परिवर्तन भएर बसेको छ।हेरौं अगाडी के के हुन्छ।
-नयाँ सर्जकका सिर्जना कत्तिको पढ्ने गर्नुभएको छ ?
मैले धेरै जसो नयाँ सर्जकलाई नै पढ्ने गर्छु। नयाँ सर्जकका रचना पढ्न मजा पनि धेरै हुन्छ ।
-मन परेको लेखकको सिर्जनाको अभिव्यक्ति आफ्नो सिर्जनामा पनि मिसाउनुहुन्छ की ?
अँ मन परेको सर्जक को शैली चाहिँ मिसाउने कोसिस गर्छु।
- तपाईंको जीवनमा प्रभाव पारेका कोही लेखक, कुनै कृति या कुनै अंश छन् ?
लेखाइले प्रभाव पारेका ब्यक्ति धेरै छन सबैको यहाँ नाम लिन सम्भब पनि हुँदैन तर प्रश्न नम्बर ६ का सम्पुर्ण ब्यक्तिका लेखाइले मेरो जिवनमा प्रभाब पारेका छन।
- अहिलेको सङ्घर्ष को सँग हो यहाँहरुको ? स्वतन्त्र गजलकारले बहरको र बहरे गजलकारले स्वतन्त्र गजलकारको अस्तित्व किन स्विकार्न सकिरहेको छैन ?
हाम्रो कसै सङ्ग सङ्घर्ष नै छैन कसरी तपाईंले यो प्रश्न गर्नु भयो । तपाईंले पनि केही बुझेर नै प्रश्न गर्नु भएको होला।हैन हामीले कहाँ र कहिले कसलाई स्वीकार गरेका छैनौं र ,बहर लेख्नेहरुले मात्र स्वतन्त्र गजललाई स्वीकार गर्न सक्नु भएको छैन । कोहि आक्रमण गर्न आउँछ भने त्यसको प्रतिकारमा उभिन पनि जरुरि हुन्छ नि हैन र ।
- बिदेशमा बसेर साहित्यको खेती गरिरहनुभएको छ । समग्रमा बिदेशको साहित्यिक गतिविधि कस्तो छ ?
प्रदेशमा बसेर साहित्य सङ्ग जोडी रहनु एक दमै गाह्रो कुरा पनि हो किन भने प्रदेश भनेको अर्काको अधीन मा चल्नुपर्ने ठाँउ हो। त्यसो भए पनि मैले समय मिलेको समयमा चाहिँ लेखी रहन्छु। अर्को कुरा हामी प्रदेशमा हुदाहुदै पनि हामीले नेपाली साहित्य को निम्ति स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबली युएई भनेर कार्यक्रम पनि संचालन गरिरहेका छौ। जुन कार्यक्रम हरेक हप्ताको बुधबार स्रष्टासङ्ग साक्षतकार कार्यक्रम प्रस्तोता श्री भवानी नेपाल को साथमा र सनिवार अक्षरहरुको आवाज कार्यक्रम प्रस्तोता घायल दिपक कार्की को साथमा संचालन भैरहेको छ। यो कार्यक्रम को समय पनि कामको ब्रेक समयमा समय हुने भएकोले गर्दै आइरहेका छौ। समग्र प्रदेशको साहित्यिक माहोल उत्साहजनक नै छ।
- नयाँ पुस्तासहित सबैलाई अन्तिममा के भन्नुहुन्छ ?
नयाँ पुस्तासहित सम्पुर्णलाई तपाईं लेख्नु हुन्छ । लेख्न नछाड्नु होला लेखनले जीवन रङ्गिन बनाउछ।
हस धन्यवाद यो समयको लागी.












प्रतिकृया दिनुहोस