नेपाली कांग्रेस कैलाली क्षेत्र नं. २ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, पार्टी एकतामा जोड
लम्की /नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ को आयोजनामा बडादसैँ, विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम मंगलबार लम्कीस्थित बीपी स्मृति भवन पार्टी कार्यालय थपालीपुरमा सम्पन्न भएको छ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति इन्द्रबहादुर कुँवरको सभापतित्वमा भएको कार्यक्रमकाे प्रमुख अतिथिमा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य विजय स्वाँर रहनु भएको थियो । कार्यक्रमकाे विशिष्ट अतिथिमा कांग्रेस नेता हिमबहादुर रावल, घनश्याम जोशी, भक्तबहादुर थापा, शिवा थापा, सुमन सञ्ज्याल, सुशीला शाही लगायत रहनु भएको थियो।
कार्यक्रममा वक्ताहरूले दसैँ, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले पार्टीभित्रका दुवै पक्षबीच एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कांग्रेस फुटेर नभई जुटेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।
वक्ताहरूले पार्टीलाई बलियो बनाउन कार्यकर्ता तथा आम नागरिकको विश्वास र भरोसा जित्नुपर्ने, सुशासन कायम गर्नुपर्ने र संगठनलाई थप सुदृढ बनाउनुपर्ने बताएका थिए। साथै, नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ को पार्टी कार्यालय पुनर्निर्माण गर्नुपर्ने आवश्यकतासमेत औँल्याइएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका नेता विजय स्वाँर, हिमबहादुर रावल, भक्तबहादुर थापा, घनश्याम जोशी, महोनसिंह राठौर, शिवा थापा, सुमन सञ्ज्याल, लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाही, कांग्रेस नेता चक्रबहादुर बिष्ट, रामप्रसाद चौधरी, थारू संघका भीम थारू तथा मोहन्याल गाउँपालिका सभापति गणेश घर्तीमगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
त्यसैगरी, जानकी गाउँपालिका सभापति श्याम चौधरी, बर्दगोरिया गाउँपालिका सभापति कृष्णबहादुर बिष्ट, लम्कीचुहा नगर सभापति मयाराम धमाला तथा नेपाली कांग्रेस कैलाली जिल्ला सभापति पदका आकाङ्क्षी केशव मिश्र, नृप सुनार र लोकराज पाण्डेलगायतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू ललित जैशी, नवराज उपाध्याय, चेतमान तिरुवा, सुनिल कार्की, तेजबहादुर चलाउने, वर्षा सुनार, देवानन्द जैशी र रामप्रसाद चौधरीलगायत पार्टीका नेता तथा कार्यकर्ताले समेत शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा क्षेत्रअन्तर्गतका पालिका सभापति, वडा सभापति, क्षेत्रीय, नगर तथा वडा कार्यसमितिका पदाधिकारी र क्षेत्रीय एवं महाधिवेशन प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ का उपसभापति तथा प्रदेशसभा ‘ख’ का सभापति हरि चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको शुभकामना आदानप्रदान कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव टेकराज कठायतले गर्नुभएको थियो।
यसैबीच, कार्यक्रममा नेपाली कांग्रेसको लम्कीचुहा नगर समितिको निवर्तमान नेतृत्वले वर्तमान नगर समितिलाई जिम्मेवारी हस्तान्तरण संगै बुझबुझारत समेत गरेको थियो ।







प्रतिकृया दिनुहोस