लम्की महोत्सव २०८२ मा चर्चित लोकप्रीय नायक पल शाहले हजारौं दर्शकलाई नचाए, भोली चर्चित लोकदोहोरी गायक रामजी खाड र थारु गायिका सोनु कुस्मीको प्रस्तुती रहने
लम्की / लम्की महोत्सव २०८२ को सातै दिन, आज चर्चित लोकप्रीय नायक पल शाहले हजारौं दर्शकलाई नचाएका थिए । आज लम्कीमा पल शाह आउने भएपछी लम्की महोत्सव हेर्न र अवलोकन गर्न हजारौ दर्शकहरु आएका थिए । लम्की महोत्सवमा आज हजारौं दर्शकहरुको घुइचो लागेको थियो । महोत्सवमा आज गायिका टीका प्रसाई लगायतकाको समेत प्रस्तुती रहेको थियो ।
महोत्सवको आठौं दिन भोली मंसिर १७ गते चर्चित लोकदोहोरी गायक रामजी खाड र थारु गसियका सोनु कुस्मी लगायतकाको प्रस्तुती रहनेछ । महोत्सवमा हजारौ दर्शकले महोत्सवको अवलोकन गरेका आयोजकले जनाएको छ ।
समुन्नत लम्कीचुहाको आधार शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ मंसिर १० गतेदेखि सुरु भएको लम्की महोत्सव २०८२ मंसिर २१ गतेसम्म सञ्चालन हुनेछ । लम्कीचुहा उद्योग बाणिज्य संघको आयोजनामा भएको यस बर्षको महोत्सव विगतका बर्षका भन्दा केही फरक हुने आयोजकले दावी गदै आएको छ । महोत्सवमा २ सय बढी व्यापारीक तथा सेवा मूलक स्टल, कृषि प्रर्दशनी, रमाईलो मेला रहेका छन ।
महोत्सवमा विभिन्न सामानहरु समेत राखिएका छन । घरायसी सामान देखि अन्य तत्ता, कपाडा, भाडा, नर्रसरी, जुताचप्पल, नमकिन लगायतका स्टल रहेका छन । महोत्सवमा थारु गाउँमा विभिन्न थारु समुदायका खानपिनका परिकाहरु समेत राखिएका छन । भने रमाइलो मेलाले महोत्सवको रौनक अझै बढाएको छ ।











प्रतिकृया दिनुहोस