नेपाली कांग्रेस कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लब शाहि निर्विरोध निर्वाचित
लम्की / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. २ का प्रदेश सभा ‘क’ र ‘ख’ क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि सबै पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितीले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार सबै पदमा निर्विरोध निर्वाचित भएका हुन। अधिवेशनबाट प्रतिनिधिसभा क्षेत्र नं. २ क्षेत्रीय कार्यसमितिको सभापतिमा लवबहादुर शाही निर्विरोध निर्वाचित भएका छ। जसको सचिवमा खकेन्द्र शाही र तेतराम चौधरी तथा सहसचिवमा धिरेन्द्र थापा र शंकर बजगाई रहेका छन। क्षेत्रीय कार्यसमितिका अन्य २० जना सदस्यहरु रहेका छन ।
प्रदेश सभा ‘क’ क्षेत्रीय कार्यसमितिको सभापतिमा नारायणप्रसाद ढुंगाना निर्विरोध निर्वाचित भएका छन। त्यसैगरी उपसभापतिमा प्रेम बि.क. र नारायणलाल चौधरी, सचिवमा गणेश बिष्ट र दीपकराज धमला तथा सहसचिवमा पुरन राना र राकेश बिष्ट निर्विरोध निर्वाचित भएका छन ।
अधिवेशनबाट २३ जना प्रदेश अधिवेशन प्रतिनिधि छनौट भएका छन्। त्यस्तै, प्रदेश सभा ‘ख’ क्षेत्रीय कार्यसमितिको सभापतिमा रामचन्द्र कठरिया निर्विरोध निर्वाचित भएका छन। जसको उपसभापतिमा उमेश सहकारी र गीता थापा, सचिवमा योगेन्द्रप्रसाद आचार्य र लक्ष्मी बम तथा सहसचिवमा निर्मला भुल र नरेश मल्ल रहेका छन। अधिवेशनबाट २१ जना प्रदेश अधिवेशन प्रतिनिधि छनौट भएका छन्।
यसैगरी, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तान मुख्यमन्त्री कमलबहादुर शाहसहित ३५ जना निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशन प्रतिनिधिहरूना महिला, समावेशी समूह, युवा, अपाङ्गता भएका व्यक्ति, प्रजातान्त्रिक सेनानी, द्वन्द्वपीडित, सहिद परिवार, विज्ञ/श्रमिक तथा पिछडिएको क्षेत्रबाट समेटिएका छन्।










प्रतिकृया दिनुहोस