‘हामी एकताको महाधिवेशन गर्दैछौँ’ : कमलबहादुर शाह

लम्की /   नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीभित्रको एकता सुदृढ र लोकतन्त्र मजबुत गर्न नेपाली कांग्रेसको महाधिवेशन अघि बढिरहेको बताउनुभएको छ।

 


शनिबार नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत लम्कीचुहा नगरपालिका–१ को वडा अधिवेशनलाई सम्बोधन गर्दै नेता शाहले कांग्रेस कमजोर र विभाजिनको असर सिङ्गो मुलुकमा पर्ने बताउनुभएको हो ।

उहाँले पार्टीभित्र रहेका सबै साथीहरूलाई भावनात्मक रूपमा जोड्दै विधिसम्मत ढंगबाट कांग्रेसलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो। 

 


“हामी एकताको महाधिवेशन गर्न लागेका छौँ,”  निवर्तमान मुख्यमन्त्री शाहले भन्नुभयो, “महाधिवेशनले पार्टीभित्र रहेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकजुट बनाउनेछ,।“ उहाँले आपसी विश्वास प्रगाढ बनाएर संगठनलाई बलियो बनाउनुपर्ने बताउँदै पार्टीलाई एकताबद्ध बनाएर मुलुकलाई सही मार्गमा अघि बढाउन सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

 


साथै उहाँले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कांग्रेसभित्र विभाजनको अवस्था नरहने र निर्वाचनअघि पार्टी एक ढिक्का भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

 

 

प्रतिकृया दिनुहोस