नेपाली कांग्रेस लम्कीचुहा नगर अधिवेशन भोलि, उद्घाटन निवर्तमान मुख्यमन्त्री शाहले गर्ने
लम्की / नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत लम्कीचुहा नगर अधिवेशन भोलि बुधबार हुने भएको छ।
लम्कीचुहा नगरपालिकाका १० वटै वडाको वडा अधिवेशन सम्पन्न भइसकेपछि नगर अधिवेशन असोज २१ गते बुधबार बिहान ११ बजे लम्कीस्थित जेसिज हलमा आयोजना गर्न लागिएको हो। नगर अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेसका नेता तथा लम्कीचुहा नगरपालिका–३ का वडा अध्यक्ष लवबहादुर शाहीले सामुदायिक रेडियो पश्चिम आवाज तथा सुदूरपश्चिम टेलिभिजनलाई जानकारी दिनुभयो।
नगर अधिवेशनमा क्षेत्रीय प्रतिनिधि, वडा सभापति, वडा पदाधिकारी तथा सदस्यहरूका साथै कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ। नेता शाहीले अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, वडा सभापति, वडा पदाधिकारी तथा सदस्यहरू एवं कांग्रेसजनलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्नुभएको छ।











प्रतिकृया दिनुहोस