आईएमई लाइफ इन्स्योरेन्सको नवौँ वार्षिकोत्सवमा लम्की शाखाद्वारा विविध कार्यक्रमको आयोजना


लम्की / आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौँ वार्षिकोत्सवको अवसरमा कम्पनीको लम्की शाखाले विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम आयोजना गर्ने भएको छ।


कम्पनीको “9th Anniversary – Nine Years of Ensuring Future” भन्ने मूल भावनासहित वार्षिकोत्सव मनाउने क्रममा लम्की शाखाले केक काटेर वार्षिकोत्सव मनाउने, मानव सेवा आश्रममा खाद्यान्न सहयोग गर्ने तथा वृहत् रक्तदान कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो।


वार्षिकोत्सवको अवसरमा भदौ १ गते सोमबार लम्की शाखा कार्यालयको ट्रेनिङ हलमा बिहान १० बजे केक काटेर वार्षिकोत्सव मनाउने कार्यक्रम तय गरिएको छ। त्यसैगरी बिहान १०ः३० बजे लम्कीस्थित मानव सेवा आश्रममा विभिन्न खाद्यान्न सामग्री वितरण गरिने शाखाले जनाएको छ।


त्यस्तै, कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत भदौ ३ गते लम्की शाखा कार्यालयमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। “तपाईंबाट थोरै, कसैको लागि जीवनभर” भन्ने मानवीय भावनालाई आत्मसात् गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको लम्की शाखा प्रमुख बलबहादुर थापाले जानकारी दिनुभयो।

 


सुदूरपश्चिम क्षेत्रमा हुने सवारी दुर्घटना तथा विभिन्न रोगका कारण अस्पतालमा उपचाररत बिरामीका लागि रगतको आवश्यकता बढिरहेको अवस्थामा रक्त अभावका कारण उत्पन्न हुने समस्या न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको शाखा प्रमुख थापाले बताउनुभयो।

 


रक्तदानजस्तो जीवनदायी कार्यमा स्थानीय युवा, विद्यार्थी, बुद्धिजीवी, व्यवसायी, बीमा अभिकर्ता, एजेन्सी म्यानेजर, बीमा कर्मचारी तथा सम्पूर्ण लम्कीचुहा नगरवासीलाई सहभागी हुन शाखाले अपिल गरेको छ।
वार्षिकोत्सवका अवसरमा आयोजना हुने कार्यक्रममा कम्पनीका शुभचिन्तक, बीमित, पत्रकार, एजेन्सी म्यानेजर तथा अभिकर्तालगायत सम्पूर्ण सरोकारवालालाई निर्धारित समयमा उपस्थित भई कार्यक्रम सफल बनाउन लम्की शाखाले हार्दिक अनुरोध गरेको छ।

 


आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा मात्र नभई मानवीय सेवा, सामाजिक उत्तरदायित्व र सुरक्षित भविष्य निर्माणप्रतिको प्रतिबद्धता अभिव्यक्त गर्ने अवसरका रूपमा मनाउन लागेको शाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस